20090618

प्रचन्डका निर्णयलाई माधव नेपालको धोती

- सेना भित्र कारबाहीको माग
- प्रधान सेनापति हटाउने अधिकार राष्ट्रपतिलाई मात्र




नेपाली सेनाका प्रधानसेनापति रुक्माङ्द कटवाललाई अवकाश दिई बलाध्यक्ष रथी कुलबहादुर खड्कालाई कायममुकायम प्रधान सेनापति दिने पूर्ववर्ति माओवादी नेतृत्वको सरकारको निर्णयलाई मन्त्रिपरिषद्ले खारेज गरेको छ। दोस्रोपटक सरकार बिस्तारपछि बिहीबार बसेको मन्त्रिपरिषद्ले राष्ट्रपति रामवरण यादवको कदम विरुद्ध वैशाख २१ गते पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेको निर्णय पनि खारेज गरेको छ। रथी खड्काले शनिबार असार ६ गतेदेखि पदबाट अनिवार्य अवकास पाउँदै छन्। बैठकपछि सञ्चार मन्त्री शंकर पोख्रेलले सरकारको प्रवक्ताको जिम्मेवारी पनि आफूले पाएको बताए। मन्त्रिपरिषद बैठकले मन्त्री पोख्रेललाई सरकारका प्रवक्ता नियुक्ति गरेको हो। गत वैशाख २१ गते दाहाल नेतृत्वको सरकारले राष्ट्रपति राष्ट्रपति यादवबाट वैशाख २० गते मध्यरातमा नेपाली सेनाका अवकाश प्राप्त पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवालका नाममा दिइएको आदेश नेपालको अन्तरिम संविधान २०६३ र सैनिक ऐन २०६३ विपरीत भएको र त्यस्तो आदेश जारी गर्न राष्ट्रपतिलाई कुनै पनि संवैधानिक तथा कानूनी अधिकार नभएकोले उक्त आदेशलाई सरकारले गैरसंवैधानिक र लोकतान्त्रिक मूल्य मान्यता विपरीत भएको ठहर गर्दछ भन्ने निर्णय गरेको थियो। राष्ट्रपतिको आदेशलाई अविलम्ब फिर्ता लिन दाहाल सरकारले राष्ट्रपतिसमक्ष अनुरोधका साथ पत्राचार गर्ने निर्णय गरेको थियो। बिहीबारको मन्त्रिपरिषद्ले त्यसलाई पनि उल्टाइदिएको छ। यसैगरी तराईमा आन्दोलनरत सशस्त्र संघर्षरत समूहलाई वार्तामा ल्याउन शान्ति मन्त्री रकम चेम्जोङलाई वार्ताको नेतृत्व गर्ने जिम्मेवारी पनि बैठकले दिएको छ।

प्रधान सेनापति रुक्मांगत कट्वालले आफूलाई राष्ट्रपतिबाहेक अरुले कसैले हटाउन नपाउने दावी गरेका छन्। बिहीबार सर्वोच्च अदालतलाई लिखित जवाफ पठाई उनले कानुनी व्यवस्थाबमोजिम नियुक्ति गर्नेलाई नै हटाउने अधिकार हुने हुँदा प्रधान सेनापति हटाउने अधिकार पनि राष्ट्रपतिलाई मात्र भएको जिकीर गरेका हुन्। कट्वालले राष्ट्रपतिको निर्देशनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा उक्त जवाफ पठाएका हुन् । तत्कालीन माओवादी सरकारद्वारा आफूलाई प्रधान सेनापति पदबाट हटाउन गरिएको निर्णय संविधान र कानुनी प्रावधान विपरीत भएको कट्वालले दावी गरेका छन् । राष्ट्रपति रामवरण यादवले माओवादी सरकारद्वारा हटाइएका प्रधान सेनापति कट्वाललाई पदमा कायम रहन दिएको निर्देशन संविधानविपरित भएकाले खारेज गर्न माग राखी सर्वोच्च अदालतमा वैशाख २१ मा रिट दायर भएको थियो । राष्ट्रपतिलाई आफ्नो स्वविवेकले काम गर्न पाउने संविधानले कुनै अधिकार नदिएको हुँदा प्रधान सेनापतिलाई बहाल रहन दिएको पत्र गैरसंवैधानिक भएको भनी इन्हुरेड इन्टरनेशनलका तर्फबाट अधिवक्ता श्रीकृष्ण सुवेदी, रामकृष्ण काफ्ले र विदुरप्रसाद अधिकारीले संयुक्तरुपमा रिट दिएका थिए । कानुन व्याख्यासम्बन्धी ऐन २०१० ले पनि नियुक्ति गर्ने अख्तियार पाएको व्यक्तिले नै वर्खास्त गर्न पाउने व्यवस्था उल्लेख गर्दै आफूलाई नियुक्ति गर्ने अधिकारीको रुपमा राष्ट्रपति रहनुभएकाले पदबाट हटाउने अधिकार पनि स्पष्टरुपमा राष्ट्रपतिमा मात्र रहेको उल्लेख छ । संविधानमा प्रधान सेनापतिको नियुक्तिको सम्बन्धमा व्यवस्था भई अवकाश वा वर्खास्तगीको सम्बन्धमा कुनै व्यवस्था नभएको जिकीर गरिएको छ । माओवादी सरकारले गत वैशाख २० मा कट्वाललाई वर्खास्त गरी दोस्रो वरियताक्रमका कुलबहादुर खड्कालाई कामु सेनापति बनाएपछि राष्ट्रपति यादवले परमाधिपतिको हैसियतले कट्वाललाई नै पदमा बहाल रहन निर्देशन दिएका थिए । आफूले राष्ट्रपतिको निर्देशानुसार यथावत प्रधान सेनापतिको कार्यभार सम्हाल्दै संक्रमणकालीन अवस्थामा पनि विचलित नभई राष्ट्रको सेवामा लागेको जनाएका छन् । उनले निवेदनमा आफूबाट के कुन कानुन र संविधान उल्लंघन भएको प्रष्ट उल्लेख नगरेको हुँदा रिट खारेज गरिनुपर्ने माग गरेका छन् ।

प्रधानसेनापति रुक्मांगद कटवाल र रथी छत्रमानसिंह गुरुङले सेनाको ‘चेन अफ कमान्ड’ मा चुनौती दिएकाले कामु प्रधानसेनापति कुलबहादुर खड्कालाई कारबाही गर्न रक्षामन्त्री विद्या भण्डारीलाई आग्रह गर्नुभएको छ। बुधबार अपराहन रक्षा मन्त्रालय पुगेका प्रधानसेनापति कटवाल र गुरुङले कारबाही गर्न गरेको आग्रहलाई रक्षामन्त्री भण्डारीले अस्वीकार गर्दै राजनीतिक रूपमा भएको निर्णयलाई दबाब नदिन आग्रह गर्नुभएको थियो। आगामी शनिबारदेखि अनिवार्य अवकाश पाउनुहुने खड्कामाथि कारबाही गर्न सैनिक मुख्यालय कम्मर कसेर लागिपरेको छ। सेनाको कानुन विभागले खड्कालाई कारबाही गर्न कोट अफ इन्क्वाइरी गठन गरेको भए पनि प्रधानमन्त्री माधवकुमार नेपाल र रक्षामन्त्री भण्डारीले कारबाही अगाडि नबढाउन निर्देशन दिएपछि खड्कामाथिको कारबाही रोकिएको थियो। प्रधानसेनापति कटवाल र रथी गुरुङले रक्षामन्त्री भण्डारीलाई उक्त आग्रह गरेपछि मन्त्री भण्डारीबाट सकारात्मक निर्देशन पाए बुधबारबाटै कारबाही गर्ने मनस्थिति बनाएको भए पनि मन्त्रीबाट सोचेजस्तो निर्देशन नपाएपछि दुवै जना मुख्यालय फिर्ता हुनुभएको थियो। यता कामु प्रधानसेनापति खड्का अझै पनि आफ्नो थमौतीका लागि माओवादी, एमाले, नेपाली कांग्रेसलगायतका उच्च नेतृत्वसँग भेटघाट र छलफलमा व्यस्त रहनुभएको छ।


"हिमाली स्वरहरु" लाई

हार्दिक बधाई

अमेरिकाको न्यूयोर्क शहरबाट प्रसारण हुने नेपाली अन लाइन रेडियो "हिमाली स्वरहरु" ले आफ्नो प्रसारणको १०० हप्ता पुरा गरेको सुखद अबसरमा यसका संचालक सहदेब पौडेल लगायत सबै सहकर्मी हरुलाई हार्दिक बधाई र यसको निरन्तरता का लागि शुभकामना ब्यक्त गर्दछु । रेडियो कार्यक्रम त्यो पनि बिदेसको बसाइमा, मेहनत र पसिना को मुल्य बिना, बिना स्वार्थ, चान्ने चुन्ने कुरा होइन भन्ने लाग्छ मलाई , किनकी म सँग रेडियो नेपाल मा कार्यक्रम निर्माता , निर्देसक एबम संचालक भएर काम गरेको पनि अनुभब छ । सहदेब जि हरु को एउटा मात्र स्वार्थ देखेको छु त्यो हो नेपाली पन लाई माया, नेपाल र नेपाली लाई माया , त्यसैले यि उत्साही मित्र हरुलाई हार्दिक धन्यवाद र बधाई दिन कन्जुस्याइ गर्नुहुन्न भन्ने लाग्छ मलाई ।

- रामप्रसाद खनाल , अध्यक्ष्य
अन्तराष्ट्रिय कलाकार मन्च, अमेरिका
प्रधान सम्पादक प्रकाशक - नेपाल मदर डट कम

ANA 2009 Pre-Talks from Anil Pandey on Vimeo.

1 comment:

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक