20090628

"माओवादी आफैंले खनेको खाल्डोमा पुरिने"

- माओवादी नेताले भारतका पाँचतारे होटलमा बसेर कार्यकर्तालाई लड्न पठाए
- प्रचण्ड र बाबुराम बोलीको ठेगान नभएका नेता
- प्रचण्डलाई गाडी फर्काउन चुनौती
- संविधान नबनाउन प्रचण्ड र बाबुराम विदेशीसँगको संवादमा
- माओवादी धम्की बेलुन फुटेझैं फुट्छ


पूर्वमाओवादी नेता तथा अहिलेका सामान्य प्रशासनमन्त्री रवीन्द्र श्रेष्ठले एकीकृत नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डलगायतका शीर्ष नेताहरूले क्रान्तिकालमा भारतको नयाँ दिल्लीस्थित पाँचतारे होटेलमा मस्ती गरेको र अन्य नेताकार्यकर्ताहरूलाई लडाइँमा होमी फेरि वर्तमानको शान्तिकालमा ध्वंस गर्ने धम्कीपूर्ण भाषा प्रयोग गर्ने गरेकाले उनीहरूको उक्त धम्की बेलुन फुटेझैं फुट्ने चेतावनी दिनुभएको छ। एमाले भक्तपुरद्वारा शनिबार चाँगुनारायण उच्च मावि दुवाकोटमा आयोजित बधाई तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका पोलिटब्युरो सदस्य एवम् मन्त्री श्रेष्ठले माओवादी अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टर्राईलाई बोलीको ठेगान नभएका नेताको संज्ञा दिँदै उनीहरू कालान्तरमा आफैंले खनेको खाल्डोमा पुरिने दाबी गर्नुभयो।

माओवादीप्रति आक्रामक शैलीमा प्रस्तुत हुनुभएका मन्त्री श्रेष्ठले माओवादीले राजतन्त्र ब्युँताउन खोजेको आरोप लगाउँदै एकलौटी र जबरजस्ती शासन गर्नु भनेकै राजतन्त्र हो भन्नुभयो। माओवादीले सत्ता कब्जाको धम्की दिएर छोटे राजतन्त्रात्मक शासन जनतामाथि लाद्न खोजेको आरोप लगाउनुभयो। ज्ञानेन्द्रको जुन हालत भयो सत्ता कब्जा गर्ने धम्कीपूर्ण भाषा ओकल्दै शान्तिकालमा समेत बन्द, हडताल, आगजनी, लुटपाट मच्चाउने माओवादीको पनि जस्तै हालत हुने बताउँदै मन्त्री श्रेष्ठले अहिलेको समयमा आन्दोलन गर्नेहरू प्रतिक्रियावादी हुने र जनतालाई दुःख नदिनेहरू क्रान्तिकारी हुन् भन्दै क्रान्तिको नेतृत्व आफ्नो पार्टी एमालेले गरिरहेको उल्लेख गर्नुभयो।

साथै उहाँले माओवादीहरू सत्ता र मोजमस्तीमा भुलिसकेकाले युद्धमा नर्फकने बताउँदै इमानदार भए प्रधानमन्त्री हुँदा पाएको सरकारी गाडी फर्काउन प्रचण्डलाई चुनैँतीसमेत दिनुभयो। गाडी नफर्काए खोसेर सरकारलाई बुझाउन जनतालाई उहाँले आहवान गर्नुभयो। माओवादीले नयाँ संविधान बनाउन नदिन अनेक खाले हतकण्डा अनाइरहेको बताउँदै संविधान बन्न नदिने खेलमा भित्रभित्रै विदेशी शक्ति केन्द्रसामु प्रचण्ड र बाबुरामहरू संवाद गर्न व्यस्त रहेको उहाँले दाबी गर्नुभयो। तत्कालीन सामान्य प्रशासनमन्त्री पम्फा भुसालले प्रशासन सुधार कार्यदलमा आफ्ना आसेपासेहरूलाई मासिक ४० हजार रुपियाँ दिएर राष्ट्रिय ढुकुटीमा हस्तक्षेप गरेको आरोप लगाउँदै आफूले त्यस्तो नगर्ने बताउनुभयो।


एसएलसी मा

२ लाख़ ५६ हजार ७ सय

७९ विद्यार्थी उत्तीर्ण

२०६५ को एसएलसी परीक्षामा २ लाख ५६ हजार ७ सय ७९ विद्यार्थी उत्तीर्ण भएका छन् । यो ६८.७४ प्रतिशत हो । नियमिततर्फ उत्तीर्ण हुनेमा २ लाख ५६ हजार ७ सय ७९ जना छन्। परीक्षामा ३ लाख ८८ हजार ५ सय २२ जना परीक्षार्थी सामेल थिए। उत्तीर्ण संख्या गत सालभन्दा पाँच प्रतिशतले बढी हो। परीक्षा प्रकाशन समितिको बैठकले ५ नम्बर ग्रेस दिने निर्णय गरेपछि उत्तीर्ण प्रतिशत बढेको हो। परीक्षा प्रकाशन समितिको बैठकले ५ नम्बर ग्रेस दिने निर्णय गरेपछि उत्तीर्ण प्रतिशत बढेको हो। एक्जाम्टेडतर्फ भने ४७ प्रतिशत उत्तीर्ण भएका छन्। ग्रेस नम्बरले उत्तीर्ण प्रतिशत चार प्रतिशतले बढेको परीक्षा बोर्ड सदस्य मधु तिम्सिनाले नागरिकन्यूजलाई बताए। उत्तीर्ण प्रतिशत अघिल्लो वर्षको तुलनामा ५ प्रतिशतले बढी हो । गत वर्ष ६३.६३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।

विशिष्ट श्रेणीमा उत्तीर्ण हुनेको ११ हजार ८ सय ४ ले विशिष्ट श्रेणीमा उत्तीर्ण भएका छन्। ८७ हजार ७ सय ७२ जनाले प्रथम श्रेणी ल्याएका छन् भने एक लाख २५ हजार ७ सय २१ जना दोस्रो श्रेणीमा उत्तीर्ण भएका छन्। १० हजार १ सय ५ विद्यार्थी तेस्रो श्रेणीमा उत्तीर्ण भएका छन्। वि.सं. १९९० मा पहिलो पटक नेपालबाटै एसएलसीको परीक्षा दिने व्यवस्था सुरु भएको हो । त्यसअघि भारतबाट मात्र यो परीक्षा दिन पाइन्थ्यो । त्यसैगरी २०६३ देखि १० कक्षाको कितापबाट मात्र प्रश्न सोध्न थालिएको हो । त्यसअघि ९ र १० कक्षाको पाठ्यपुस्तकबाट प्रश्न सोधिन्थ्यो । सबैभन्दा पहिले अर्थात् पहिलो एसएलसी परीक्षामा पुष्पभक्त मल्ल बोर्डफस्ट भएका थिए । एसएलसीको इतिहासमै सबैभन्दा बढी प्रतिशत यसअघिको अर्थात् वि.सं. २०६४ को ब्याजमा पास भएका थिए । जसमा ६३.६३ प्रतिशत परीक्षार्थी उत्तीर्ण हुन सकेका थिए । केही वर्षअघिदेखि सुरु भएको अपाङ्गका लागि अरुभन्दा डेढ घन्टा बढी समय यस पटक पनि उपलब्ध गराइएको थियो । एसएलसीकै इतिहासमा पहिलो पटक विदेशी परीक्षार्थीले पनि जाँच दिएकी थिइन । कोरियाली परीक्षार्थी रिमसोहे नेपालबाट एसएलसी दिने पहिलो विदेशी बन्न सफल भएकी थिइन । यो परीक्षामा २५ परीक्षार्थी बराबर एक निरीक्षक व्यवस्था गरिएको थियो । त्यसैगरी सबैभन्दा बढी परीक्षार्थी काठमाडौंमा ४७ हजार ४ सय ९० जना थिए भने सबैभन्दा कम मनाङमा ५६ जना सामेल थिए । १ हजार ४ सय ५ परीक्षा केन्द्रमार्फत् ती परीक्षार्थीले परीक्षा दिएका थिए ।




1 comment:

  1. HEY MAOBADI—MAINLY, MAILE SODHEKO PRASNA KO UTTAR TIMIHARU SANGA CHA???????????????????????????
    Timro MAOBADI ra yi aru dal pakka Indian dalal rahechau ra INDIA le garda NEPAL ma rajtantra hatayeko rahecha bhanne kura pramadit bhaisakda pani YO INDIAN DALAL MAOBADI KO YETRO HALLA???? AAFULE SATTA BATA HATNUPAREKO LE KINA JE MAN LAGCHA TEHI GHUKDAI HIDEKO?? TIMIHARUKO SARKAR BHANDA TA RAJA KO SARKAR 1000 GUNA BADI RAMRO THIYO. TIMIHARU LE INDIA KO GULAMI GARNE BAHEK KE KAAM GARYU???? 50 LAKHS Indian aaprabasi lai nagarikta diyau, seti-karnali jasta nadinala pani bhart lai bujhayi halyau, RAW ko agent banera jaati-bhasa ko naam ma sampradayik raajniti gardai NEPAL TUKRYUNE INDIA KO aadesh ma kaam gardai chau, timi nai pradhanmantri huda GREATER NEPAL documentary NEPAL MA PRADARSHAN GARNA DIYENAU–samjhida pani timiharu jasto indian dalal dekhera ghin lagcha…. DHIKKAR CHA NEPAL AAMA KA YI KUPUTRA HARULAI!!!!!!!!!!!!!!!!!!!!! HAMILE RAJA FALERA GANAUNE-TANTRA LERAYKA RAHECHAU!!!!!! PAHILE YEUTA RAAJA THIYE, AHILE TIMIHAU JASTA DHERAI CHOTE-RAJA, INDIAN RAAJDUT LAI THULO RAJA RA RAW-INDIA LAI MAHARAAJA BANAYECHAU….DHIKKAR CHA HAAMILAI!!!!!!!!!!!!!!!!!!! JAYA GREATER NEPAL, NEPALI JAATI

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक