20090625

श्रीमान र श्रीमतीको झगडाका कारण नेपालगन्जमा चक्काजाम !

श्रीमान र श्रीमतीको झगडाका कारण नेपालगन्जमा चक्काजाम भएको छ। श्रीमतीले अपहेलना गरेको उजुरी दर्ता गरेपछि प्रहरीले श्रीमानलाई पक्राउ गर्न खोज्दा बिहीबार दिउसो श्रीमान् समर्थकले पक्राउविरुद्ध चक्काजाम गरेका हुन । जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार वैदवारका अनुसार नेपालगन्ज-५ गणेशपुर निवासी साविरा वान हल्वाईले श्रीमान इम्तियाज हलुवाई र उनको घरपरिवारले अपहेलना गरेको उजुरी प्रहरीमा दिएपछि इम्तियाजसँग बुझ्न खोज्दा चक्काजाम गरिएको थियो । प्रहरीले उनलाई पक्राउ गरी कार्यालयमा लगेपछि इम्तियाज पक्षधरले चक्काजाम गरी यातायात अस्तव्यस्त पारे ।

चक्काजामले सर्वसाधारणलाई अप्ठ्यारो भएपछि श्रीमान र श्रीमतीलाई प्रशासनमा लगेर छलफल गर्ने सहमतिमा पछि चक्काजाम खुलेको थियो । पछि जिल्ला प्रशासन कार्यालयमा २५ वर्षीय इम्तियाजले श्रीमतीलाई अपहेलना नगर्ने कबोल गरेपछि कुरा मिलेको थियो । सोही विषयलाई लिएर भएको चक्काजाम र तनावले सर्वसाधारण र प्रहरीलाई तनाव मात्र दियो । डिएसपी वैदवारका अनुसार पछिल्ला दिनमा राजनीतिक दलहरुले दिने दबाबका साथै विभिन्न समुदायले पनि प्रहरीलाई अनुसन्धान गरी काम गर्न समस्या पारिरहेका छन् ।

एक महिनाको बीचमा अपराधको आरोपमा पक्राउ परेका तीन घटनामा गाउँलेद्धारा प्रहरी कार्यालय घेराउ गर्ने काम पनि भए । राजनीतिक दलका स्थानीय तथा केन्द्रीय नेताहरुले कोही मान्छे पक्राउ पर्यो कि आफ्नो पार्टीको भएको भन्दै कारबाही नगर्न धम्की दिएका घटना प्रहरी सम्झनै सक्दैन । प्रहरीका अनुसार कुनै कुनै बेला एउटै मान्छेलाई धेरै पार्टीले आफनो भन्दै छुटाउन दबाब दिन्छन् । तर पक्राउ परेका व्यक्ति कुन पार्टीको हो भन्ने कुरा पक्राउ गर्ने प्रहरीलाई मात्र नभई स्वयम् राजनीतिक दललाई पनि थाहा हुँदैन ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक