20090608

कुलबहादुर खड्कासहित तीन जना जर्नेल कारबाहीमा

नेपाली सेनाको जंगी अड्डाले सेकेन्डम्यान बलाध्यक्ष रथी कुलबहादुर खड्कासहित तीन जना जर्नेलको कर्णेल कमान्डेट पद खोसेको छ। गत बुधबार बसेको सेनाको प्रिन्सपल स्टाफ अफिसर जनरल (पीएसओज)को बैठकले सैनिक अनुशासन उलंग्घन गरेको अभियोग लगाउँदै त्यस्तो निर्णय गरेको हो। रथी खड्काबाहेक कर्णेल कमान्डेट पद खोसिएकामा सैनिक शिक्षा निर्देशनालयका निर्देशक एवं सहायकरथी दीपक गुरुङ र पूर्व उपरथी राजेन्द्रबहादुर थापा छन्। पीएसओज बैठकको निर्णयलाई उद्धत गर्दै उनीहरुलाई आइतबार जंगी अड्डाले कर्णेल कमान्डेट पद मुक्त गरेको पत्र दिएको छ। सेनामा गणपति भएपछि सम्बन्धित गणले बहालवाला वा अवकासप्राप्त जर्नेललाई मानार्थ कर्णेल कमान्डेट पद दिने चलन छ। सामान्यतया १० वर्षका लागि दिइने यस्तो पद ग्रहणवाला जर्नेललाई गणको पस्जा वार्षिकोत्सवलगायत विभिन्न कार्यक्रममा सम्मानस्वरुप बोलाइने गरिन्छ।


तीन सभासद्‍को पद खारेज गर्न पत्र

मधेशी जनअधिकार फोरमले संसदीय दलका नेता विजय गच्छदारसहित तीन जना सभासद्‍को पद खारेज गर्न संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई पत्र लेखेको छ। फोरमबाट हटाइएका सभासद्‍मा शरदसिहं भन्डारी र रामजनम चौधरी छन्। पत्रमा सरकारबाट फिर्ता भएको जानकारी पनि दिइएको छ। फोरमका महासचिव रामसहाय यादवले पार्टीका तर्फबाट सभाध्यक्षलाई बुझाएको पत्रमा सरकारबाट फिर्ता भएकाले संसदमा विपक्षमा बस्ने व्यवस्था मिलाउन पनि अनुरोध गरिएको छ। पप्रधानमन्त्रीबाट गच्छदारलाई पदमुक्त गर्न माग गर्दै प्रधानमन्त्री माधवकुमार नेपाललाई पनि महासचिव यादवले पत्र दिएका छन्। पार्टीबाट गच्छदारलाई निश्कासित गरिसकेकाले नेपालको अन्तरिम संविधान अनुसार गच्छदारलाई पदमा राख्‍न नहुने व्यहोरा पत्रमा उल्लेख छ। यस सम्बन्धमा फोरमको संस्थापन पक्षले निर्वाचन आयोगलाई पनि आइतबार नै सात जना केन्द्रीय सदस्यलाई साधारण सदस्यताबाट समेत निश्कासन गरिएको जानकारी दिएको छ । सभामुखलाई बुझाएको पत्रमा पनि उक्त कुरा उल्लेख छ।
मधेशी जनअधिकार फोरम गच्छदार समूहले सरकारलाई दिएको समर्थन यथावत रहेको जानकारीपत्र सभामुख सुवास नेम्बाङलाई बुझाएको छ। अध्यक्ष उपेन्द्र यादव समूहले सभामुखलाई पत्र लेखी पार्टीले कारवाही गरेका सभासद्हरुलाई अयोग्य घोषणा गरी फिर्ता पठाउन पत्राचार गरेको दुई दिन बित्न नपाउदै गच्छदार समूहले पनि सरकारलाई दिएको समर्थन यथावत रहेको जानकारीपत्र सभामुख नेम्बाङलाई बुझाएका हुन्।

एमाले कार्यालयमा तोडफोड

एमाले कार्यकर्ताले आइतबार आफ्नो कार्यालयमा तोडफोड गरेको भन्दै एकीकृत माओवादीका कार्यकर्ताहरुले सोमबार बनेपास्थित एमालेको पार्टी कार्यालयमा तोडफोड गरेका छन् । आफ्नो पार्टी कार्यालयमा भएको तोडफोडमा एमाले सम्बद्ध युथफोर्सका कार्यकर्ता संलग्न रहेको भन्दै हजारौको सङ्ख्यामा जम्मा भएका माओवादी कार्यकर्ताहरुले एमाले कार्यालयमा तोडफोड गरेका हुन् । माओवादी आक्रमणमा कार्यालयका झ्यालका शिशाहरु फुटेका छन् । तोडफोडपछि जुलुसले बजार परिक्रमा गरेको थियो। तोडफोडका क्रममा भएको झडपमा अनेरास्ववियुका जिल्ला अध्यक्ष हरिकुमार मैनाली, प्ररायुसङ्घका जिल्ला अध्यक्ष चन्द्र राणा, सुदन थापा मगरलगायत १२ भन्दा बढी एमाले कार्यकर्ता घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड अश्रु ग्याँस र दुई राउण्ड हवाइफायर गरेको थियो । झडपका क्रममा प्रहरी हवल्दार सर्चबहादुर महरा गम्भीर घाइते भएका छन् । त्यस्तै अञ्चल सशस्त्र प्रहरी गुल्ममा कार्यरत अञ्जय सिंह पनि आक्रमणमा घाइते भएका छन्। घाइतेहरुको शीर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ ।




१३०००.७२ डलर पसुपती बुद्ध मन्दिर, अमेरिकालाई हस्तान्तरण


अमेरिका नेपाल सहयोगी समाज (America Nepal Helping Society ) को आयोजना र नेपाल एजुकेस्नल कल्चरल सेण्टर ( Nepal Educational Cultural Centre ) को सपोर्टमा नेपाली नयाँ बर्ष २०६६ को उपलक्ष्यमा अप्रिल २६ मा मनाससमा भब्य नेपाली साँस्कृतिक कार्यक्रम, पटलक पिक्निक सफलतापूर्बक सम्पन्न भएको थियो। सो अवसरमा नेपाली कल्चरल सेन्टरको सहयोगार्थ उठेको रकम आज एक कार्यक्रम बिच समाज अध्यक्ष सागर कंडेलले NECC अध्यक्ष डा.महेन्द्र कार्कीलाई हस्तान्तरण गर्नुभयो। उक्त कार्यक्रममा जम्मा १३६८१.११ डलर उठेको र कार्यक्रम सन्चालन गर्न खर्च भएको रकम ६८०.३९ कटाइ १३०००.७२ डलर हिसावको जानकारी NECC लाई दिइएको थियो। मन्दिर निर्माण सहयोगार्थ - सहयोगदाताहरु निम्न प्रकार हुनुहुन्छ।

1. RAJEEV, SUNANDA, ROHAN AND RONAK MAINALI .....$3,000.00
2. HEMANTA,MAYA,RAKCHYA & ROHAN ADHIKARI ......$1,211.11
3. DILIP&SUNITA EPAL ...................... $1051.00
4. BISHNU & NIRMALA SHRESTHA ................. $1011.00
5. RAMESH+KABITA & BRABESH BASHNET .......... $1,011.00
6. DR GUN AND JUDI SUBEDI .................. $1,001.00
7. MADHU,MINA,KISHOR AND KAJAL PANTHI+SHIVA ACHARYA ..$502.00
8. BHIM AND GOPAL REGMI ....................$501.00
9. SAGAR KANDEL.......................... ..$501.00
10. THAKUR PUDASAINI .......................$501.00
11.. KAMAL,MANJU,KIRTI AND MILAN BHATTARAI ....$365.00
12. RISHI RAM+PABITRA,RAM PD+TIRTHA KHANAL ....$201.00
13. GOPAL KRISHNA SHARSHWATI AND SUNIL KHAREL .$200.00
14. DILLI KANDEL ...........................$151.00
15. GAGAN KUNWAR ...........................$151.00
16. RAMESH AND MANJU KARKI ................$151.00
17. TILAK AND KAMALA KHAREL ...............$151.00
18. JAGANNATH SHARMA ..................... $111.00
19. ANANTA AND PRARTHANA TIWARI ..........$101.00
20. DEVI AND DEVINDRA PARAJULI ......... $101.00
21. INDRA AND UTTRA SHRESTHA .......... $101.00
22. ISHWARI AND PUSHPA PAUDEL ........ $101.00
23. MUKTA PAUDEL ......................$101.00
24. PADAM+MAYA NIREAULA .............$101.00
25. PRAMOD AND BIMALA BHATTA .......$101.00
26. UTTAM AND URMILA ADHIKARI ........$101.00
27. ANUP BHADRA .................... $100.00
28. SUDHIR RAJ AND MANJU GAUTAM ... $100.00
29. ANIL LAMICHANI .................$51.00
30. BABU RAM SHARMA ..............$51.00
31. BRAJESH POKHAREL ............. $51.00
32. GOPAL AND DURGA SHARMA ..........$51.00
33. GURU BHAGABATI ............... $51.00
34. HUM AND SUBHA ALE ..............$51.00
35. KRISHNA AND BINA GALAL ........$51.00
36. MADHAV UPADHAYA ............$51.00
37. MUKESH MAYAK ......................$51.00
38. NAVA RAJ+ SHRIYAKHATIWADA,SASHI KALA SHARMA .....$51.00
39. PADAM REGMI ......................... $51.00
40. MUKUNDA PRASAD ADHACARI ..............$51.00
41. PITAMBAR AND LAXMI BHATTARAI .........$51.00
42. SHANKAR GYAWALI .......................$51.00
43. TEK RAJ +MANJU GYAWALI .............. $51.00
44. PRAKASH SUBADI .................... $41.00
45. CHANDRA SHRESTHA ................ $35.00
46. DIPENDRA ACHARYA ................. $25.00

अमेरिका नेपाल सहयोगी समाज कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै नेपाली समुदाय र मन्दिर निर्माण मा सहयोग प्रदान गर्ने सबै धनबिरहरुलाई धन्यवाद ब्यक्त र आभार प्रकट गर्दछ। - कमल भट्टराईबाट


अ.ने.सा.स./ ए.एन.ए.साहित्य महोत्सब २००९

अ.ने.सा.स./ ए.एन.ए.साहित्य महोत्सब २००९ सफल बनाउनका लागि बासु ढकाल को अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरिएको छ / उक्त कर्यसमितिले सम्भेलन तयारी अबधिभर लेख रचना हरु संकलन र संपादन गर्ने कार्य गर्ने छ /
कार्यसमिति बिवरण
अध्यक्ष- बासु ढकाल , सदस्य -ध्रुव थापा,शेखर ढुंगेल,अनिल पाण्डे,हरिहर दहाल,अनुप श्रीवास्तव,मणि नेपाली,मणि दहाल,रबिन्द्र पाण्डे,
ए.एन.ए. कैलिफोर्निया विशेशांक प्रकाशन समिति, अध्यक्ष-गोविन्द गिरी "प्रेरणा"-विश्व परिक्रमा
कार्यक्रम स्थल:
INLS-ANA INTERNATIONAL LITERARY FESTIVAL SAN FRANCISCO – 2009

INLS-ANA international literary festival will come alive at the ANA convention on July 3, 2009 from 2:30 pm to 5 pm. The festival plans to welcome people involved in all fields of literature. Language is not a bar and borders are not restrictive. Creations in other languages than Nepali/English must be translated into either Nepali/English to qualify for submission in the festival. The Literary festival will be divided into two sessions – adult session and children session. Each session will be further divided into competitive session and participatory non competitive session. The literary articles received by the literary subcommittee will be compiled and published by the leading Nepali News Paper in the US “Vishwaparikrama” in a special issue dedicated to the INLS-ANA Literary Festival. People who want to personally be present and recite their creations will also have to submit their creations to the literary subcommittee via mail or email by June 25, 2009. Only articles received prior to this date will be considered for publication in Vishwaparikrama.
Following the completion of poetry recital round for adults (18 years & old) and children (below 18 years), prizes will be awarded following the INLS-ANA tradition to top three in each category. For keeping consistency, the shortened literary program will follow INLS evaluation guidelines for the judges, which are well recognized within literary community worldwide.
Due time constraint, Session Moderator may limit the participants’ numbers in both categories. Participants must be in person to recite the poem in both categories.
Presentation about INLS – Dr. Shyam Dhoj Karki 2:30 pm – 3:00 pm
Competitive Poetry session (both adults and children) 3:00 pm – 4:00 pm
Moderator: Two
Time Distribution: 30 minutes each for adults and children session
Panel of judges: Three (will be only disclosed during the session)
Submission Date: June 25, 2009
(The organizing committee reserves the right to choose submissions for the competitive session)
Criteria (submission guide lines)
1. Entrants must submit only one creation and cannot take part in both sessions.
2. Entrants may submit only one creation, and can be written in any language but must be translated into Nepali/English Language before submission.
3. All poems must be unpublished, original work of a living author. Poems must not have been previously published, self-published or published on a website or broadcast.
4. The poem must be typed or very clearly written on one side of the paper only.
5. No alterations can be made to the poem once it has been submitted. The judges' decisions are final and no correspondence can be entered into regarding those decisions.
6. The judges' shortlists will be announced on July 3, 2009 and the prizes will be announced and awarded during the ANA International Poetry Festival. Each winner will be invited to read a selection of his/her work at the festival.
7. Copyright will remain with the competitor, but ANA along with INLS will reserve the right to arrange first publication or broadcast of selected poems.
8. Submission of a creation implies the competitor's acceptance of the conditions set forth above.
Participatory Non Competitive Session (both adults and children) 4:00 pm – 5:00 pm
This session is not competitive and designed for all interested people to showcase their literary creations.
The festival will conclude with the announcement of Prizes and Awards. The famous INLS-ANA annual Awards are:
I. SHARMA MUDVARI ADULT POETRY AWARD

First Prize: $150 and Certificate
Second Prize: $100 and Certificate
Third Prize: $50 and Certificate
II. SHYAMRAJI SUBODH MEMORIAL CHILDREN POETRY AWARD

First Prize: $100 and Certificate
Second Prize: $75 and Certificate
Third Prize: $50 and Certificate
Note: Only children below 18 years old are eligible in this category.

Contact Information of the Literary Sub Committee

Basu Dhakal
Chair, INLS-ANA Literary Festival - 2009
320 K Street, Apt 34, Davis, CA 95616
Email: inlsana2009@gmail.com
(all submissions to be either mailed at the above address or emailed at the above email id)

1001 Broadway Oakland, California 94607 USA
Visit-http://www.ana-convention.org/2009/
http://www.inls.org/
कार्यक्रम समय:
जूलाई ३ तारिक २००९ दिउसो -२:३० देखि ५:०० बजे सम्म

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक