20090522

चमत्कारी पुष्प कमल दाहाल उर्फ प्रचन्ड !

-शेखर ढुङेल, अमेरिका


राजनैतिक ब्यबस्था र देश बिकास को लागि आफु लाई दैबी शक्ती प्राप्त चमत्कारी तत्व ठान्ने पुष्प कमल दाहाल उर्फ प्रचन्ड पथ मा नेपाल हिंडेको ३ बर्ष बित्यो । स्वयम प्रचन्ड ले नेत्रित्व गरेको प्रथम गणतान्त्रिक सरकार ९ महिना मा नै ढल्यो । र प्रचन्ड प्रलाप गर्दै छन ' म ' बिदेशी प्रभु को कारण ढले । कस्तो बिडम्बना ? । जनता लाई सर्ब शक्ती मान बनाउन जनता कै बली दिएर स्वदेशी प्रभु ढालेका प्रचन्ड आज ९ महिना नपुग्दै बिदेशी प्रभु का कारण ढल्दछन , उन्को शासंन काल मा तीन सय भन्दा सिमा स्तम्भ फ्याकिएका छन , देश का धर्म , सस्क्रिती , राज्य का स्थाई ब्याबसायिक सम्यन्त्र राजनीति को कोप भाजन भएका छन यस बेला कतै प्रचन्ड नै राष्ट्रिय एकता का प्रतिक , स्वाधिनता का पहरेदार स्वदेशी प्रभु ढालेको मा पछुताएका त छैनन ? ससदिय दल हरु को लागि त स्वदेशी प्रभु ढाल्नु सौता को रिस ले पोइको काख मा सु सु गर्नु जस्तै भै सक्यो ।

एक स्वतन्त्र राष्ट्र ले गर्ने प्रत्यक निर्णय मा बिदेशी प्रभु को निर्देशन र आशिर्बाद थाप्नु पर्ने अवस्था मा देश लाई पुर्याए पछी कसरी जोगिएला हाम्रो सार्बभौमा सत्ता सम्पन्न स्वतन्त्र राष्ट्र को स्वाधिन अस्तित्व ? स्वदेशी प्रभु लाई ढालेर तराइ लाई श्रीलन्का को तामिल बनाउने योजना बोकेका को साथ लिएर हिंडेका प्रचन्ड ले सत्ता बाट फुस्के पछी बिदेशी प्रभु को बिरोध गर्नु ''अङ्गुर अमिलो ''को उपमा लिएका छन बुद्धिजिबी हरु ले ।


सयुक्त राष्ट्र संघ मा नेपाल लाई स्थापित गराउने , पेरिस शिखर सम्मेलन देखी दक्षिण एसियाली सम्मेलन ढाका सम्मा स्वतन्त्र देश को अस्तित्व बिस्व सामु प्रस्तुत गर्ने स्वदेशी प्रभु लाई ढाल्न बिदेशी प्रभु को निर्देशन् स्विकार गरी सत्ता मा पुगेका प्रचन्ड किन यती छिट्टै बिदेशी प्रभु देखी बिच्किए ? सार्बभौम स्वाधिन नेपाल को आन्तरिक समस्या मिलाउन नस्क्ने र मिलाइदिन बिद्शी प्रभु लाई हार गुहार गर्न नहिच्किचाउने प्रचन्ड ले अहिले गरेको बिरोध म कुटे जस्तो गर्छु त रोए जस्तो गर भने जस्तो मात्र हो । लुकी छिपी लाजिम्पाट प्रभु का जाँदा र सत्ता को स्वाद पाउदा सम्मा ठीक अहिले के को बिरोध ?


स्वदेशी प्रभु हरु ले आज सम्म यो देश र जनता को शिर ठाडो पारी राखेका थिए । कोइ सित नझुकी शान्त कुटनिती मार्फत सबै सित मधुर सम्बन्ध र देश को मर्यादा लाई उच्च बनाइ राखेका थिए । मेची महाकाली , हिमाल तराइ का सबै नेपाली हुँ भनी गर्ब गर्दथे । जनता भन्दा एक कदम क्रान्ति कारी थिए स्वदेशी प्रभु क्रान्तिकारी भुमी सुधार , गाउ फर्क राष्ट्रिय अभियान , मुलुकी एैन र सामाजिक सुधार एैन लागु गरेकै थिए । बिकास निर्माण पनि समय साक्षेप हुँदै थियो । देश बिकास को बाधक स्वदेशी प्रभु थिएनन प्रचन्ड ले सन्केत गरेका बिदेशी प्रभु नै थिए भन्ने कुराको हेक्का भैसक्यो होला नै ।


जो मरे पनि आफ्नै नागरिक मर्ने हुन ससद बादी नेता सुध्रिउन , बाटो बिराएका माओवादी लाई पनि सहि बाटो मा लेराउनु पर्दछ शैनिक लगाएर दबाउनु हुन्न भन्ने स्वदेशी प्रभु प्रचन्ड का दुस्मन भए ? तर गौर कान्ड मार्फत आँफै बिरुद्ध जेहाद छोड्ने बिद्शी प्रभु का मतियार ''सत्ता सारथी हुने ''? कस्तो बिडम्बना ? कस्तो अहम ?कत्ती अबुझ ? त्यसै बेला फौजी कार्यबाही भएको हुदो होत प्रचन्ड को पनि लिट्टे का प्रभाकरण कै झै हालत भै सक्ने थियो । शैनिक लगाएर नदबाएको मा स्वदेशी प्रभु ले नै माओवादी लाई उठाएको हो यो दरबार कै ग्राइन्डडिजाइन हो भन्ने सम्मको आरोप लाग्दा पनि प्रचन्ड बचेँ । नारायण हिटी दरबार ढलाएर दिल्ली दरबार खडा नहोस भनी खबर्दारी गर्ने मनुज चौधरी आज सत्य साबित भएका छन ।


अझै पनि समय छ राष्ट्रिय एकता , सार्बभौम सत्ता , स्वाधिनता रक्षा को लागि राष्ट्रिय एकता को रुपमा अबिचलित राजसस्था , ससदिय ब्यबस्था र रास्ट्रिय सहमति को राजनीति लाई अगाडि बढाइ बिदेशी प्रभु हरु लाई निस्तेज गर्न । अन्यथा नेपाल मा बिदेशी प्रभु हरु को राज चल्यो चल्यो स्वदेशी प्रभु लाई हटाएको पाप भोग्यो भोग्यो प्रचन्ड लगायत सारा नेपाली ले ।(यो लेखक को निजी बिचार हो - सम्पादक)



कबिता - भन्छिन मेरी उनी
-शेखर ढुङेल

न पछ्याउ अब मलाई

मेरो बाटो अझै कठिन हुँदैछ

हिंड्नु छ मलाई

काडा घारि को गोरेटो

तिम्रो सुकिलो लिवास

उध्रिन सक्छ

चिल्लो फराकिलो बाटो

रोज्ने हरु

दोष मलाई आउन सक्छ

फर्की जाउ सुख को संसार

मलाई त अझै पत्थरिला

बाटो मा हिंड्नु छ

साथ लागे त तिम्रो

कोमल पाउ मा घाऊ लाग्न सक्छ

टाढै बस रमाउ जहाँ छौ

मेरो बस्ती मा त

प्रदुषण ले बिमार पार्न सक्छ

बेच तिम्रो ज्ञान को भन्डार्

उतै तिर

यता त बित्रिष्णा आउन सक्छ

म त जिर्ण भैसके अब मैले

तिम्रो सन्तान को

भबिस्य कोर्न सक्दिन

टाढै राख तिन्लाई

गरिबि ले कुन्ठा बढ्न सक्छ

ओत लाग्ने आसा मारिदेउ

यो खर को छानो

जुनै बेला ढल्न सक्छ

काम को के भरोसा म मा

दौरा र टोपी को

काम समेत बन्द हुँदै छन

सभ्य समाज मा रमाउ तिमी

मेरो आगन मा त

बिक्रिती को पहाड खडा छ

तिम्रा कोइ दौतरी छैनन यहाँ

घर घर मा थरी थरी का डन्डा छन

नपठाउ मलाई अरब बाट

पसिना ले भिजेको चिट्ठी

रोएर म सिथिल भै सके

बाँकी छैन अब यहाँ

तिम्रो पुर्खा को अस्मिता

च्यातिएर धुजा धुजा भैसक्यो

नझार परदेश बाट

औपचारिकता का आशु

म त तिम्रो लागि अर्घेली भैसके

तिम्रो छाती मा कुदिएको

मेरो नाम खुइलिसकेछ

नदोर्याउ कथा राम र बुद्ध को

लिट्टे र तलिवान ले तिन्को

हरण गरिसकेका छन

न झकझकैराख तिमी हरु

टाढा बाट

यो अस्थिपन्जर

ढल्नै आटि सकेको छ

न आउ फर्की घुर्की देखाउन

यही कै ले छाती थिल थिलो

पारिसकेका छन

शुभकामना परदेशिएका लाई

उही चाउरी परेकी नेपाल आमा

Shekhar1962@gmail.com





"हुकुमी शासनको झझल्को"

काम चलाउ सरकारका प्रध्ाानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत माओवादी शान्ति प्रकृया र संविधान निर्माण प्रकृयाबाट नभाग्ने बताउनु भएको छ । व्यवस्थापिका संरदको बैठकलाई सम्बोधन गर्दै उहाँले शान्ति र संविधान निर्माण प्रकृयालाई र्समर्थन गर्न आम समुदाय र अन्तराष्ट्रिय समुदायलाई आग्रह गर्नुभयो । संवोधनका क्रममा प्रधानमन्त्रीले शान्ति प्रक्रियालाई निष्कर्षा पुर्‍याउन दृढतापर्ुवक लाग्ने बताउनुभयो । राष्ट्रपतिको कदम फिर्ता नहँुुदासम्म सडक र सदनबाट शान्तिपर्ूण्ा प्रतिरोध गर्ने उहाँको भनाई थियो । प्रधानसेनापति प्रकरणमा राष्ट्रपतिले लिएको निर्ण्र्ााे अलोकतान्त्रिक हुकुमी शासनको झझल्को दिएको पं्रधानमन्त्रीले बताउनुभयो । प्रधानसेनापति प्रकरणमा सरकारमा सहभागी ५ दलको सहमति रहेपनि दलहरु अदृष्य शक्तिको प्रभावमा परेर रातारात परिर्वतन भएको उहाँले आरोप लगाउनुभयो । भारत र नेपालबीचको सम्बन्धलाई समयानुकुल परिर्वतन गर्न नसक्दा नागरिक र्सवाेच्चता कायम हुन नसकेको उहँाको भनाई थियो । राष्ट्रपति शासन लागू गर्न खोजेकाले राजिनामा दिएको भन्दै कामचलाउ प्रधानमन्त्रीले राजिनामा नदिएकेा भए देशमा मुठभेडको अवस्था आउने दावी पनि गर्नुभयो । नागरिक सर्वोच्चताका लागि आफूले कर्ुर्सर्ीीयागेको उहाँले दोहोर्‍याउनुभयो । प्रधानमन्त्रीले दलहरु नागरिक सर्वोच्चता मिचेर सैनिक सर्वोच्चता स्थापित गर्न मान्छे किनवेचमा उत्रिएको आरोप लगाउनुभयो । कामचलाउ प्रधानमन्त्रीले दलहरुबीच १२ बुँदे भन्दा उच्चस्तरको राष्ट्रिय सहमतिको आवश्यकता रहेकोमा जोड दिनुभयो ।

प्रधानमन्त्रीको चुनाव

व्यवस्थापिका बैठक आजबाट नियमित संचालन भएको छ । कामचलाउ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठकलाई संवोधन गरेपछि दर्ुइ महिनादेखि अवरुद्ध बैठक संचालन भएको हो । बैठक सञ्चालन भएपछि संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले राष्ट्रपतिले स्वीकृत गरेको प्रधानमन्त्रीको राजीनामा र बहुमतका आधारमा सरकार गठन गर्न संसदलाई पठाएको पत्र पढेर सुनाउनुभएको छ । सदन संचालन भएपछि नयाँ प्रधानमन्त्रीको चुनावका लागि बाटो खुलेको छ । प्रधानमन्त्रीका लागि भोली दिउसो ३ बजे चुनाव हुने सभ्ााध्याक्ष नेम्वाङ्गले जानकारी दिनुभयो । चुनावका लागि भोलि बिहान १० बजेदेखि दिउँसो १ बजे सम्म उम्मेदवारी दर्ता गर्ने र एक बजेदेखि साढे एक बजेसम्म अन्तिम नामावली प्रकाशन गरिने संविधान सभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो । प्रधानमन्त्रीको चुनावी प्रकृया र्सार्वजनिक गर्नका लागि सभाध्याक्ष नेम्वाङ्गले संविधान सभा सचिवालयका कार्यवाहक महासचिव मनोहर प्रसाद भट्टर्राईलाई निर्देशन दिनुभएको छ । एकीकृत माओवादी बाहेकका दलहरुले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई नया प्रधानमन्त्रीको रुपमा र्समर्थन गरिसकेका छन् भने माओवादीले प्रधानमन्त्रीको उम्मेद्वारी दिने नदिने अझै स्पष्ट भैसकेको छैन । नेपाली कांग्रेस र एकीकृत माओवादीको अवरोधका कारण व्यवस्थापिका बैठक दर्ुइ महिनादेखि लगातार अवरुद्ध हुँदै आएको थियो । प्रधानमन्त्रीले बैशाख २१ गते राजिनामा दिईसकेपछि राष्ट्रपतिको कदम सच्याउनु पर्ने माग राखी माओवादीले संसद अवरुद्ध गर्दै आएको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक