20090625

अमेरिकामा आकर्मण गर्ने धम्की !!!

आगामी दिनमा शृङ्खलाबद्ध क्षेप्यास्त्र प्रक्षेपण गर्ने संकेत नियालिरहेका वासिङ्टन र यसका गठबन्धनलाई उत्तर कोरियाले बुधबार अमेरिकाको नक्सा मेटाइदिने चेतावनी दिएको छ। चिनियाँ तटीय क्षेत्रमा गस्ती गरिहेका अमेरिकी युद्धपोतले उत्तर कोरियाली एउटा जहाजलाई म्यानमारका लागि अवैध हतियार ढुवानी गरेको आशंकामा पछ्याइरहेको जनाइएको छ। गत महिना भूमिगत परमाणु हतियार परीक्षणपछि राष्ट्रसंघले पारित गरेको नाकाबन्दीअर्न्तर्गत दण्डित हुने उक्त जहाज पहिलो हो। गतहप्ता उत्तर कोरियाली नाम्पो बन्दरगाहबाट प्रस्थान गरेको काङनाम नामक उक्त जहाज अमेरिकी युद्धपोत यूएसएस जोन एस मेकेननजिकैबाट गएको थियो।

उक्त जहाजमा प्रतिबन्धित सामान रहेको र त्यसलाई म्यानमारमा पुर्याउन प्रयोग गरिएको विश्वास दक्षिण कोरियाली तथा अमेरिकी अधिकारीहरूले गरेका छन्। राष्ट्रसंघीय सुरक्षा परिषद्बाट पारित नयाँ प्रस्तावमा त्यस प्रकारको आशंकित ढुवानीका लागि स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ। उत्तर कोरियाले आफ्नो जहाजको आवागमनमा अवरोध पुर्याउनुलाई युद्धको घोषणाका रूपमा लिने बताउँदै बुधबार अमेरिकामाथि अर्को कोरियाली युद्ध गराउन खोजेको आरोप लगाएको छ। उत्तर कोरियाको यो चेतावनी सन् १९५३ मा युद्धविराममा टुंगिएको तीन वर्षलामो कोरियाली युद्ध शुरू भएको ५९औं वाषिर्कोत्सवको पूर्वसन्ध्यामा आएको हो।

कोरियाली युद्ध औपचारिक रूपमा अहिलेसम्म टुंगिएको छैन। दक्षिण कोरियाविरुद्ध आक्रमण भएमा त्यसको प्रतिरक्षाका लागि अमेरिकाले आफ्ना २८ हजार ५ सय सेनालाई त्यहाँ तैनाथ गरेको छ। गत अप्रिलमा उत्तर कोरियाले लामो दूरीको रकेट प्रक्षेपण र त्यसपछि मे २५ मा आफ्नो दोस्रो भूमिगत परमाणु बम परीक्षण गरेपछि यस प्रायद्वीपमा तनाव बढेको हो।
पछिल्लो परीक्षणलाई लिएर राष्ट्रसंघबाट गरेको निन्दाको विरोधमा उत्तर कोरिया परमाणु निशस्त्रीकरण वार्ताबाट बाहिरिएको थियो।

उत्तर कोरियाले बिहीबारदेखि लागू हुने गरी आगामी जुलाई १० सम्म सैनिक अभ्यासका लागि आफ्नो जलक्षेत्रमा जहाजहरूको आवतजावतमाथि प्रतिबन्ध लगाएको जपानी तटीय सुरक्षागार्डले जनाएका छन्। दक्षिण कोरियाको योनहाप समाचार समितिले उत्तरले ५ सय किलोमिटर दूरीमा मार हान्न सक्ने स्कड मिसाइल र छोटो दूरीका जमिनबाट जहाजमा प्रहार गर्ने १ सय ६० किलो मिटर मारक क्षमताका क्षेप्यास्त्रहरू प्रक्षेपण गर्न सक्ने जनाएको छ।

कोरियाली प्रायद्वीपस्थित अमेरिकी सेनाको नेतृत्व गरिरहेका एकजना वरिष्ठ अधिकृतले कथंकदाचित उक्त प्रायद्वीपमा युद्ध भएमा उत्तर कोरियाले छापामार रणनीति अख्तियार गर्ने उल्लेख गर्दै त्यो अत्यन्त भयावह हुने बताएका छन्। उत्तर कोरियाली रणनीत्रि्रति गहिरो चिन्ता व्यक्त गर्दै उनले युद्ध भएको खण्डमा प्योङयाङले सैनिक तथा र्सवसाधारणलाई आक्रमणको तारो बनाउनुका साथै विस्फोटक उपकरणको सहायताले धेरै स्थान तहसनहस पार्न सक्ने जनाए। दक्षिण कोरियाली सेनाका जवानलाई बुधबार यहाँ सम्बोधन गर्दै ‘जनरल’ वाल्टर र्सार्पले उत्तर कोरियाली ‘कमान्डो’ले अतिपरिस्कृत उपकरणबाट आक्रमण गर्ने रणनीति बनाएको दाबी गरे।

फुटबल ग्राउन्डमा

married vs unmarried


चेन्टिलि,अमेरिका / सधैंभरिको कार्य ब्यस्तताले थकित डिसीबासी नेपालीले आज फुर्सद निकाली फुटबल खेलको आनन्द लिए। स्थानिय समाजसेवी लक्ष्मी गौडेल ,रामचन्द्र भट्टराई तथा कमल भुसाल लगायतका ब्यक्तिहरुको सकृयातामा सो खेलको आयोजना गरिएको थियो। चेन्टिलिस्थित ब्रुकफिल्ड इलिमेन्ट्री स्कूलको फुटबल ग्राउन्डमा married vs unmarried टिम बिच भएको सो खेल हेरी बाल-बच्चा लगायतका दर्सकहरुले भरिपूर्ण आनन्द लिएका थिए। म्याच रेफ्री दिपक गिरिले फुटबल खेलका सम्पूर्ण रुल र रेगुलेसन उक्त खेलमा लागु गराएका थिए। हाफ टाइम सम्म ४-० पछी परेको married टिमका क्याप्टेन गोपी हमालले पछी खेलमा फर्किने अपेक्षा राखेका थिए तर यूवा बडी स्टामिना भएका unmarried टिमलाई क्याप्टेन अच्युत अधिकारिले कुनै कमी आउनै दिएनन र छ गोल पछी थपे।

खेल सिद्धिएपछी मैले यस्तो फुटबल प्रतियोगिता राख्नुको कारणबारे लक्ष्मी गौडेललाई प्रश्न राख्दा उहाले यस्ता खेलले एकातर्फ हामी नेपालीहरुबिच आपसी भाईचारा बड्ने अर्कोतर्फ हाम्रै जीउ स्वथ्य र तन्द्रुस्त पनि हुने भन्दै आगामी दिनहरुमा यस्ता प्रतियोगितालाई अझ शसक्त तरिकाले प्रस्तुत गरिने जानकारी दिनुभयो। सो अबसरमा उपस्थित सम्पूर्ण खेलाडी तथा दर्शकलाई जलपान तथा कुकिको ब्यबस्ता गरिएको थियो। - -कमल भट्टराईबाट

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक