20090205
कालो बिरालोसँगको अन्तर्वार्ता हेर्नुश
जबर्जस्ती सरकारद्वारा तीनवटा अध्यादेश जारी
सरकारले ३ वटा अध्यादेश ल्याएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले व्यक्ति बेपत्ता पार्ने सम्वन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, मतदाता नामावली सुचि संकलन व्यवस्था गर्न बनेको अध्यादेश, र्सार्वजनिक सेवालाई समावेशी बनाउनका लागि बनेको अध्यादेश जारी गर्ने निर्ण्र्ाागरेको हो । र्सार्वजनिक सेवामा समावेशी गराउने अर्न्तर्गत आरक्षणमा राख्ने ४५ प्रतिशत मध्ये सेना, प्रहरी र सशस्त्र प्रहरीमा महिला २० प्रतिशत आदिवासी जनजाति ३२, मधेशी २८, दलित १५ र पिछडिएका क्षेत्रमा ५ प्रतिशत छ्टयाएको छ । अरु सेवामा महिला ३३, आदिवासी जनजाति २७ मधेशी २२ दलित ९, अपाङ ५ र पिछडिएका क्षेत्रमा ४ प्रतिशतलाई आरक्षण दिईने भएको छ । अरु सेवा अर्न्तर्गत शिक्षा सेवा, स्वास्थ्य सेवा, विशेष ऐन अर्न्तर्गतको सेवा छन् ।
नेपाल र नेपालीका लागि अर्को दु:खद समाचार
जल, जमिन र जंगलमा आदिवासी थारुहरुको स्वामित्व माग गर्दै थरुहट स्वायक्त राज्य परिषद्ले बिहीबार आफ्नो सशस्त्र दस्तालाई सार्वजनिक गरेको छ । विद्रोहका लागि तयार पारेको 'थरुहट मुक्ती सेना' लाई परिषदले देउखुरीको राजपुर गाविसस्थित गङ्दीको जंगलमा प्रदर्शन गरेको हो । दस्तामा ३ सय ७५ जना सेना रहेको केन्द्रीय अध्यक्ष लक्ष्मण थारुले भने । कम्ब्याट ड्रेससहितका ती सेनाहरुलाई तालिम दिइराखेको परिषद्ले जनाएको छ । 'सबै सेना सशस्त्र हुन् । 'अब हामी राज्यविरुद्ध सशस्त्र विद्रोह गर्छौं,' थारुले भने, 'सबैलाई फौजी तालिम दिइराखिएको छ । सेना प्रविधि र हतियारले पूर्ण छ । आवश्यक पर्ने बित्तिकै चलाउँछौं ।' उनले सेनलाई हतियारसहित नदेखाए पनि केही खुकुरी भिरेका सेनाहरु मात्रै प्रदर्शन गरेका थिए । हतियारको छुट्टै स्टोर रहेको उनको दावी छ । संस्कृती तथा राज्य पुनर्संरचना मन्त्री गोपाल किराँतीले दाङमा केही दिन अघि अधिकारका लागि हलिया, मुक्त कमैया सबैको हातमा बन्दुक हुनुपर्ने बताएका थिए । त्यसको दुई साता नबित्दै परिषद्ले सशस्त्र सेना प्रदर्शन गरेको छ । परिषद्ले अहिले तीनवटा कम्पनी तयार भएको जनाएको छ । एक कम्पनीमा १ सय २५ सेना रहेको उसको भनाइ छ । अहिले दाङ लगायत कैलाली, सुनसरी, बारा, पर्सा र झापामा पनि फौजी तालीम चलिरहेको अध्यक्ष थारुले जानकारी दिएका छन् । एक महिना भित्र सरकारले राज्यका हरेक तहमा जातिय प्रतिनिधित्व नगरेमा र आइएलओ महासन्धी १६९ अनुसार जल, जमिन र जंगलमा आदिवासी थारुहरुको पूर्ण स्वामित्व नभएमा सेनाले पुराना राज्यका हरेक संरचना खारेज गर्ने परिषद्ले बताएको छ । परिषद्ले थरुहट क्षेत्रमा जल, जमिन, जंगल, स्थानीय निकाय र सञ्चार माध्यममा पनि कर लगाउन शुरु गरेको बताएको छ । अब सबैलाई कर लगाउँदै जाने परिषद्का केन्द्रीय उपाध्यक्ष योगेन्द्र चौधरीले बताएका छन् ।
प्रधानमन्त्री प्रचन्डले बिदेशिलाई ढाटें
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वाईसीएलको अर्ध सैनिक संरचना अन्त्य भैसकेको बताउनु भएको छ । आज जर्मनीको टोलीसंगको भेटमा प्रधानमन्त्रीले अरुदलसंग भएको सहमति अनुसार वाईसीएलको अर्धसैनिक संरचना अन्त्य भैसकेको बताउनु भएको हो । उहाँले ठाउँ ठाउँबाट वाईसीएलका सामुहिक बर्साईहरु हर्टाईएको जानकारी जर्मनी टोलीलाई दिनुभएको छ । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब वाईसीएललाई बिकास निर्माण र राजनीतिक काममा लगाउने बताउनु भएको छ ।
डि. भी. लट्री र नक्कली स्वास्नी
-कृष्णमुरारि ढुङ्गेल, डेनभर, कोलोराडो
१ तराइको फाँटमा वर्षे धानका वालाहरु बतासले झुलिरहेका छन् । नहरको पारीपट्टी हरियो चउर छेउमा माछा पोखरी छ पोखरीको डिलमा केराका पातहरु पनि हावाले गर्दा नाई नाई भनेकै छन् हल्लदैं । पोखरीको डिलको दुई कुनाका आँपका ठूला ठूला गाछी बीचबाट कोषौं टाढा अस्ताउन लागेको घामका किरणहरु सिधै पोखरीको वीचमा छिरिरहेका छन् पोखरीको अनुमति विना नै । सुन्दर सूर्यास्तको दृष्यसंगै आएको शितल बतास संगसंगै एकहुल बाख्राहरुलाई नर्कटको छरितो लठ्ठी हल्लाउँदै पोखरीभित्र प्रवेश गरेका घामका किरणहरु माझ झ्वास्स बीचमा छिर्दै गीत गुन्गुनाउँदै फरक हल्लाउँदै सि… र स्या… गर्दै त्यही पोखरीको डिलबाट आराधना घरतिर लाग्छे । घामका किरणहरु क्रमशः विलिन हुँदै जान्छन्, बतास क्रमशः घट्दै जान्छ, चंचल पोखरी शान्त तलाउमा परिवर्तन हुन्छ । कोषौं टाढाबाट देखिने भीमकाय त्यो सूर्यको फिलिङ्गो झ्वाम्म अस्ताउँछ अव कतै अर्कै संसारमा उदाउन । २ "खवरदार ! आइन्दा मसंग मुख लागिस भने, तँलाई यो घरबाट निकाली दिन्छु र तेरो बाउको घरमा पुर्याई दिन्छु" भन्दै कराउँछ शम्भू कट्टेल । उसको बोली लट्पटिएको छ, रक्सीले आँखा राता छन्, अनुहारमा प्रचण्ड क्रोध अझै बाँकी छ । श्रीमति शारदा कट्टेल घरको छेउको गोठमा बाँधिएका गाई र भैंसीलाई टाट्नामा भूस हाली आँखाबाट बलिन्द्रधारा आँसु झार्दै लोग्नेको छेउमा जान्छिन् र भन्छिन "जति गाली गर्नुछ मलाई नै गर्नुस, मेरा बाबु आमाको नाम किन लिनु हुन्छ ?" " नकरा" क्रुद्ध भएर शम्भु पुनः शारदालाई आमाचकारी गाली गर्न थाल्छ । त्यत्तिकैमा छोरी आराधना आइपुग्छे बाख्राहरु लिएर । "खवरदार! बा आजपनि तपाई यादवको घरमा जुवा खेलेर पैसा सकेर आउनु भयो हैन ? अझ त्यो रिस आएर आमालाई पोख्नु हुन्छ ? शम्भु फरक्क छोरी तिर फर्कँदै, "नकरा, मैले तँलाई जन्माएको कि तैँले मलाई जन्माएको ? मैले मेरै पैसा सिध्याएको छु तेरो बाउको पैसा सिध्याएको छैन । आराधना अझ झोक्किँदै बाउतिर जान्छे "हो तपाईले मेरो बाउको पैसा सिध्याउनु भएको छ, यदि तपाई नै मेरो बाउ हो भने ।" छोरीको कुराले शम्भु कट्टेलले राम भगत यादवको घरमा खाएको मौवाको रक्सी दुई कंचतको पसिनाबाट सवै बाहिर आउँछ र थचक्क थाम समातेर पिँडीमा बस्छ । शारदा धोतीको सप्कोले आँसु पुछ्दै भन्छे "आराधना तँ बुवालाई जे मुखमा आयो त्यहि बोल्छेस् ?" आमालाई जवाफ फर्काउँदै आराधना भन्छे "मैले जे बोल्नु पर्छ त्यहि बोलेको हुँ ।" छोरीलाई झपार्दै शारदा भन्छिन- "खुकुरी भन्दा कर्द लाग्ने हुनुहुँदैन्, हिँड भित्र । शारदा आराधनालाई पाखुरा समातेर भित्र लैजान्छिन । बाहिर झ्याउँकिरीको आवाज अन्धकारसंग बढ्न थालेको छ । शम्भु कानमाथिको चुरोट झिकेर सल्काउँछ र चुरोटको सर्कोसंगै केही सम्झिएझैं मनमनै कुरा खेलाउँछ 'मेरा दुइटी जेठी र माइली छोरीहरुभन्दा यो अलिक फरक छे यसलाई काठमाण्डौ पठाउन पाए पक्कै केही गर्थी' भनेर चुट्की बजाउँदै चुरोटको खरानी भैंतिर झारेर आकाशको तारा गन्न थाल्छ । भित्रबाट शारदाको आवाज आउँछ," ए उज्जलको बा खाना तयार भयो भित्र आउनुस् ।" शम्भु कट्टेल बाहिर घोत्लिएर बसिरहेको छ मनमा कुरा खेलाउँदै 'मेरो जेठी छोरी स्नेहलता र माइली छोरी छिन्नलता भन्दा आराधना अलि फरवार्ड नै छे, नक्कली पनि छे । यसले कुनै पनि मान्छेलाई तुरुन्त फकाउन सक्छे त्यसैले यसलाई काठमाण्डौ जसरी भएपनि पठाउनु पर्छ तर पठाउनु कहाँ ? झ्याउँकिरीको आवाज बढ्दै गइरहेको छ रातसंगै । शम्भुले स्वास्नी शारदाको बोलाहटलाई ध्यान दिएको छैन । ऊ अझै सोचाई मै छ 'आराधनालाई काठमाण्डौ त पठाउने तर कहाँ ? आफैँ कोठा भाडामा लिऊँ पैसा छैन । त्यही एउटा ठूलो पल्टिने सालो छ, त्यो माथि छोरो पनि त्यहीं बसेर पढ्छ । उसै त हेप्छ भिनाजु भनेर, मान गर्ने ठाउँमा छोरी पनि त्यहिं पठाउँदा कति हेप्ला बजिया सालाले' मनमनै भन्दै जुरुक्क उठेर भित्र लाग्छ । ३ -"होइन, कुसुमा तिम्रो माइतीले जति धाक लगाएपनि र तिमीले माइतीको जति धाक लगाएपनि तिम्रो दाइले भन्दा तिम्रो बाबु आमालाई मैले नै धेरै मद्दत गरेको छु क्यारे । मद्दत पनि कतिलाई गर्नु यो उत्सवले ? उता आफ्ना सारा दिदी बहिनीका खलकलाई पनि गरेकै छ ।" -"हेर उत्सव, तिमी पनि बढी धाक नलगाउ । तिमी पनि पहिला हाम्रो घरमा भाडामा बस्दाखेरी मलाई भगाउनु भन्दा अगाडि तिमीले 'हेर कुसुमा जिन्दगीभरी जे भने पनि मान्छु' भनेर भगाको होइन त्यतिवेला ? मैले मेरा बाबु आमा र दाईको कति गाली खानु पर्यो भाडामा बस्ने केटोसंग भागी भनेर । -"चिन्ता गर्नु पर्ने कुरा के थियो त ? भाडामा बस्नेसंग भागेपनि तिमी अहिले भाडामा बस्नु परेको छैन । चाबहिल जस्तो ठाउँमा तीन तले घरमा बसेकी छ्यौ, कार चढेर हिँडेकी छ्यौ, आखिर तिम्रो बाबु आमाले खोजेर विहे गरिदिएको भएपनि अमेरिकन एम्वेसीमा काम गर्ने उत्सव मैनाली जस्तो पाउन गाह्रै पर्थ्यो" उसले शारदालाई सम्झायो । "धाक नलगाउ मैनाली, अहिलेपनि न्यूरोडमा हिड्दा कुसुमालाई आँखा लगाउने कस्ता कस्ता छन् बुझ्यौ ?" भन्दै बैठक कोठाबाट उठेर शारदा किचेन तिर लाग्छे र चियाको कप लिएर बाहिर आउँदै "अनि सुन मैनाली, तिमीले तिम्री भान्जालाई चाहिँ मैले गरेको भन्न पाउँदैन किनभने उसको हाइस्कुलदेखि अहिले क्याम्पससम्म सवै मैले मद्दत गरेको छु । उ त मेरो भान्जाजस्तै छ । उ विना त मलाई यो घरमा बस्न पनि मन लाग्दैन । तिमीले गरेको छैनौ भनेको छैन नि मैले कुसुमा ।" "सुन त ! भान्जाकी बहिनी छे नि साहिली चाहीँ के हो उसको नाउँ मैनाली जी?" कुसुमा उत्सुकतापूर्वक सोध्छे । "जेठी स्नेहलता, माइली छिन्नलता, साहिली चाहीँ आराधना क्यात, त्यो भान्जी पनि काठमाण्डौ आउन पाए हुन्थ्यो भन्छे । हाम्रा भिनाजुपनि काठमाण्डौ पठाउन पाए यसले केही गर्थी कि भन्थे ।" " हे के गर्नु भिनाजुको ब्यबहार हेर्दा त फर्केर जान मन लाग्दैन त्यहाँ । जाँड र जुवाले सवै सकिसके । विचरा दिदीलाई साह्रै दुख छ, त्यो एउटी आराधनाले राम्रो पढी भने यहिँ राखेर पढाई दिन पाए हुन्थ्यो कि हगी कुसुमा" "ठीकै छ नि त मलाई पनि साथी हुन्छ कि लेराउन त ।" ४ "ए शारदा आर्को हप्ता लैजान त काठमाण्डौ तेरो भाइकाँ । अहिले त घरपनि तीन तले बनाएको छ क्यारे कति धाक लगाउँदो हो ।" "धाक लगाई हाल्छ नि त ! काठमाण्डौ गएर पढेर, कमाएर त्यत्रो घर बनाएर , गाडी चढेर हिड्छ । फेरी आफ्ना र आफन्तलाई पनि मद्दत गरेकै छ । हजुर जस्तो भाको सम्पत्ति पनि सकाउने हो त ?" "नकरा छट्टु स्याल जस्तो छ तेरो भाइ, चाहिने भन्दा बढी धाक लगाउँछ । त्यही भएर त्यसको मुखै हेर्न मन लाग्दैन मलाई ।" "मन नलागेर के गरी बक्सिन्छ त? हजुरको छोरो त्यहिँ बसेर पढिराखेको छ । फेरी छोरीलाई पनि त्यहिँ पठाउँदै हुनुहुन्छ ।" शारदाको कुरा नसुनेको झैं गरेर शम्भु गोठतिर लाग्छ । केही काम गरे झैं गरेर परालको मुठा झिकेर गाईको टाट्नामा हालीदिन्छ । अर्को हप्ताको सोमबार काठमाण्डौ मामाकाँ जाने सुनेर आराधना गाउँका आफ्ना साथीहरुलाई सुनाउन पल्लोघरतिर लाग्छे । स्नेहलता र छिन्नलता त्यत्तिकै फिस्स हाँस्छन् र शारदालाई प्रश्न गर्छन् "अनि आमा, सोमबार गएर कहिले फर्कने नि ?" ५ "अहिले नै फर्कने कुरा नगर दिदी बल्ल बल्ल आकी छ्यौ । मैना दिन जति बस न आराम गरेर बस के बित्या छ र ? "त्याँ हेर्न पर्यो नि आफ्नो घरको काम, भिनाजु खाली हल्लेर हिंड्नु हुन्छ !" "लामो कुरा नगर, महिना दिन जति बसेर जाउ । म भरे अफिसबाट फ़ोन गरेर भन्दिउँला भिनाजुलाई -दिदी एक महिनापछि मात्रै फर्किन्छिन भनेर ।" भान्सामा माइजु र आराधना हातमा हात समातेर गफ गर्दैछन् आँखा सन्काउँदै गफको तालमा हाँस्दै माइजु आराधनालाई प्याट्ट पिटेर आफ्नो हिपले उसको हिपमा ठङ्ग हान्छे । आराधना पनि के कम्ती, उ पनि माइजुको हिपमा ठ्याङ्ग हान्छे । दुवैको हाँसो बाहिर बैठक कोठामा दुःख सुःखका बात मारिरहेका दिदी भाइको कानमा ठोक्किन पुग्छ । "यिनीहरुको के को हाँसो हो यो फेरी, ल दिदी त्यसै गर, यो गफ जति गरे पनि यस्तै हो सकेसम्म मिलाउ एक महिना जति बसेर अलि अलि भए पनि मोटाएर जाउ क्यारे, मिल्दै नमिल्ने भए मैले के भन्नु ।" घडी हेर्दै "ओहो साढे सात बजी सकेछ ए कुसुमा खाना पस्क मलाई त अफिस जान वेर भइसक्यो" भन्दै भान्सातिर लाग्छ । बाहिरबाट ढोकामा घन्टी चिच्छ टिरर… आवाज आउँछ 'भित्र को हुनुहुन्छ होला'
६ ‘’कमिजको टाँक लगाउँदै” अफिस जान ढिला भइसक्यो यति वेला को आयो फेरी भन्दै उ ढोका खोल्न जान्छ । दाई नमस्कार ! नमस्कार ! नमस्कार ! भाईलाई त मैले चिन्न सकिन भन्दै मैनाली तलदेखि माथिसम्म उसलाई हेर्छ । मुखभरी पाकेका डण्डिफोर् रुदघण्टि निक्लिएको बाहिरै पट्टि देखिएको, दुब्लो, छुस्स दाह्री आएको, चाइनिज ‘वारिएर” जुत्तामा मैलो मैलो खालको खरानी रंगको सर्ट र पाइन्ट लगाएको, एउटा आँखाको तुलनामा अर्को आँखा सानो र डेढो डेढो जस्तो देखिने, सोझो सोझो खालको मान्छे फिस्स हाँसेर मैनालीलाई जवाफ फर्काउँछ । हजूरले त मलाई चिन्नु भा छैन, मलाई डि. भि. चिठ्ठा पर् यो । अनि हाम्रो मिठु फूपूले हजुरसंग सल्लाहा लिनु भनेर पठाउनु भयो । त्यहि भएर हजूरसंग सल्लाहा लिन भनेर आएको भन्दै उसले मैनालीलाई जवाफ फर्कायो । मैनाली केही सम्झिएझैँ मिठु…भनेपछि… बीचैमा केटोले जवाफ दिन्छ ‘हेटौंडाको क्यात् हजूर’ । ए ! मिठु दिदी अवत चिनी हाले नि । भनेपछि भाइको घर रामेछाप पर् यो होइन त ? हो हजुर, केटो जवाफ फर्काउँछ । ल ठिक छ हिड्नुस भित्र भन्छ मैनाली । दुवैजना भित्र छिर्छन । मैनाली भान्छातिर हेर्दै कराउँछ ए कुसुमा यो भाइलाई एक कप चिया बनाई देउ ल ल । अनि भाइको नाम के रे ? हजूर आकाश । ए भनेपछि डि. भि. पर् यो आकाश भाइलाई । त्यसो भए ल बधाई छ । अनि भर्खर पहिलो लेटर आयो कि दोश्रो नै हो ? होइन् हजूर पहिलो । ल ठिक छ । आज मलाई अफिस जान ढिला भइसक्यो । अब आउने शनीवार आउनु मैले सक्या सहयोग सबै गरिहाल्छु नि । भिसा दिने मान्छे नै मेरो साथि हो धन्नै मान्नु पर्दैन तर तपाईको सेकेण्ड लेटर आउँदा वर्दा एक वर्ष जति त लागिहाल्छ नि । अनि परिवारै जानु हुन्छ कि एक्लै ? होइन् भन्दै केटो भन्छ “दाई मेरो त विहे नै भएको छैन” । ए भन्दै केहि सोचे झैँ गरी एक कदम अगाडि बढ्छ चिप्लो पाराले उ भन्छ विहे नगरेर के भो त अव विहे गर्ने अनि श्रीमती लिएर जाने कसो भन्दै हा.. हा.. हा.. भन्दै हाँसेर, ल आकाश भाई पर्सी शनीवार सवै कागज बोकेर आउनोस्, खाना पनि यतै खाउँला, कागज पत्र सवै भरौंला । कसो आकाश ? ङिच्च हाँसेर टाउको हल्लाउँदै हुन्छ भन्ने संकेत गर्छ । अनि दाई अलि अप्ठ्यारो मान्दै भन्छ खासमा डि. भि. परेको चाँही मेरो सालीलाई हो । ए उसो भए भाइको सालीलाई पो डि. भि. परेको ? ठिक छ नि त, सालीलाई परे पनि भिनाजुलाई परेपनि मैले गर्ने सहयोग गरि दिउँला भन्छ । अनि साली एक्लै जान सक्छिन त ? होइन दाइ, म पनि जाने विचार गरेको । सालीलाई डि. भि. परेको, भिनाजु पनि जाने । नचाहिने कुरा नगर्नुस भाई । सालीलाई भिसा परेकोमा तपाईलाई भिसा दिन्न क्या । लाटो मान्छे हा.. हा.. भन्दै हास्छ । होइन् दाई, मेरी श्रीमतिले कागजमा बिहे गरेर भएपनि जाने सल्लाहा दिएकी छे । श्रीमान् बनेर जान त मिल्छ नि, अचम्म.. उत्सव छक्क पर्छ । होइन, भाइकी श्रीमती पनि गजवकै रहिछिन । वाह.. अमेरिका जान आफ्नै बहिनीसंग विहे गरेर पठाउने ? यो अमेरिका भन्ने देश पनि अजिवकै रैछ बा… । अनि म्यारिज सर्टिफिकेट सवै बनाउनु पर्छ नि ? सवै बनाई सकिएको छ । ए भाइ त मभन्दा दश हात माथि रैछ । बिहेका प्रमाण सव हेर्न खोज्छन नि एम्वेसीमा थाह छ कि छैन ? मैनाली केटोलाई र् याखर् याख्ती पार्छ । सवै तयार गरेको छु दाइ । दुलाहा-दुलैही बनेर खिचेका फोटोहरु, नागरिकता, पासपोर्ट, सव तयार बनाएको छु । होइन यस्तो सवै कुरा कसरी थाहा भयो आकाश भाइलाई ? नक्कली भन्ने थाहा भयो भने फेरी समातेर जेल हाल्छन नि । हाम्रो गाउँका दुई जना माओवादीहरु त्यसैगरी नक्कली विहे गरेर अहिले अमेरिकाको भर्जिनियामा गएर बसेका छन् उत्सव दाई, केटो भन्छ । होइन् ठीकै छ भाइ थाहा पायो भने गाह्रो पर्ला भनेर पो भनेको त । तपाईले पनि चिन्नु भएको छ त्यसलाई हाम्रो घरभन्दा माथि माथ्लाघरा रिफेलको जेठो छोरो मणी त हो नि । उसले पनि सालीसंग नक्कली विहे गरेर भिसा लगाएर गयो । “जे होस् अमेरिका जाने उपाय पनि धेरै रैछ” उत्सव हतारिँदै भन्छ - ल भाई मलाई अहिले अफिस जान अवेर भयो पर्सी शनीवार आउनोस् है त । ७ माओवादी पार्टीका गाउँ इकाई कमाण्डर मणि फुयाँल आफ्नै साली लक्ष्मीसंग नक्कली विहे गरी अमेरिका आएर एउटा रेष्टुराँमा डिस वासरको काम गरिरहेको छ । उसका नेताहरु नेपालमा अमेरिकालाई पूँजीवादी र साम्राज्यवादी भन्दै अव हामीले अमेरिकी दादागिरीको पनि विरोध गर्नु पर्छ भन्ने भाषण सुनेको मणि फुँयाल भर्जिनियाको जर्मन टाउन रोडमा हिड्दै मनमा कुरा खेलाउँछ के हाम्रा नेताहरुले पनि नेपालमा यस्तै बाटो बनाउलान त ? यस्तै विकास गर्लान त नेपालमा पनि ? यदि नगरेर झगडा मात्रै गर्ने हो भने त्यत्रो आन्दोलनको के अर्थ रह्यो र हामीले यहाँबाट पार्टीलाई लेवी बापत बुझाएको पैसाको के अर्थ रह्यो ? यस्तै अनेकानेक कुरा सोच्दै मणि आफ्नो अपार्टमेन्टमा आइपुग्छ । गर्मीले गर्दा उसका शरीरबाट निस्केका पसिना ठसठसी गन्हाउने भएका छन । अनुहारमा प्रशस्त थकाई छ, अपार्टमेन्टको ढोकामा साँचो छिराउन समेत गाह्रो मानेर उ ढोका ढक्ढक्याउँछ, ढोका खुल्छ, ए मणि आज काम चाँडै सकियो कि क्या हो ? कहाँ चाँडै हुनु, हाम्रो रेष्टुरेन्ट सधै दश बजे त बन्द हुन्छ नि । अनि अंकुश जी, आज काममा नगएको ? काममा गको नि काममा नगएर हुन्छ, आज राती काम गर्ने एउटा काले चाँडै आयो, म पनि चाँडै हिँडे । अनि तिमीसंग भेट नभा पनि धेरै भयो, यसो भेटौ भनेर छिरेको… । यो अंकुशे काम छोडेर मलाई भेट्न आएको होला त ? मनभित्र कुरा खेलाउँदै थचक्क बस्छ मणि । ए लक्ष्मी चिया बनाउन ? अकुशजीलाई । मलाई पनि एक कप कालो चिया बनाउ । आ.. सक्दिन म त.. आफुलाई याँ कस्तो थकाई लागिरा छ । भैगो भैगो बैनी, चिया सिया पकाउनु पर्दैन, यतिवेला पनि कसैले चिया खान्छ ? यो मणि पनि, बरु बियर झिक्न । अस्ती ल्याएको त्यो स्टील रिजर्भ एउटा बाँकी छ कि क्या हो ? धत्.. त्यस्तो स्टील रिजर्भ पनि खान्छ अंकुशले ? त्यो त स्पेनिस कुल्लीहरुले खाने चिज हो । अव तपाई पनि त नेपाली कुल्ली नै हो नि अंकुश जी होइन् ? अंकुशले त्यस्तो कुल्ली काम गरेको छैन् । न अंकुशले रेष्टुरामा गरेको छ न कुल्ली काम गरेको छ । त्यो त हेर्नुस चाइनिमा अमेरिकामा चाइनिमा चाहि म कुल्ली तपाई हाकिम भन्ने चाहि छैन, अंकुश जी चाइनिमा हेर्नुस, हामी चाइनिमा चाँहि रेष्टुरामा काम गरेपनि तपाई ग्यास र एबिसीमा काम गरेपनि, चाइनेमा केही फरक छैन, यहाँ सवैले सवै काम गर्नै पर्छ क्यारे । होइन तिमी किन रिसाएको मणि ? मैले तिमीलाई भन्न खोजेको हो र स्पेनिसहरुले कन्स्त्रक्शनमा काम गरेर थाकेको वेलामा खाने वियर स्टिल रिजर्भ हो, त्यो रक्सी भन्दा पनि कडा हुन्छ, हाम्रो लागि होइन् भनेर पो भनेको त । फेरी मैले बडवाइजर र बडलाइट बाहेक अरु खाएको कहिल्यै देख्या छ तिमीले ? त्यसै नरिसाउ न । ल तिमीहरु साली भेना बस्, म लागे अहिले । अनि ए लक्ष्मी, भोली विहान मलाई फोन गर, इनोभामा कति बजे जाने हो ? म पुर् याई दिउँला । ल म लागेँ । अंकुश वाहिर निस्कन्छ भित्र साली लक्ष्मी र भेना मणिको झगडा पर्न थाल्छ । ८ कहाँ गएर आएको ? फेरी त्यही कसौंडीकाँ पसेर आयौ कि क्या हो ? अंकुशलाई त्यसै कापे भनेको हो र थापाजीले भन्दै नेपाल कराउन थाल्छ ।
माओवादी हत्या, अपहरणहरु यथावत छन्
-दिर्घराज प्रर्साई
१८ बर्षअगाडिदेखि नेपाली कांग्रेस र एमालेहरुले जसरी चौतर्फीरुपमा देश लुट््ने काम गरे त्यसको छिनोफानो नहुँदै माओवादीहरुले नेपाली समाजलार्इृ निकाश दिनुपर्नेमा झन उत्पात मच्चाएर जनतालाई महंगी, अभाव, असबिधा, असुरक्षा र अशान्त बनाउने काम गरेकाले नेपालीहरु चिन्ताले ग्रसित छन् । माओवादी सत्तासीन छ तर हत्या, अपहरणहरु यथावत छन् । एउटा नेपालीले अर्को नेपालीलाई यसरी विभत्स तरिकाले खुट्टा भाँचेर र घाटी रेटेर मारेको खबर सुन्दा, स्वास्नीमान्छे, तथा बच्चाहरु म्ाारिन्दा के फाइदा हुँदो हो - अनेकौं प्रयत्न गरेर यो गरीब देशमा नेपाली जनताले बडो मुस्किलले श्रम गरेर तयार भएका विकासका पर्ूवाधारहरु ध्वस्त बनाइयो । अहिलेसम्म पुनर्निमाण हुन सकेको छैन । कांग्रेस, एमालेका नेताहरु अझै ब्रम्हलुट मच्चाएर नेपाललाई डुबाउनमा तल्लिन् छन् । यो देशको कलंक भनेको कांग्रेसका गरिजा र एमालेका माधव नेपाल नैं हुन् । यी राष्ट्रघातीहरुले माओवादी र मदेसीहरुलाई जसरी प्रयोग गरेर सत्तासीन हुन पुगे आज उनीहरु तडपिदैछन्- पश्चातापले । अवको नेपालमा कांग्रेस, एमाले, राप्रपाका कम्तीमा पनि ५०।६० भ्रष्ट-देशद्रोहीहरुलाई जस्ले समातेर कारवाही गर्नसक्छ त्यही सफल मानिनेछ । चाहे सैनिक शासन आवोस वा अर्को कुनै जङ्गबहादुर जन्मियोस् देशद्रोही- गिरिजाप्रसाद, कृष्ण सिटौला, रामचन्द्र पौडयाल, शेखर कोइराला, माधव नेपाल, झलनाथ, वामदेव, र्सर्ूयबहादुर थापा, पशुपति शम्सेरहरु लगायत त्यस्ता कुचक्रीहरुलाई भ्रष्टाचार र राष्ट्रद्रोह गरेको अभियोगमा कारवाही नगरेसम्म नेपालको अस्तित्व समाप्त हुनजानेछ । यिनीहरु सबै भारतीय खेतला हुन् । माओवादीका नेता प्रधानमंत्री प्रचण्ड, महन्त ठाकुर, राजेन्द्र महतो, ह्रदयस् त्रिपाठी यी सबै भारतीयहरुको इशारामा नेपाल विखण्डन गराउन लागिपरेको उनीहरुका क्रियाकलापहरुले बताउँछ ।
कांग्रेस, एमाले, मदेसी र माओवादीहरु कहाँबाट संचालित छन् भन्ने कुरा अनेकौं छापाहरुमा प्रकाशित भएका कुराहरुबाट सबै कुरा छलङ्ग हँुदैछ कि माथिल्लोतहका नेताहरु सबै भारतीय गुप्तचर संस्थाबाट परिचालित छन् । पार्टर्ीी नेताहरु लेण्डुब दोर्जेको रुपमा परिचालित भएर नेपाल खान खोजेको कुरालाई पार्टर्ीीभत्रका राष्ट्रवादीहरुले किन ब्रि्रोह उठाइरहेका छैनन् - देशद्रोहीहरु भाषणकलामा उछिनपाछिन गरेर कर्मर मर्काई-मर्काई बोल्छन्, जे बोन्छन् त्यसको उल्टो गर्छन्, यिनीहरु कसै माथि जिम्मेवार छैनन्, अनियन्त्रित छन्, यस्ताहरुबाट नेपाली जनताले के आशा राख्न सक्छन् - यिनीहरु टिभीमा देखिदा लाज लाग्छ । यिनीहरु यत्ति वद्नाम छन् कि नेपाली समाजमा मुख देखाएर हिड्ने अवस्थामा नैं छैन । इतिहासको क्रम हर्ेदा अत्याचारको पराकाष्ट नाघेपछि स्थितिलाई समयले एउटा टुङ्गोमा पुर्याउँछ । कंशको अभिमानी अत्याचारी, अत्याचारको पराकाष्ठाले उसको मरण भएको जस्तो नेपालमा भइरहेको सत्तासीनहरबाट भइरहेको अत्याचार र ब्रम्हलुट पनि अव धेरैदिन टिकिरहन्छ भन्न सकिदैन । देशको परिस्थिति नबुझी विदेशीले उचालेका भरमा कसैले नचाहिँदो राइफँाडो मच्चाउन खोज्छ भने त्यसको विनास निश्चित छ ।
अहिले नेपालमा विश्वका ठूला राष्ट्रहरुले गहिरो नजरले हेरिरहेकाछन् । आफूले चाहेको जस्तो सजिलै नेपाल खान नपाएकोमा र भारत चिन्तित छ भने अमेरिका र अनमीन प्रिm तिब्बत सफल गराउन नसकेकोमा दुःखी छन् । यो त खुसीको कुरा हो । तर नेपाली जनता सत्तासीनहरुको घटिया व्यवहारबाट आजित छन् । तर अहिले भारतका केही नेता, अमेरिका लगायत यूएन् पनि नेपालमो संवेदनशीलता बुझ्न नसकेकोमा चिन्तित छन् । धेरैदिनपछि संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनले पहिला इयान मार्टिन जस्तो खराब अनमीन प्रमुखको कुरा सुनेर नेपाल ध्वस्त बनाउन खोजेको बुझ्न नसकेर अहिले नेपालको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दैछन् । यता माओवादीहरु र्सवसत्तावादीशैलीमा कसैको पनि कुरा नसुनेर आतंक फैलाएर उकलोटी सत्ता कब्जा गर्न लागेका छन् । तर यसबाट माओवादीलाई केही फाइदा हुने छैन किनकि यसले त सिधै गुहयुद्ध निम्त्याउँदछ । त्यसैले माओवादीभित्र र कांग्रेस, एमाल्, राप्रपा र मदेसी पार्टर्ीीत्रका राष्ट्रवादीहरुले आफ्नो पार्टर्ीीत्रका देशद्रोही नेताहरुलाई लखेट्ने काम गरेनन् भने भालि खेदिएका भूटानी, कुद्रिस् र पेलेष्टाइनीहरुको जस्तो आपत्ती भोग्नु पर्ने छ । विदेशीहरुले खुट्टा घुमाउन पाए भने कति तडपाउँदारहेछन् भन्ने कुरा अफगानिस्तान र अहिलेको इराक हेरे पुगिहाल्छ ।
भारतले आफ्नो स्वार्थको लागि उप्साएर नेपालमा आतंक फैलाउन खोज्छ भने भारत पनि आतंकबाट मुक्त हुनेछैन । हिजो इन्दिरा गाँधी र राजीव गाँधीहरुको हत्याको कारण र भारतका बिभिन्न ठाउँमा आतंकारीहरुबाट गरिएका आक्रमणहरुबाट पनि भारतले बुझ्न सकेको हुनर्ुपर्दछ । भोलि नेपाभित्र र बाहिरका समस्त नेपालीहरुले भारतको खिलाफमा आक्रमक बन्नपुगे भने के भारत त्यसबेलामा सुरक्षित होला - अहिले नेपाली जनताको सहिष्णुताको फाइदा लुटेर नेपाल माथि आक्रमण गर्नु ठूलो धोका हुनजानेछ । अहिले माओवादीको नेतृत्वमा सरकार चलेको छ । माओवादीहरु साच्चै देशभक्त हुन् भने नेपालका पिछडिएका जाति, पिछडिएको क्षेत्रहरुको विकासमा दत्तचित्त दिएर, देशभित्र भइरहेको ब्याप्त भ्रष्टाचार र २०४७ सालपछि सत्ता कब्जा गरेर प्रजातन्त्रको मुखुण्डो लाएर ब्रम्हलुट मच्चाउनेहरुलाई कारवाही गर्न सक्ने हिम्मत लिएर देशभित्र आफ्नो र्समर्पण देखाउन सक्नु हो । तर देशलाई गति दिने कार्यमा माओवादीले पनि बाटो समात्ने संभावना देखिदैन । यिनीहरु उउटा कुरा बोल्छन् अर्को कुरा गर्छन् ।
मानिसको लागि आफ्नो मात्रृभूमि जस्तो प्रिय अरु के होला - आफ्नो देशलाई भत्काएर मानिसले केही पनि सोच्न सक्तैन । तर नेपालका पार्टर्ीी नेताहरुले विदेशीको इशारामा आफ्नो मात्रृभूमिको स्वाभिमान बेच्न लागेकाछन् । पृथ्वीनारायण शाहबाट आर्जेको सबै जातको एकीकृत फूलबारीको एकताको साझा स्रोत राजतन्त्रको विस्थापित गरिनु निश्चय यो नेपाल र नेपाली जनताको दर्ूभाग्यको कुरा हो । नेपालमा राजतन्त्र रहेन भने नेपालको अस्तित्व बाँच्न सक्छ - नेपालको सवालमा राजा र जनता एउटै डुङ्गा भित्रका सहयात्री जस्ता हुन् । नेपालको राजा बेलायत र स्पेनको जस्तो खोजेर ल्याएको राजा होइन । नेपालको राजालेनैं एकीकरण गरेको देश हो यो । नेपाल राजाकै नेतृत्वमा बनेको र राजालेनैं संविधान बनाएको हो, संविधानले राजा बनाएको होइन । यस्तो वास्तविकतालाई कुल्चेर गणतन्त्र, धर्मनिरपेक्ष राज्य जाति, भाषा र धर्मको कुरा झिकेर जनता भड्काउनेहरु कसरी देशभक्त हुन्छन् - हामी अहिलेका सत्तासीन पार्टर्ीी नेता र कांग्रेसलाई भारतीय गुप्तचर संस्था 'रअ' ले चलाएको भन्थ्यौं, हालै भारतीय विदेशमंत्री प्रणव मुकर्जीले भारतले कांग्रेस, एमाले र माओवादीलाई १२ बुँदे सहमतिमा संझाएर लगाएको र साधन-स्रोत जुटाएर गणतन्त्र र धर्मनिरपेक्षताको लागि पठाएको कुरा खुलासा गरेकोबाट थाहा हुन्छ- कांग््रस, एमाले र माओवादी नेताहरुको अनुहार ।
नेपालका राजा सामन्ती व्यवस्थाको संरक्षक होइन । नेपाल भन्ने देश राजसंस्थाको नेतृत्वमा सम्राज्यवादी शक्ति र विस्तावादीसँग भिडेर स्थापित भएको भूमि हो । सम्राज्यवादीशत्तिसँग भिडेर कुनै विदेशीसँग नझुक्ने संस्थालाई विस्थापित गरेर के यो देश विस्तारवादी र सम्राज्यवादीले बचाइदिन्छन् - नेपाली सत्तासीनहरु विदेशीको इशारामा चलेको अवस्थामा बाहेक नेपालका राजाले आन्तरिक राजनिितमा हस्तक्षेप गरेको इतिहास छैन । २०१७ सालमा राजा महेन्द्रले शामसनसत्ता ग्रहण नगरेको भए उसैबेला नेपाल सिक्किम भइसक्थ्यो । भारतीय हस्तक्षेपको बिरुद्ध नेपाली कांग्रेसको सरकार बोल्दैनथ्यो । सिक्किम भारतमा विलय भएपछि मात्र २०३३ सालपछि मात्र बीपी कोइरालाले भारतको खराब निहेत थाहा पाए । त्यसबेलादेखि उनी नेपालमा राजा रहेनन् भने नेपाल पनि रहने छैन भन्न थाले । वास्तवमा राजसंस्था नेपालको र्सार्वभौमसत्ताको मेरदण्ड नैं हो । कुनै हालतमा पनि नेपालमा राजसंस्थाको निरन्तरता नभई कोही पनि सुरक्षित हुने छैनन् । राजसंस्थाको निरन्तरता पछि बिस्तारवादी भारत, अमेरिकी, अनमीन र नेपाली दलालहरु सबै लाखापाखा लाग्ने छन् ।
२०४७ सालको परिवर्तन पछाडि नेपालमा राजाले शासन व्यवस्थामा कुनै हात हालेको थिएन । सम्राज्यवादी शक्तिसँग भिडेर विशाल नेपाल स्थापित गर्ने राजसंस्थालाई अर्गेलो बनाउनेहरु राष्ट्रघाती हुन् । राजा र राजाका वरिपरि कुनै त्यस्ता देश र जनतालाई अहित गर्ने विषयहरु छन् भने त्यसको लागि आवाज उठाउन सकिन्छ । मैले राजा वा दलीय सत्तामा भएका खराबीहरुको सँधैभरी खुलेर बिरोध गर्दै आएको छु । राजा ज्ञानेन्द्रको शासनकालमा पनि राजाका वरिपरि खताब तत्वले घेरेको कुरा खुलेर लेख्ने, बोल्ने काम गरेको थिएँ र गर्दैछु । २०६३ सालको आन्दोलन पछि नेपालले एउटा निश्चित दिशा पाउनु पर्दथ्यो तर त्यसको बदला देश लुटतन्त्रमा परिणत भएको छ । के यस्तै अवस्था ल्याउन कथित सातदलका देशद्रोही कुपुतहरु भारतको शरणमा १२ बुँदै सहमतिमा हस्ताक्षर गर्न पुगेका हुन् - माओवादीहरुले देशभित्र हुन गइरहेको भ्रष्टाचार र विदेशी हस्तक्षेपको विरोधमा केही गर्लान् भनेकोमा माओवादीहरु पनि भाषण कलामा उछिनपाछिन गरेर कांग्रेस र एमालेका नेता भन्दा माथिका देखिएका छैनन् । राजनीतिक व्यवस्थालाई सफल बनाउने नेतृत्वपक्षको हातको कुरा हो । गणतन्त्र, धर्मनिरपेक्ष-संघीय राज्य बनाएर नेपाल बाच्दैन र यो हाम्रो मुद्धा पनि होइन । हामी नेपालीहरुको मुल मुद्धा हो सँधै हर क्षेत्रमा भइरहने ब्याप्त भ्रष्टाचार, ठालुतन्त्र र दिेदेशी-हस्तक्षेप । योबाट कसरी मुक्त हुने - राष्ट्र बचाउने देशभक्तिको भावनाबाट अभ्रि्रेरित नेतृत्व नेपालमा चाहिएको छ । - Email.dirgharajprasai@gmail.com
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक