20090222

जय सम्भो, बाबा भोले कैलाशपतीनाथ ! नेपाल र नेपालीको रक्षा गर प्रभु, तिमी बाहेक अरु को नै रहेछ र !, हुनत तिमी आफै माओवादी संकटमा छौ ....


शिवरात्रीको अबसरमा नेपालको पशुपतीनाथमा कती रमाइलो छ, तर बिदेशमा बसेर यिनै फोटोहरु हेरेर भए पनि शिवरात्री मनाउँ कि कसो ?

महाशिवरात्रि पर्व कैलाशवासी शिवको पूजा-आराधना गरी आज (सोमबार) नेपालभर मनाइँदै छ । हिन्दु धर्मावलम्बी नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक महादेवको पूजा-आराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणमा वणिर्त छ । फागुनकृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्त्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरूवा तथा झार उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्त्व)ले गर्दा पलाउन थाल्ने हुनाले फागुन महिनामा शिवरात्रि मनाउने गरिएको विश्वास छ ।
ब्रतोत्सवमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी ब्रत बस्ने र शिवको पि्रयवस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।













शिवरात्री र पशुपतिनाथको महिमा
- Digharaj Prasai

पशुपतिनाथ बारेमा पौराणिक इतिहासमा उल्लेखछ- प्रथम गोपालबंशी राजा भुक्तमानले पशुपतिनाथको दिव्यज्योति प्रकट भएको देखेर पशुपतिनाथको देवल बनाएको थियो । हिमालयको दक्षिण, गंगाको उत्तर, काठमाण्डौं उपत्यका रुद्रको अतिनैं प्रिय क्षेत्र हो । पशुपतिनाथकै प्रतापले गोर्साईकुण्ड,पिण्डेश्वरलाई पबित्र क्षेत्रको रुपमा लिइन्छ । त्यस्तै अमरनाथ, विश्वनाथ, कैलास-मानसरोवरलाई शिवजीको तपोभूमिकारुपमा विश्वभरका हिन्दु तथा बौद्धहरु मान्ने गर्छन् । पशुपतिनाथलाई शिव, महादेव, किरातेश्वर, शंकर, शंम्भु,ज्योतिलिङ्ग आदि विभिन्न नामले पुकारिन्छ । पशुपतिनाथका तीन नेत्र हुन्छन्, तीनलाई ज्ञानचक्षु मानिन्छ । पशुपतिनाथका पाँच मुख मध्ये पर्ूव तत्पुरुष,ृउत्तर वामदेव, दक्षिण अघोर, पश्चिम सद्योजात र आकाशतर्फफर्केको मुखको नाम इशान हो । महाभारतकालमा युद्धको समाप्तिपछि हिमाल जाँदा पाण्डवहरुले प्रायश्चितस्वरुप पशुपतिनाथको पूजा गरेका र लिच्छविबंशका पहिला राजा 'विक्रमादित्य' को उपाधि धारण गरेर 'वैशालाधिपति' को रुपमा पशुपतिनाथ र बज्रयोगिनीको तपस्या गरी शक्ति प्राप्त गरेर बत्तिसपुलतीमा आफ्नो सिंहासन कायम गरेका र उनैबाट कासीमा विश्वनाथको मन्दिर स्थापना गरिएको कुरा देवमाला बंशावली र हिमवतखण्डमा उल्लेख छ । लिच्छवि राजाहरुमध्ये मानदेव प्रथमले सम्वत् ३८९मा पशुपतिनाथप्रति भक्ति गरेर आफ्नी आमाको विक्रान्तिमर्ूर्ति स्थापना गरेको लिच्छविकालीन अभिलेखहरुमा पाइन्छ ।
विक्रम सम्वत् १७१४ भन्दा अगाडि सन्यासीहरु पशुपतिनाथका पुजारी थिए । त्यसपछि यहीकै राजोपाध्यायहरुबाट पशुपतिनाथको पूजा गरिन्थ्यो । पछि सोम शेखनानन् नामका एक स्वामीलाई यक्षमल्लका छोरा रत्नमल्लले पशुपतिनाथका पुजारी नियुक्त गरे । यिनको सहायताका लागि बनेपाबाट नेवार जातिका पुजारीहरुलाई पशुपतिको भण्डारे बनाइए । पछि प्रतापमल्लले कर्नाटकको राजासँग सर्म्पर्कमा जाँदा कर्नाटक राजाले सहयोगीका रुपमा तान्त्रिकहरु ज्ञानानन्द र लुम्मकर्ण्र्ााट्ट नेपालमा दाइजोका रुपमा आएका र पछि तिनै तान्त्रिक भट्टहरुको माग अनुसार भट्टहरु पशपतिनाथका पुजारी बनाइए । अहिलेसम्म पशुपतिनाथको मन्दिरमा मलभट्ट सहित दक्षिण भारतका चारजना भट्ट पुजारी र १०६ जना नेवार भण्डारीहरु छन् । पशुपतिक्षेत्र देवपाटनमा जन्मिएका भण्डारीहरुलाई मात्र पशुपतिनाथका पूजामा चलाइन्छ । भण्डारीहरु गृहस्त हुन्छन् । पशुपतिनाथको चार ढोका बिहान चार बजे खुल्छ । बिहान साडे आठ बजे भट्टहरु भित्र प्रवेश गर्छन् । पशुपतिनाथको क्षेत्रफल २६४ हेक्टर भूभाग छ र यस क्षेत्रभित्र ५१८ वटा मन्दिर र धार्मिक स्मारकहरु छन् ।
पशपतिनाथमैं विद्यावारिधि गरेका डा. गोविन्द टण्डन भन्छन्- 'विन्ध्याञ्चल पर्वतदेखि दक्षिणका तैलिङ्ग ब्राम्हण पशुपतिनाथको पुजारी हुनुपर्ने परम्परा छ । ऋग्वेद वा साम्वेदी हुनसक्छन् । मंदिरको पुजारी कृष्ण यजर्ुवदीय परम्पराका हुन्छन् । यजर्ुर्वेदीय परम्पराका नेपाली विद्वान पशुपतिनाथको पुजागर्न योग्य व्यक्तिहरु अहिले उपलब्ध छन् जस्तो लाग्दैन । मंदिरमा राजनीति घुस्यो भने धार्मिक आस्था र विश्वास घट्दै जान्छ । पशुपति मंदिरमा चढ्ने भेटीमा पारदर्शीता छैन, पारदर्शीता तुल्याउन, विकृति हटाउन पुजारी र भण्डारीहरुलाई पारिश्रमिक तोक्ने' लगायतको सुव्यवस्थापनको खाँचो छ भन्नु भएको छ । विक्रम सम्वत् १४०० तिर बंगालका नबाव सुल्तान समसुद्दिनले एकतिस हजार मुसलमान पल्टन लिएर नेपालका मन्दिर तथा विहारहरु ध्वस्त गर्दै जनकपुर, पनौती हुँदै पशुपतिनाथको मन्दिर समेत ध्वस्त पार्ने धृष्टता गरे । अन्तिम लिच्छवि राजा जयर्जुनदेवको शासन कम्जोर थियो । मुसलमानको आक्रमणले सारा हिन्दु तथा बौद्धहरुमा कोलाहल मच्चियो । यस्तो विकराल अवस्थाबाट यसक्षेत्रलाई बचाउन पाल्पा, कास्की,गोरखा, लमजुङ्गका राजाहरुको सहयोग लिएर खसराजा जयस्थिति मल्लले मुसलमान फौज माथि आक्रमण गरे, तीसहजार चारसय मारिए र ६सय जति बाँचेर भागेका थिए भन्ने कुरा भक्तपुर तजेलु स्तम्भमा उल्लेख छ ।--योगी नरहरिनाथ) त्यसपछि जयस्थिति मल्ल काठमाण्डौं उपत्यकाको राजसिंहसानमा बसेर पशुपतिक्षेत्रमा जीर्र्णोद्घार र पुनरुत्थान गरी बाग्मतीपारी राम मन्दिरको निर्माण गरेर कुम्भेश्वर महादेवको स्थापना गरी कोटीहोम गर्दै शुद्धशान्ति गरेर पशुपतिनाथको मन्दिरभित्र हिन्दु तथा बौद्ध बाहेक अरुहरुको प्रवेश निषेध गर्ने नियम चलाएका थिए । यद्यपि कतिले पशुपतिमा अन्य धर्मावलम्वीहरुलाई रोक लगाएकोमा असंतुष्ठी व्यक्त गरेको पनि पाइएको छ । तर यो परम्परागत मान्यता बनिसकेकाले अध्यावधि प्रचलनमा छ । विश्वका सबै धर्मका परम्परालाई संविधान र कानून भन्दा माथि राखिएको हुन्छ ।
विक्रम सम्वत् १४६५ मा राजा ज्योतिर्मल्लले पशुपति अभिलेखमा उल्लेख गरेका थिए- 'पूण्यभूमि नेपालखण्डमा वत्सलेस पाँचमुख भएका परम पशुपति बाग्मतीको तिरमा हुनुहुन्छ र यहींं पूज्य बाशुकीनाग पनि हुनुहुन्छ ।' राजाहरुमा प्रतापमल्लले पशुपतिनाथको धेरै सेवा गरेको पशुपतिनाथमा प्रसस्त शिलालेखहरु पाइन्छन् । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्दाको समयमा पशुपतिनाथको पूजाअर्चना गरेको कुरा भाषा बंशावलीमा उल्लेख छ । पृथ्वीनारायण शाहको काठमाण्डौं उपत्यका विजयपछि विक्रम सम्वत् १८२६ मा बसन्तपुर दरबारको अभिलेखमा उल्लेखछ- 'राजा पृथ्वीनारायण शाहको बंश गुहृयेकाली र पशुपतिको दर्ुर्इृपाउका धुलाका प्रसादले नेपाल स्थिर भइरहोस् ।' यसैगरी शाहबंशीय राजाहरुमा रणबहादुर शाह र विक्रम सम्वत् १८६७ मंसिरमा राजा गिर्वाणयुद्ध विक्रम शाहबाट पुजारीहरुको अलग अलग खान्की तोकिदिएका थिए । भने शाहबंशीय राजाहरु लगायत राजा महेन्द्र तथा राजा वीरेन्द्रबाट पनि साविक बमोजिम चल्दै आएका पशुपतिनाथका पूजाआजा संवन्धि अनेकौं लालमाहेहरु लागुहुँदै आएका छन् । सन् १९७९देखि युनेस्कोले पशुपतिनाथ गुहृयेश्वरी लगायत लगभग चार हेक्टर जमीनलाई अत्यन्त सम्वेदनशील कोर क्षेत्रमा राखेको छ ।
कैलाश मानसरोवर शिवजीको क्रिडा तथा तपस्थान हो । यो क्षेत्र पनि हिमवतखण्डको भूभाग हो । मानवकल्याणको लागि बिषलाई आफ्नो कण्ठमा राखी त्यसको डाहाबाट मुक्त हुन त्रिशुलबाट जल निकाली कुण्ड बनाई त्यही कुण्डमा विराजमान भएकाले गोर्साईकुण्डको पनि ठूलो महीमाछ । अठार पुराणहरु सबैमा शिवको महीमा छ र शिव पुराण शिवजीको बयानको वृतान्त हो । हिमवतखण्डको पुस्तकमा- 'मरिचि,पुलह,ऋतु,भृगु,अत्री आदि ऋषिहरुले पशुपतिनाथको पुूजा गरेर बसेको उल्लेख छ । नेपालका राजाहरु आफ्नो संदेश र भाषणको अन्त्यमा 'पशुपतिनाथले हामी सबैको कल्याण गरुन्' भन्ने उद्गार गर्ने परम्परा थियो । पशुपतिनाथका अनेकौं जात्राहरु मध्ये शिवरात्री, बालाचतर्ुदशी, साउने सोमबारहरु अतिनैं प्रिय मानिन्छन् । शिवरात्रीमा विश्वभर छरिएर रहेका हिन्दुहरु लगायत खास गरेर नेपाल र भारतका लाखौं साधु-सन्त लगायत हिन्दु धर्मावलम्वीहरु पूजा अर्चना र दर्शनको लागि आउँछन् । शिवरात्रीमा पशपतिनाथ लगायत नेपाल भारत र विश्वका अनेकौं शिवालय, महादेवस्थानहरुमा धुमधामका साथ जागृत बसेर आराधना गर्ने परम्पराछ । आराध्यदेव पशुपतिनाथको पूजाअर्चना गर्नु आस्तिकहरु आत्मागौरव मान्छन् भने नास्तिकहरु यसलाई परम्परागत अस्तित्व ठान्छन् । पशुपतिनाथले सबैको कल्याण गरुन् । Email: dirgharajprasai@gmail.com

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक