20090129

दुई नेपाली गोविन्द गिरी र शिव ढकालले google.com जस्तै तर अझ प्रभाबकारी www.sagoon.com निर्माण गरेर नेपालीहरुकै गौरव बढाए

अमेरिकामा रहेका दुई नेपाली गोविन्द गिरी र शिव ढकालले google.com जस्तै तर अझ प्रभाबकारी www.sagoon.com निर्माण गरेर नेपालीहरुकै गौरव बढाएका छन, ती दुबै हस्तीहरुलाई www.nepalmother.com को तर्फबाट हार्दिक बधाई तथा शुभकामना । अब हामी लाई प्राप्त यस् सम्बन्धी प्रेस रिलिज तल पाठक हरुको जानकारीका लागि :
दुईजना नेपाली अमेरिकनले नया ईन्टरनेट सर्च ईन्जिनको स्थापना गरेका छन, जसबाट प्रयोगकर्ता-अनुकूल जानकारी सजिलै हासिल गर्न सकिने र यसका अपूर्व विशेषताहरुले धेरैलाई आकर्षण गर्ने अपेक्षा गरिएको छ। सगुन, (www.sagoon.com) वासिङटन डी सी मा आधारित, ले सर्च ईन्जिनको अपरिष्कृत संस्करण परिक्षणको लागि बिमोचन (जारी) गरेको छ।
ईन्टरनेको प्रयोग दिन परदिन फैलिरहेको छ। लाखौ मानिसहरु हरेक क्षण जानकारी लिनदिन ईन्टरनेट निरीक्षण (भ्रमण) गर्छन। ईन्टरनेटमा समय बिताउनु हरेक मान्छेको नियमित दिनचर्या हुन थालेको छ। वेब मार्फत प्रगतिशील र प्रयोगकर्ता-अनुकूल जानकारीको मागको साथ साथै ब्यवसायहरुलाई सस्तो र भरपर्दो तरिकाले फस्टाउने मौकाको खाँचो छ। यिनै लक्ष पूरा गर्ने उद्देश्य लिई आई टी का पेशेवर द्वय गोविन्द गिरी र शिव ढकालले सगुनको स्थापना गरेका हुन।
सगुनको पछाडी मुख्य प्रविधि – "Random Vector Model”- हो, जसले प्रयोगकर्ताहरुलाई अर्थपूर्ण नतीजा दिन चलनचल्तिको शाब्दिक खोज (lexical search) बिधिको सट्टा शब्दार्थ खोज (semantic search) बिधिलाई बढावा दिन्छ। यसको निश्कर्ष वेब डाटा विषयवस्तु र समाचार सामाग्रीको विश्लेषण गरेर तिनीहरु बीच लुकेका (अदृष्य) समानता खोज्दै गरिएको हो। यो अर्थ विश्लेषणको कार्यन्वयन श्रृङखलावद्द अल्गोरिद्म र हिसाबको गणनाबाट सम्भव हुन्छ।
सगुनको नतीजा विभिन्न श्रोतहरुलाई समेटेर निस्कन्छ। यसको नतीजा सगुनको सूची (Sagoon’s index), तथा अन्य ठूला सर्च ईन्जिनको समिश्रणबाट आउछ। खोजको नतीजा वेब विषयवस्तुको विश्लेषणको आधारमा आउछ। खोज नतीजालाई अझ ब्यवस्थित र स्पष्ट गर्न ट्याब (tabs), समाचार समूह (वर्ग), र अरु प्रासंगिक खोजको पनि ब्यवस्था छ। यसले प्रयोगकर्ताहरुलाई आफूले चाहेको नतीजा तर्फ जान छोटो मार्गदर्शन दिन्छ।
“हाम्रो कम्पनी र प्रविधिलाई उद्यमशील तरिकाले बृद्दि गर्दै लैजाने योजना छ, जसले गर्दा प्रयोगकर्ताहरुले वेबमा उत्कृष्ट सेवाको अनुभव गरुन,” सगुनका संस्थापक तथा प्रमुख गोविन्द गिरी भन्छन। “फरक अनुभव दिदै सगुनलाई संसारको उत्कृष्ट दर्जाको सर्च ईन्जिन को रुपमा स्थापित गर्ने मेरो सपना छ। यो अपरिष्कृत संस्करण फलतः बृहत बेव खोजको प्रत्याभुति दिने पहिलो खुड्किलो हो।“
सगुनको विभिन्न सेवाहरु जस्तै वेब खोज, समाचार खोज, भिडियो खोज, डायरेक्टरी खोज तथा वर्गीकृत विज्ञापन खोजहरु संसारभरिका श्रोत र जानकारीहरुलाई भण्डार गर्ने दृष्टिकोणबाट गरिएको हो। सगुन अरु पनि नया उन्नतिशील ब्यवशायिक बस्तु को विकासमा तल्लीन छ, जो हाल बजारमा उपलब्ध छैनन्। Elixir Web Solutions, नया दिल्लीमा अवस्थित interactive media and Technology Company लाई सगुनको प्रविधिको विकासका लागि छानिएको हो। “यो महत्वकांक्षी योजना कार्यान्वयनको लागि हाम्रो कम्पनी चुनिएको हो र हाम्रो टीमले गिरीजीको उत्कृष्ट सर्च ईन्जिन बनाउने अपेक्षा पूरा गरेको छ,” Elixir का सस्थापक तथा सी ई ओ, मोहित सरीनले भने।
सगुनका मुख्य विकासक मनिष कुमारले भने, “हाम्रो टीमले वेब सर्चको लागि फरक बाटो अपनायो। खोज प्रविधि संरचना सम्वन्धि हाम्रो अनुभवको फाईदा उठाउदै हामीले दक्ष सर्च ईन्जिनको विकास गर्‍यौ, जो शाब्दिक खोजको नतीजा दिने भन्दा उत्तम छ। हामीले सगुनमा अनौठो विशेषता थप्दैछौ, जस्तै शब्दको सट्टा शब्दार्थ खोज र प्राकृतिक भाषाहरुलाई छुट्याउन (प्रसोधण) सक्ने क्षमता। यसरी हामीले कृत्रिम बुद्धि को मद्दतबाट प्रयोगकर्ताले के चाहिरहेको छ बुझ्दै वेबमा उत्कृष्ट नतीजा प्रदान गर्न सक्छौ।“

विशेषता


सगुन सर्च ईन्जिनको विशेषता हो - सफा वेब पृष्ठ, आधा-कोठा रुपरेखा जसले खोजको नतीजालाई विषय र श्रेणी (वर्ग) मा फरक तरिकाले बिभाजन गर्छ। खोज नतीजालाई अझ ब्यवस्थित र स्पष्ट गर्न ट्याब (TABs), समाचार समूह, र अरु प्रासंगिक खोजको पनि ब्यवस्था छ। यसले प्रयोगकर्ताहरुलाई आफूले चाहेको नतीजा तर्फ जान छोटो मार्गदर्शन दिन्छ।

सगुन बारे

सगुन वासिङटन डी सी मा अवस्थित एक निजी गैर सरकारी संस्था हो। यो वेबमा नया तरिकाले खोजी गर्न र खोजको नतीजालाई अर्थपूर्ण र ब्यवस्थित पार्दै प्रयोगकर्तालाई उत्कृष्ट सेवा प्रदान गर्न समर्पित छ। सगुन नाम संस्कृत शब्द “शकुन” बाट आएको अपभ्रम्स नेपाली शब्द हो, जसको अर्थ तथास्तु अर्थात गर्न खोजिएको काममा सफलता मिल्नु।

के भुपरिबेस्टित् राष्ट्र हुनु अभिसाप हो ?
-दिल के.सी बाग्लुङ

वास्तवमा हामी नेपाली एती भाग्यबानी छौ जस्ले संसार को सबभन्दा अग्लो ठाउमा बस्ने मौका पाएका छौ सगरमाथा संसार को सर्बोछ सिखर आफ्नो काखमा राखेका छौ / शान्ति विस्व बनाउने र बिस्वलाई एकता बद्द बनाउने मुल मन्त्रका उत्पादक शान्तिका दूत गौतम बुदको जन्मस्थलो र प्राप्त ज्ञान को पाबन क्षेत्र भौगोलिक हिसाब ले पहाडी र तराइ को मिस्रण् र सामाजिक संरचना पनि आर्यसमुदाय् र मँगोलिअन् समुदाय भएको मानबिय सक्ति सन्तुलन पाएका छौ तर सबै हाम्रा राम्रा पक्षको सहि रूपमा उपयोग र एस्का ठोस् योजना सुधारओन्मुख कार्यक्रम नभएको कारण ब्यबस्थित गर्न सकिएको छैन जल सम्पदा र बन सम्पदाका धनी हामीहरु भौगोलिक रूपले बिकट देखी समतल भुमिको मिस्रन भएता पनी बस्तु स्थिती अनुरूपपर्‍योग गर्न र उत्पादन्सिलता बदाउन सकिएको छैन एस्का पछाडि पनि केही करणहरु छन/
हामी र हाम्रो बानी -- हामीमा बिरताको गाथा छ संसारमा आफ्नो बिराता र धेरै चोटि सगरमाथा आरोहण गर्न सक्छौ एक किसिमले धेरै राम्रो हो अङ्रेज साम्रज्यबाद् सँग लडेर राष्ट्र बचाउन सक्ने तथा बिस्वमा केही हद सम्म शान्ति देस भनी चिनाउन सक्ने ईतिहास छ / यि सबै राष्ट्र निर्माण र गरीबिबाट मुक्त हुन प्र्याप्त छैनन हो हामी वीर छौ तर बौदिक बिरता छैन मुर्ख पाराको वीर छणिक् कुरामा आबेश मा आउने बर्तमान भबिस्य केही बिचार नगरि संरचना र आफुलाई नै ध्वस्त पार्ने गरि रिसका पोका छौ हामी परिश्रमि छौ तर पराधिन खाल का परिश्रमि छौ अरुको अधिनमा बसेर अरुको अर्डर मुतबिक काम गर्ने दास मानसिकताका छौ आफु र आफ्नो पौरख्ता आफुले नै स्रिजना गर्ने बातावरण आफ्नो सानो ठुलो जस्तो रूप मा भएपनी आफ्नो ब्यापार र ब्यब्साय स्रिजना गरी हुनुपर्ने एक किसिम को मालिकपना`छैन केही रचनात्मक स्रिजना गरौ ताकी झुक्न नपरोस अहिले जस्तो नतमस्तक भएर गरीबको कारण संसारमा अपहेलित भएर काम गर्न नपरोस आर्जित धन को सदुपयोग गर्नेइच्छा छैन केही कमायो बैंक ब्यालेस गर्‍यो ब्यालेन्स सकिएपछी अनी अर्को दिन तेही पुरानै समस्या उही पारा रचनात्मक र स्रिजनात्मक् कार्यक्रम हामीमा छैन यो कुरा पनि सत्य हो कि राष्ट्र ले सुहाउदो बातावरण बनाएको छैन सन् १९५० जस्तो घोर राष्ट्र हित बिपरित को सन्धि गरी अयात निर्यात बजार सबै छिमेकिको आदेश र अनुमतीमा भर पर्नु परेको छ बजार मुल्य आकाश छोएको छ
छिमेकी राष्ट्रको बस्तु लाई पहिलो प्राथामिकता दिनु परेको छ उपभोग गर्न छिमेकी राष्ट्र बाहेक अन्य मुलुक बाट आयात न्रियात गर्न आदेश लिनु परेको छ के भुपरिबेस्टित् राष्ट्र हुनु अभिसाप हो? के भुपरिबेस्टित् राष्ट्र हितका लागि अन्तराष्ट्रको कानुन छैन? खोइ तिनिहरु को खोज तलास? महँगो कर तिरेर छिमेकी राष्ट्र लाई पोस्ने घोर अपराध र राष्ट्र लाई ध्व्स्त पार्ने धुर्त हरु र एस्का मतियार हरुले क्ष्यणिक स्वार्थका लागि राष्ट्र को अर्थ तन्त्र लाई खल्ती मा हाल्ने र आफ्ना नागरिक लाई सधैं गरीब र निरिह पार्नेहरुलाई अझै मौका दिने के अझै केही नगरने र एस्मा नै हामी निदाएर बस्ने के यो कायरता होइन ? यि सबै कुरामा बेक्तिगत रूपमा हामी कती को जिम्बेबारर छौ त बिदेश पलाएन भएर दास्व्त्व मानसिकत्ता मात्र् लिएर बस्ने नोकर शाहहरु को नोकर मात्रा भएर बस्ने आफ्नो स्रीजनाहरुको खोज तलास किन नगरने सानो भन्दा सानो कुरा लाई पनि नियालेर हेर्ने बानी हामी मा छैन हामी लाई प्रतिफल छिटो चाहिएको छ सहन् सिलता त पटक्कै छैन अङ्रेजी मा भनिन्छ SHORT CUT WAY एही छोटो बाटो छोटो बिचार ले हामी पछि परि रहेका छौ LONG TERM VISION छैन हामीमा कसरी छिटो पैसा आर्जन गर्ने कसरी छिटो धनी हुने र आर्जित धन को सहि सदुपयोग र योजना छैन एउटा उधम शिलताको भाबना छैन कम्सेकम राम्रा कुरा त छिमेकी राष्ट्रबाट पनि त सिक्न सकिन्छ आफ्नो ब्यापार बिजिनेस आँफै स्रीजना गर्ने मानसिक्ताका ईण्डियन चाइनिज मा जस्तो स्वाबालम्बी पना आफ्नो आर्जनमा आँफै मालिक बन्ने रच्नात्मक्ता कहिले बाट अपनाउने त हामीहरु देश बिदेश जहाँ छरिएर रहे पनि हामी नेपाली नागरिकले आज यो प्रण गरौ कि हामी पराधिनता सहनसक्दैनौ र अरु को नोकर भएर बस्न नपरोस आफ्नै श्रम र् मस्तिस्क लाई स्रिजन्शिलता र रचनात्मक्ता तिर लगाउ नोकर होइन मालिक भएर बाँच्न सिकौ नोकर शाही र दास मानसिकता बाट माथि उठौ हामी सँग आर्जित धन लाई सहि रूप मा लगानी यसरी गरौ कि जस्को गुणात्मक र long term result प्रतिफल आओस /
लाज र शरम लाई एका तिर कुम्लो पारी बिदेसी भुमी मा जसरी लाज नपचाइ काम गर्छौ त्यो भन्दा बढी श्रम देसमा लागनी गरौ स्रिजन्शिल हाम्रा दिमाख् र पौरखी हात हरु को संगै सदुपयोग गरौ न की मुढे बल ले मात्रा केही हुनेहोला छैन र हाम्रो लगानी यसरी गरौ कि भोली हामी पराधिन हुनु नपरोस आफ्नै स्रीजना र आफ्नै उत्पादन का मलिक आँफै बनौ कम्सेकम यस पक्षमा सोचौ ऊपाय् छन स्रिजन्शिलता, क्रतब्यनिस्ठता र रचनात्मक्ता को मिश्रण नै हाम्रो सफलता को कडि हो समाजमा भएका र छरिएर रहेका जन शक्तीलाई एक जुट् पारौ र समुदाय् सम्रचना र बिकासका काममा योजना बनाइ लागौ
सफलता र बिकास हाम्रै हातमा छ आफ्नो गाउँ आँफै बनाउ अभियान जस्तै गरी सामुहिक सर सल्लाहा र छलफलबाट कार्यक्रम यसरी निर्माण गरौ कि जनस्तर बाट नै त्योस्को स्वागत र अनुमोदन होस् र तेही जनस्तर बाट काम थालौ केबल सरकार ले एती बजेट दिन्छ अनी मात्रा काम थालौला भन्ने मानसिक्ता बाट माथि उठेर जन श्रम जन शक्ती को सदुपायोग् हुने योजना बनाउ जस्मा स्थानीय् तौर् तरिका लगानी गर्न सकियोस र सम्पूर्ण त्यहा को जिम्बेबारी स्थनिय् लेवल मा होस् ताकी प्रतिफल जनमुखी होस् लादेर लिआएको बिकास लामो समए टिकाउ हुँदैन जस्को प्रतिफल पनि राम्रो हुँदैन स्थानीय् लेवलका भ्रस्ट ब्यक्ती हरुलाई किनरा लगाउदै र निग्रानी राख्दै जाल झेल बाट बच्दै खबर्दारी र होसियार बनाउदै आफ्ना योजना अगाडि बढाउन पर्छ भ्रस्ट ब्यक्ती लाई प्रतिकार गर्दै रच्नात्मक योजना नकी आफ्नो ठाउँमा मात्र नभएर आफ्नो निजी जिन्दगीमा समेत् लागु गरौ लामो सोचाइ राखौ छिटो खाउ छिट्टै मरौ भन्ने भावना हताएर स्वाबालम्बी र पौरखी को भुमाका निभाउ जसबाट ब्यक्ती, समाज र राष्ट्रको नै समग्र उन्नती हुन्छ बिदेस पलाएन हुने क्रम कम् हुनु को साथै आत्मा सम्मान र नेपालीली पाउने हेपाइ बाट बच्न सकिन्छ बिदेशमा गएर टोपी थापेरे भीक माग्ने नेता लाई पनि दरो गाली गर्दै नेपाल को नयाँ गोरेटो खोलौ स्वोर्ग जस्तै सुन्दर देश बनाउन सबैले प्रण गरौ अब त हामी केही गर्छौ कि ? हाम्रो जग हाम्रो मानसिक्ता ब्रतमान बाट उठेर २०/२५ बर्ष को लामो योजना बनाउ केही बर्ष भित्र मा नै नेपाल स्वर्ग बन्छ एस बाट नै हाम्रो रच्नात्मक्ता र स्रिजनात्मक्ता को पुस्टि हुन्छ एस्मा केही गम्भिर भएर सोचौ कि ?

1 comment:

  1. hi this is me prakash dallakoti from dubai.but my home country is nepal.still i am in dubai.i am very happy when i herad it.and i checked this website.this is very good news for whole nepali peoples.thanks ,god bless you too.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक