20090314
इः हेर त अनुहारै रातो भयो आमा...
-प्रकाश सापकोटा
शीरदेखि पाउसम्म तातो भयो आमा
इः हेर त अनुहारै रातो भयो आमा
निर्दयी छ साह्रै यौटा नाइके भनाउँदो
त्यसको गाली खाँदा-खाँदा सातो गयो आमा
नचढेर सुखै थे‘न चढेँ खटमाथि
खर्मुरिएँ अनायासै पातो गयो आमा
आराम त टाढा भयो उल्टै हप्कीदप्की
झण्डै-झण्डै जिन्दगीको छानो गयो आमा
बल्ल पाएँ मरुभूमि गोठालोको दर्जा
मानौं अब मान्छेसँग नातो गयो आमा
बाध्यताले धकेलेर ल्यायो यहाँसम्म
बिडम्बना टाउकोमाथि जाँतो भयो आमा
शीरदेखि पाउसम्म तातो भयो आमा
इः हेर त अनुहारै रातो भयो आमा ।
बनेपा, काभ्रे
हाल-दोहा, कतार । -Source:nepalplus
कबिता --झर्दै छन तारा अझै
शेखर ढुङेल्
तारा गन्नु उस्को रहर होइन
बिबस उु तुलु टुलु
अनगिन्ती झरेका तारा गिन्दै छ
कती कता बिलाये पत्तो छैन
कहिले पस्चिम कहिले पूर्व को
तारा झरिनै राखेका छन
अन्धकार मा धेरै बेर छत मा बसी
तारा हरु को भबिस्य सोच्दै छ
चन्द्र को कुटिल हासो ले
उु खिन्न भ्एको छ
कैऔ बिलिन तारा को
पर्खाइ मा हुन्छ उु
तारा सितै सती जाने कि
उस्को मितेरी को लागि
उु सँगै त्यहा बाट
पृथ्वी को चिच्याहट कोलाहल
अभाब खिचातानी को रमिता
हेर्ने कल्पना गर्दछ उु
प्रदुशित बातावरण देखी
उुन्मुक्त भै स्वच्छ हाबा मा
उुद्ने सोच्दा सोच्दै
नजिक कतै चिच्याहत ले
तारा गन्ने क्रमभङता हुन्छ
बिहान मात्रै समाचार सुनेको
धेरै तारा को करणग भंग भएको
आज फेरी दोहोरिये जस्तो छ
उु स्तम्भ भयो करँगभङता
निरन्तरा को आसन्का ले
गुहार मागिदिने अवस्था छैन
अरुको निन्द्रा भंग हुने दर छ
निस्तम्भ रमिता हेर्नु को
बिकल्प छैन निरिह छ उु
झिसमिसे बिहानी मै रात को
चिच्याहट तर्फ खिचियो
शान्त मुद्रा मा मग्न थिए
प्रश्वास को क्रमभङता गरेर
प्रत्यक लाई थोपा थोपा
आशु बाड्दै फर्कियो उु
झरेका तारा गन्दै
म हाँसेर मर्न चाहन्छु
-नारायण अर्याल-
मलाई हाँस्न देउ म हाँसेर मर्न चाहन्छु
आखिर जानु त छँदै छ, यथार्थ मा बाँच्न चाहन्छु ।
यहाँ धेरै खाएर फुलेका पेटहरुपनि देखें मैले
अनी खान नपाएर सुकेका खाली पेट भेटें मैले
कोही भएर पनि रुँदै छन पिल पिल आँसु निकाल्दै
कोही नभएर पनि मुस्कानमा बाँच्न प्रयास गर्दै छन
रोगी यहाँ धिक्कार्दै जीवनलाई बाँचिरहेका पनि छन
तन्दुरुस्त यहाँ आफ्ना इच्छा र कल्पनामा नाचेका छन्
कसैले यहाँ दैनिक कपडा छानेर लाउन भ्याएका छैनन
कोही यहाँ निर्बस्त्र नांगो शरीर ढाक्न पाएका छैनन
कोही बेफुर्सदी चौबिसै घण्टा ब्यस्त छन यहाँ
कोही व्याकुल छन मार्ग नपाएर सोच्छन जाउँ कहाँ
तर मलाई लाग्छ जीवन एउटा कला हो ।
गाएकको लागि सुमधुर स्वर दिने गला हो
सिक सिक्दै जाउ गर गर्दै जाउ जे आउँछ त्यसमा रमाउँदै ।
अनिस्चित यो समय जन्म र मृत्यु बिचको पला हो ।
आखिर सबै यात्री यहाँ अनिस्चित कालको यात्रा हो यो
जसले बुझ्यो उसले चिन्यो क्षण भरको सपना मात्र हो यो ।
यात्रा सुरु कहाँ बाट अनी अन्त्य पनि कहाँ अब
नांङै आएको शरीर हाम्रो छोडि जानु छ भएका सब
त्यसैले
मलाई हाँस्न देउ म हाँसेर मर्न चाहन्छु
आखिर जानु त छँदै छ, यथार्थ मा बाँच्न चाहन्छु ।
काठमाडौं, नेपाल , हाल-बर्मुडा, nryn28@gmail.com
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक