20090601

उही प्रचन्डको अलोकप्रिय शैलीमा भन्न मन लाग्यो- १२ जिल्ला तिम्रा बाउको विर्ता हो र ?!!!


विश्वका धेरै राष्ट्रमा भएका घटनाले पुष्टी गरेको तथ्य हो-जहां जातिय र धार्मिक द्धन्द्ध शुरु हुन्छ त्यो मुलुक कहिल्यै नसुल्झने खाडलमा फस्छ र त्यहां अकल्पनिय मानव संहार हुन्छ । रुवान्डामा भएको हुतु र तुत्सी जातिविचको द्धन्द्धलाइ फर्केर हेर्ने हो वा श्रीलंकमा तमिलको नाममा शुरु भएर दुखद रुपमा अन्त्य भएको गृहयुद्धको समिक्षा गर्ने हो भने जातिय घृणा कत्तिको हानिकारक हुनसक्छ भन्ने प्रष्ट हुन्छ नै । धार्मिक सहिष्णुता गुमाउने हो भने हाम्रो हालत के हुन्छ भन्ने त भारतमा बेलाबखत हुने हिन्दु मुस्लिम दंगानै काफि छ नै । धन्न नेपालमा धेरैले जातिय मेलमिलाप र धार्मिक सहिष्णुता भत्काउन लामो प्रयास गरेपनि सफल हुन सकिरहेका थिएनन । तर अहिले मै हुं भन्ने बुद्धीजीवीहरु नै जात र धर्मको झन्डा भिरेर हिड्न थालेकाले कुन दिन रुवान्डाको उदाहरणलाई विस्थापीत गर्ने हो ?विश्वका धेरै राष्ट्र मेरो जात र मेरो धर्मको अनावश्यक अड्काइवाट पाएको दन्डवाट पाठ सिकेर अहिले म र मेरो भन्दा हाम्रो भन्न थालिसकेको अवस्थामा हामी भने हामीवाट म र मेरोतिर लम्कीरहेको देख्दा उदेक लाग्छ । ल आजकै बन्दलाइ हेर्नुस न । माग थियो आत्मनिर्णयको अधिकार सहितको संघिय नेवा राज्यको । त्यसका मागकर्ता नेवार जातिका दिग्गज विद्धान र नेताहरु थिए । उनीहरुको तर्क के भने लिम्बुहरुले लिम्बुवान मागे खुम्बुहरुले खुम्बुवान मागे थारुहरुले थारुहट मागे त्यसैले हामीलाइ पनि नेवा राज्य चाहियो रे ।

ल यत्तिसम्म ठिकै हो । तर जव किन चाहियो नेवा राज्य भन्ने प्रश्नमा उनीहरुले जानी जानी हो या अज्ञानतावश सबै दोष खस जातिलाइ दिएर नेवार समुदाय तल पर्नुको सबै कारण केवल खसमात्र भएकाले नेवारहरुको बाहुल्यता रहेको १२ जिल्लालाइ नेवा राज्य घोषणा गरी पहिलो नागरिक नेवार अनी अन्यलाइ दोस्रो दर्जामा राख्नुपर्ने जस्तो कु तर्क पो गर्छन बा । उनीहरुको तर्क सुनेर कन्सीरिको रौ नै तात्यो र उही प्रचन्डको अलोकपि्य शैलीमा भन्न मन लाग्यो-१२ जिल्ला तिम्रा बाउको विर्ता हो ? भनेर ।

अचम्म लाग्छ यि जनजाति भनेर दावी गर्नेहरुले कति खेदेका खस जातिलाई ? जताततै समस्याको कारक खस हुन भन्दै खेद्ने बाहेकका अन्य कुरै गर्दैनन । खुम्बुहरुका लागि आंखाको किसंगर खस नै भए । लिम्बुवानका लागि पनि खस नै दुश्मन । एक मधेस एक प्रदेशको नाममा तराइवाट खसहरुनै लखेटिएका छन । ताम्सालिगं क्षेत्रमा पनि छिटफुट रुपमा खसको विरोध शुरु भइसक्यो ।

यसो सोच्छु-हैन यिनीहरुले गर्न खोजेको चै के होला ? अनी मनमा सम्भावीत उत्तर आउंछ-केही हैन जातिय द्धन्द्ध निम्त्याएर नेपाललाइ दोस्रो रुवान्डा बनाएर मानव कंकालको व्यापार गर्ने दाउ गरेका हुन । यदी जसरी जनजाति दावी गर्नेहरु कुर्लिएर आफ्नो प्रभाव रहेको क्षेत्रमा अन्य जाति जसरी विरुद्ध विष बमन गरिरहेका छन त्यसरी नै अन्य जाति प्रतिकारमा उत्रिने हो भने हालत के होला यो मुलुकको ? काठमाडौंमा नेवा राज्यको विरुद्ध खस तामागं राई लिम्बु शेर्पामधेसी उत्रिए भने के गाडिमात्र तोडफोड होला र ? लिम्बुवानमा रहेका नेवार शेर्पा मधेसी खस उत्रिए भने त्यहां के होला ? अनी तराइमा एक मधेस एक प्रदेशको विरोधमा खस नेवार र अन्य जाति विरोधमा उत्रिए भने के हालत होला यो राष्ट्रको ?

दृष्य स्पष्ट छ यदी त्यसो हुने हो भने १० वर्षिय सशस्त्र द्धन्द्धताका जति मान्छे मारिए भनेर गणना गरिन्छ नी त्यो रेकर्ड एकै दिनमा नाध्ने छ । २ वटा समुदाय हुतु र तुत्सी एक अर्का विरुद्ध खिनंदा त त्यत्रो क्षति भयो भने यत्रा जातजाती एक अर्का विरुद्ध खनिए भने के होला ? कल्पना नै काफि छैन हाम्रा लागि ? तर किन बुझिरहेका छैनन हाम्रा विद्धानहरु यो तथ्य ? किन जातिय नारा घन्काएर समाजमा घुलमिल भएर बसेका दाजुभाइविच फाटो ल्याउने अथक प्रयास भइरहेको छ ? के उनीहरुलाइ साच्चिकै राष्ट्रको माया छैन त अब ? जसरी एक जातिले आफ्नो अधिकार माग्न अर्को जातिलाइ तल्लोस्तरमा झरेर गाली गर्ने गरेका छन त्यो हेर्दा हिन्दु राज्यको माग गर्दै मस्जीद र चर्चमा बम पड्काउंदै हिड्ने डिफेन्स आर्मी र यि जातिय संगठनविच के भिन्नता रह्यो ? यि नेता र डिफेन्स आर्मीका मैनालीविच के भिन्नता रह्यो ? उत्तर खोज्ने बेला आयो अब । - Source ; hamroblog

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक