20090524

तीन जनाको मन्त्रिमण्डल, अरु छिट्टै थपिने

नवनिर्वाचित प्रधानमन्त्री माधवकुमार नेपालले सोमबार बिहान ११ बजेर पाँच मिनेट जाँदा राष्ट्रपति रामवरण यादवसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन्। नेपालले सोमबार नै अर्थमन्त्री सुरेन्द्र पान्डे र रक्षा मन्त्री विद्या भन्डारीलाई सपथ गराए। दौरा सुरुवाल र भादगाउँले कालोटोपीमा शितलनिवास पुगेका नेपालले नेपाली भाषामा सपथ लिएका थिए। राष्ट्रपति यादवले ईश्वरको नाममा सपथ ग्रहण गराउन खोजेका थिए। तर, नेपालले ईश्वरको नाममा भन्ने शब्द छाडेर अन्य शब्दमात्र सपथ लिएका थिए। नेपालको अन्तरिम स‌विधानमा ईश्वर वा जनताको नाममा सपथ लिन पाइन्छ। यसअगाडि एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले जनताको नाममा सपथ लिएका थिए। विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँगै प्रधानमन्त्री नेपालका ९० वर्षीय बुबा मंगलकुमार उपाध्यायले पनि शितलनिवासमा नै बधाइ दिए। पूर्व प्रधानमन्त्री दाहाल अनुपस्थित भए पनि माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरासहितका नेताहरु सपथ ग्रहण कार्यक्रममा थिए।
नेपाली कांग्रेसले भने मन्त्रीका लागि सोमबार कसैको पनि नाम पठाएन। कांग्रेसका केन्द्रीय नेताहरु सोमबार बिहान सभापति गिरिजाप्रसाद कोइराला निवासमा छलफल गरे पछि नाम नपठाउने सहमति भएको हो। कांग्रेसले एमालेकै केही मन्त्रीहरु राखेर काम गर्न प्रधानमन्त्री नेपाललाई सुझाव पठाएको थियो। प्रधानमन्त्री नेपालले नेपाली कांग्रेससँग पनि पहिलो चरणका लागि मन्त्रीको नाम पठाइदिन अनुरोध गरेका थिए। कांग्रेस महामन्त्री विमलेन्द्र निधिले सरकारका साझा सहमतिका कार्यक्रम, आचारसंहिता, सरकार संचालनका लागि बनाइने संयन्त्र, मन्त्रालय वितरणलगायतका कार्य सकिएपछि मात्र कांग्रेसले मन्त्रिपरिषद्‍मा जाने सदस्यहरुको नामावली सार्वजनिक गर्ने निर्णय भएको बताए। यसैबीच सरकार सञ्चालनको संयन्त्र तथा मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा नेपाली कांग्रेस तथा एमाले नेताहरुबीच छिट्टै छलफल हुने भएको छ। सपथ ग्रहण कार्यक्रममा भाग लिन प्रमुख दलका नेता, सभासद्, विदेशी कूटनीतिक नियोगका पदाधिकारीलाई शितल निवास पुगेका थिए। प्रधानमन्त्री नेपाल सपथ ग्रहणपछि लैनचौरस्थित शहीद पार्कमा गई शहीदहरुप्रति श्रद्धान्जली अर्पण गरे। त्यसपछि प्रधानमन्त्री नेपालले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा गई पदभार गरे।
रक्षामन्त्री विद्यादेवी भण्डारीले राष्ट्रिय एकता अखण्डता र सार्वभौमिकताको रक्षाका लागि आफूले कसैसँग सम्झौता नगर्ने बताएकी छिन्। नेपाली सेना मुलुकको एकमात्र राष्ट्रिय सेना भएको उनले बताइन्। सोमबार रक्षा मन्त्रालयको कार्यभार सम्हाल्दै नेपालको राजनीतिक इतिहासमा पहिलो पटक महिला रक्षामन्त्री भएकी भण्डारीले राष्ट्रिय एकता अखण्डता र सार्वभौमिकताको रक्षाका लागि नेपाली सेनाले पुर्याएको योगदानको उच्च प्रशंसा गरिन्।
यसैगरी नवनियुक्त अर्थमन्त्री सुरेन्द्र पाण्डेले पनि सोमबारै कार्यभार सम्हालेका छन्। सञ्चारकर्मीहरुसित कुरा गर्दै उनले पूँजिगत खर्च गर्ने तर्फ आफूले ध्यान दिने बताए। पूर्व अर्थमन्त्री बाबुराम भट्टराईले गरेको राजस्व संकलनको उनले प्रश‌सा गर्दै धन्यवाद दिए।
प्रधानमन्त्री माधवकुमार नेपालले हालको मन्त्रिमन्डल तत्कालका लागि मात्र भएको र विभिन्न पार्टी सरकारमा सहभागी भइसकेपछि उनीहरुको कार्यभार समेत परिवर्तन हुनसक्ने बताएका छन्।

नव राष्ट्रिय गान

सयौं थुँगा प्रचन्डको जुँगा तान्ने हामी नेपाली
सार्वभौम भई फैलिएका YCL र माओवादी ।

बन्द हड्ताल कोटी कोटी फोहोरको आँचल
जो कोहि वादी आए पनि भारतकै दलाल ।

कान्ति छैन शान्ति छैन अभावै छ केवल
नेपालीपन बाँकि छैन नामको मात्रै नेपाल ।

गुटवन्दी र फुटवन्दी छ समस्या छन् विशाल
प्रतिगामि राष्ट्र हाम्रो कठै विचरा नेपाल !!!
- email from shivalamichhane


स्थानीय निकाय आफैं गठन गर्ने धम्की

पूर्व अर्थमन्त्री एवम् माओवादी नेता बाबुराम भट्टराईले स्थानीय निकाय छिटै गठन गर्न सरकारलाई सुझाव दिएका छन्। सरकारले नगरे आफैं गठन गर्ने पनि भट्टराइले बताए। स्थानीय निकाय गठन गरेर विकास निर्माणका काम अघि बढाउने पनि उनले बताए। यसअघि एमालेले स्थानीय निकाय गठन गर्न अवरोध गरेको आरोप लगाउँदै संविधानसभा चुनावमा दलहरुले पाएको मतका आधारमा स्थानीय निकाय गठन गर्नुपर्ने माग पनि उनले गरे ।
'एमालेले रोकेकाले स्थानीय निकाय गठन हुन सकेन गत वर्षको चुनावको समानुपातिक मतका आधारमा स्थानीय निकाय गठन नगरिए बाध्य भएर माओवादीले आफ्नै पहलमा जनभेला गरेर स्थानीय सत्ता गठन गरी विकास निर्माणका काम गर्छौं', जनसंचार अभियानद्वारा सोमबार राजधानीमा आयोजित जनक्रान्तिका घाइते तथा अपांग योद्धा संघको राष्टिय सम्मेलन समापनलाई सम्बोधन गर्दै नेता भट्टराईले भने- यो कठपुतली सरकारलाई चुनौती हो।
माओवादीले यसअघि चलाएको 'जनसत्ता चलाउन थालेको त होइन' भन्ने प्रश्नमा त्यस्तो नभएको दाबी उनले गरे। सरकारमा जानुअघिसम्म माओवादीले केन्द्रीय स्तरमा बाबुराम भट्टराईको अध्यक्षतामा क्रान्तिकारी जनपरिषद् गठन गरेको थियो । स्थानीय र जिल्ला जनसरकार पहिले नै विघटन गरे पनि क्रान्तिकारी जनपरिषद् भने संविधानसभा चुनावपछि मात्र विघटन गरेको थियो।
उनले आफू अर्थमन्त्री हुँदा ल्याएको स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दै सरकारले कार्यान्वयन नगरे आफ्नै पहलमा अघि बढाउने बताए।
माओवादीले एमाले नेतृत्वको सरकारलाई वैधता नदिए पनि सामान्य शिष्टाचार निभाउन मात्र प्रधानमन्त्री माधवकुमार नेपाल सपथ ग्रहण गर्ने समारोहमा माओवादी मध्यमस्तरका नेता पठाएको प्रतिक्रिया दिए।
'यसले वैधता पाउन त जननिर्वांचित सरकारको निर्णय लागू गरेर कटवाललाई कारबाही गर्नुपर्छ र राष्ट्रपतिको कदम सच्याउनुपर्छ'- उनले भने ।


देस हाक्ने ढंग नभएका तर धम्की दिन माहिर प्रचण्ड भन्छन - यो सरकार धेरै दिन टिक्दैन

................................................
राजतन्त्र रहँदासम्म राजालाई सबैले मालिक मानेको तर अहिले मालिक भूमिगत भएको हुनाले समस्या समाधानमा अप्ठेरो परेको बताउँदै उनले भने, 'तर खोजेरै ल्याउनै पर्छ, किनभने समस्या त समाधान गर्ने ठूलो जिम्मेवारी सबै नेपालीको काँधमा आएको छ।'
.....................................................

देस हाक्ने ढंग नभएका तर धम्की दिन माहिर, आतंक र बन्दुकको बलमा माओवादी पार्टी चलाइरहेका नेकपा माओवादीका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले यो सरकार नेपालको राजनीतिक धरातलभन्दा बाहिरबाट बनेकाले धेरै दिन नटिक्ने बताएका छन् । सहमतिका आधारमा भन्दा पनि गणितीय खेलबाट सरकार बनेकाले त्यसैअनुसार फेरि ढल्ने उनले बताए । आइतबार बिहान जनयुद्ध र जनआन्दोलनका घाइते तथा अपाङ्गहरूको राष्ट्रिय सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले नयाँ सरकारको गठनसँगै प्रतिक्रान्तिको खतरा रहेको पनि उल्लेख गरे ।

अहिले नागरिक सर्वोच्चता कि सैनिक सर्वोच्चता भन्ने प्रश्न मुख्य रहेकाले नागरिक सर्वोच्चताका लागि लड्न बाँकी रहेको दाहालको भनाइ थियो । ललितपुरको खन्ना गार्मेन्टमा जारी सम्मेलनलाई सम्बोधन गर्दै उनले नयाँ सरकार गठनपछि राजनीतिक जटिलता थप चुलिएको पनि बताए ।

यस्तै अर्को कार्यक्रममा बोल्दै दाहालले काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले ढोका बन्द गरेर सहमति र सहकार्यका लागि आह्वान गरेको आरोप पनि लगाए । "मुलुकलाई अहिले सहमति र सहकार्य आवश्यक भए पनि कोइरालाले ढोका बन्द गर्नुभएको छ"- नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने- "ढोकामा ताल्चा लगाएर भित्र आइज भन्ने, घरबाहिर करेन्टजडित काँडेतार लगाएर भित्र आऊ सहमति गरौँ भन्ने- अनि कसरी सहमति हुन्छ ?"

कसैले भड्काउन खोजे पनि उत्तेजनामा आएर माओवादी युद्धमा नर्फकने र शान्ति प्रक्रियाका लागि लडिरहने उनले प्रष्ट पारे । निरङ्कुशता ल्याएर लुट मच्चाउने र भ्रष्टाचार गर्न खोज्नेले युद्ध भड्काउन खोजेको उनको आरोप थियो । माओवादीले सत्ता कब्जा गर्न थालेको भनेर भ्रम फैलाउन खोजेको भन्दै उनले जनताको मन जितेर शान्ति प्रक्रिया र संविधान निर्माण गरेरै सत्ता कब्जा गर्ने बताए ।

शान्ति प्रक्रिया र संविधान लेखनका लागि माधवकुमार नेपाललाई संविधानसभामा ल्याइएको भए पनि अहिले घात भएको उनको गुनासो थियो । उनलाई स‍ंविधानसभामा ल्याइनु गल्ती भएको उनले बताए ।

दाहालले सत्ता कब्जा गर्ने आफ्नो पार्टी रणनीति अहिले पनि यथावत रहेको बताएका छन्। 'सत्ता कब्जा गर्नै आएका हौँ हामी',उनले भने, कसैलाई ढाँटेर सत्ता कब्जा गर्न लागेका हैनौँ। सेना समायोजन एवम् संविधान लेखन कार्य हाम्रो नेतृत्वमा भयो भने अहिले थोरथोरै सत्ता कब्जा भएको छ, त्यसपछि धेरै कब्जा हुन्छ भनेका हौँ, उनले भने। हल्ला भए अनुसारको सत्ता कब्जा अहिले गर्न लागेका हैनौँ, उनले स्पष्ट पारे।

राजतन्त्र रहँदासम्म राजालाई सबैले मालिक मानेको तर अहिले मालिक भूमिगत भएको हुनाले समस्या समाधानमा अप्ठेरो परेको बताउँदै उनले भने, 'तर खोजेरै ल्याउनै पर्छ, किनभने समस्या त समाधान गर्ने ठूलो जिम्मेवारी सबै नेपालीको काँधमा आएको छ।'

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक