नेपाल आमा
सास्टाङ दण्डवत
फोन मा हिजै कुरा त भाको हो तिम्रा धेरै कुरा स्पट बुझ्न सकिन कुरा गर्दा गर्दै तिम्रो बिजुली प्रसाद छोरो सुत्यो कि दुर संचार प्रसाद यो फोन नम्बर मा फोन गर्न निशेध गरिएको छ भनी लाइन काटियो ।तिमी निरास होउली भनेर यो चिट्ठी लेख्दै छु ।हुलाकी छोरा ले नहराइ हद्ताल नगरि बेलै मा पुर्याइ देला भन्ने आसा राखेको छु ।
तिमी भन्न खोज्दै थियौ क्यारे अँग अंग मा पिडा छ ।कतै पोलेको कतै काटेको घाऊ शरीर भरी छरे , के गर्दछ्योउ त म टाढा छु ,तन मन पल पल मा तिमी नै माथि छ ।तैपनी त्यस्को के अर्थ लाग्दछ र ?मैले आसुँ पुछ्न नखोजे को होइन . तिम्रो बाँकी क्रान्ति कारी सन्तान ले ए छाड् हामी गर्छोउ सेवा भनी मलाई धकेले ।ाअहिले तिनी हरु तिम्रो आस्तिव नै नमान्ने भाका छन रे तिम्रो जन्मा दिन पनि नमनाउने भनी एक मत भएका छन रे ?तिम्रो पुर्खा ले बनाएको पात्रो पनि फ्याकेर उधारो मा कता को हो नयाँ पात्रो लेराउने रे ।तिमी लाई टुक्रा टुक्रा पारी आफ्नो आफ्नो नाम मा लेखाउने सल्लाह गर्दै छन रे ।तिम्रै छोरा हरु लाखोउ लाख छिमेकी लाई तिम्रै सन्तान हुन भनी तिम्रो नाम को नागरिकता पनि दिएरे ।ती नव सन्तान आफ्नै चेली बेटी को आस्मिता माथि अत्याचार गर्दै छन रे ।गोउर की तिम्री छोरी रुंदै थी ।ती सन्तान अझै बन्दुक र भाला बोकी तिमी सित के के माग्दै छन रे .बडो माया गर्ने भाको मलाई छोडि सात समुन्द्र पारी पुगिस तेरा सन्तान लिएर भन्दी होउली तिमी ।तिम्रा कुरा पनि ठिक्कै हो ।मेरा पनि कुरा सुन आमा जसरी झरना बग्द्छ अबिरल माथि बाट मुनी त्यसै गरी माया पनि बग्दो रैछ माथि बाट मुनी ।तिम्रा माया म मा मेरो माया सन्तान मा ।माया साची कै झरना जस्तै एकोहोरो हुँदो रेछ , हा हा तिमी मलाई फटाहा गफादि मोरा भन्दी होउली के गर्छेउ त तिम्रा सन्तान दक्षिण एसिया कै गफाडि नम्बर एक मा गनिदा रेछन यस्तै बिधी को नियम रेछ म पनि बान्धिए के गर्छेउ रोएर तिमी?मलाई थाहा छ तिम्रो रिंन तिर्नु छ ।कहिले काही पठाइ देको आङ ढाक्ने लत्ता र घर खर्च पनि खोसी लगे भन्छेउ ।ामा तिमी अब कहिले ठीक हुन्छेउ ?कहिले तदुरुस्त हुन्छेउ ?कहिले बन्द गर्लान भाई भाई ले काट्ने मार्ने काम ?कहिले रोकिएला तिम्रो आँखा को आसुँ बग्ने क्रम ?तिम्रो काँख मा उफ्रने क्रान्ति पुत्र हरु ले तिम्रो घाऊ निको पार्लान् ?तिन लाई सम्झाउन खोजे आमा घाटी नै मर्काइ दिउ भन्छन ।तिम्रो नाम मा हज्जार अरब को रिंन लिए का छन खोइ तिम्रो आङ खाली नै छ ।मन त झनै फाटेको छ रे .
यो चिट्ठी त लेखे तर बुझ्छेउ कि ? कसै ले पड्दे सिधै अर्थ लगै देला कि उल्टो मलाई थाहा छैन ।ेक त तिम्रो आँखा धमिलो त्यस माथि पनि बिजुली प्रशाद को १४ घण्टा को सुताइ कुन बेला कस्ले पडिदेला यो चिट्ठी ?अस्ती कता हो सुरु गर्या रे भोली पल्ट मेसिन बीगर्यो रे तिमी लाई नयाँ बनाउछु भन्दै छन कतै तिम्रो नाम नै फेरिदिने त होइनन भन्ने चिन्ता लगेको छ आमा कहिले काही तिमी लाई भेटन आउँदा छिमेकी लाई सोदनु पर्ने होकी मेरो आमा कता बसनु हुन्छ हं भनी .
बुढा सन्तान ले त गरेनन गरेनन लक्का पठ्हा हरु ले पनि तिम्रो मल्हम पटि गर्न जानेनन ।तिमिले जानी जानी यस्ता झगडालु सन्तान जन्माएकी त पक्कै होइनोउ ।कुन वल्ला घरे पल्ला घरे छिमेकी ले तिम्रा सन्तान को दिमाग मा के को धुलो हली दिए कुन्नी शांत कहिलेही हुँदैनन ।ेक आपस मा लड्या लडै छन ।तिमी नै भन त म त्या आएर के गरु ?तिम्रो वरि परि बसेर सेवा गर्छु भन्ने अरु भाई को कुरा सुन्छु कुट्ने घर नै भत्काइ देको खबर सुन्छु ।मैले यहाँ बाट नै सबै खबर पाको छु तोड्फोद क फोटा हेर्या छु ।गरी खाउ भनी दयालु छिमेकी ले बनाइ देको कल कारखाना पनि नयाँ बनाउनेरे भनी तोड्फोद र बन्ढ भै राखेखा छन रे ।खोइ आमा साउने झरी जस्तो तिम्रो आसुँ कहिले कस्ले पुछने हो ?तिमी लाई सताउने छिमेकी आज तिम्रो सेवा गर्छु भनी तिम्रा सन्तान लाई फकाउ दै पो छ रे ?तिम्रो सेवा गर्छु भनी बसेका दुई चार सन्तान पनि एक आपस मा लडेर शिथिल् भैसके ।माया को स्वाङ् पार्ने धुरन्धर हरु तिम्रो काँख छोडि टाढा टाढा भागी सकेका छन ।तिमिले भन्न सक्दछेउ गोही को आसुँ नझार मोरा भनेर तर के गर्नु तिमी लाई नसम्झी बस्न पनि त सक्दिन ।जिउदो छऊन्जेल कम्से कम् चिन्ता सम्मन त गर्छु ? भुलेको त छैन नि ?
फेरी तिमी सोच्दि होउली म भने यहाँ मस्ती मा छु त्यस्तो छैन आमा ।त्यहा तिमी लाई जस्तै यहाँ मलाई पनि मन दुखेको छ त्यहा बाट सुख खोज्न अाइ पुगेका सन्तान को त्यहा को तुश ले छोड्न सकेको छैन एेउटा भन्छ मेरो झन्डा बोक आर्को भन्छ मेरो झन्डा बोक ।मा भन्छु हामी एेउटै आमा का सन्तान होउ तिम्रै नाम को मात्र झन्डा बोकुं ।उुनि हरु मलाई नचिने झै गर्छन् ।बेला बेल्ला मा छूटा छुत्टै भोज गर्दछन ।मलाई कसै ले बोलाउदैनन् ।मा पनि नेपाल आमा कै सन्तान हुनी मली चिन्दैनोउ भन्छु ।सबै त्यसै भन्दछन् तै ले किन हाम्रो झन्डा बोकिनस ?तिम्रो सन्तान लाई यो के भाको आमा जहाँ पुगे पनि बिबाद मात्रै गर्दछन ।म त एक्लो ब्रिहस्पती भाको छु कसै को झन्डा नबोक्दा तिन्का आँखा को कसिङर् पो भाको छु ।तिम्रो मात्रित्व ले नताने को होइन तिम्रो पिडा नबुझेको होइन ।स्वाभिमानी बन्नु भन्ने तिम्रो आसिरबाद बिर्सेंको पनि छैन त्यही स्वाभिमान ले कता कता मलाई छुचो पनि बनाएको छ ।सबै कुरो बुझेर पनि स्वार्थी बनी बाँचेको छु मुगलान मा ।न मरी बांचे काल ले सांचे तिमी लाई मल्हम पटी गर्न म आउँला एक दिन मा, आज लाई बिदा पाउ तिम्रो अभागि मुगलाने छोरो
- शेखर ढुङेल
बेल्जियममा एन आर एन दोस्रो रनिंग शिल्ड भलिवल प्रतियोगिता भब्यताका साथ सम्पन्न
- पुरुशोत्तम सुबेदी
गत आईतवार दिसेम्बर २८ का दिन बेल्जियम को लुभेन शहरमा एन आर एन बेल्जियमले दोस्रो रनिँग शिल्ड भलिवल प्रतियोगिताको कार्यक्रम सम्पन्न गरेको छ । एन आर एन बेल्जियमका महासचिव नन्दु घलेको संयोजकत्वमा थालियको सो कार्यक्रमलाई सफल बनाउन एन आर एन बेल्जियमको सिंगो टिम लगायत बेल्जियममा रहेका बिभिन्न संघ संस्था का साथै अन्य समाज सेविको संलग्नता रहेको थियो भने भुतपुर्व एन आर एन अध्यक्ष युबराज गुरुङ- किसान केसी लगायत अन्य थुप्रै सदस्यहरुको पनि सहयोगका साथ कार्यक्रममा उपस्थिती रहेको थियो । गत बर्ष जस्तै एस बर्ष पनि भलिवल प्रतियोगितामा ६ बटा टिम ले भाग लियका थिय । भाग लिने टिम हरुमा - विश्व मगर संघबाट खगेन्द्र पुन ९टिम क्याप्टेन ०राम थापा राजु शर्मा -राम बहादुर मगर -सुनिल पुन मगर -राम पुन-राजु रोका -कपिल कुवंर -प्रेम पुन ९टिम मेनेजर ० किरण पुन लगायतका खेलाडिले भाग लियका थिय ।
त्यस्तै -तमु समाज बेल्जियमबाट टिम मेनेजर किरण गुरुङ -याम बहादुर गुरुङ टिम क्याप्टेन०प्रदिप चौधरी -संजय ग्यास्सो दीपक मल्ल -नविन गुरुङ -दुर्गा प्रशाद राइ -शुभास सुब्बा -भिम थेवे -मकुन राइ लगायतका खेलाडी रहेका थिय ।
त्यस्तै थकाली समाज बेल्जियमबाट ९टिममेनेजर ०रबिन गुरुङ -देबेन्द्र सेरचन -किस्ण सेरचन -राजु गौतम -याम भण्डारी -बिनोद शाही -तुङ निरौला -९सरोज गौचन -टिम क्याप्टेन०सुर्य लाल भट्टचन् -कमल गुरुङ ले भाग लियका थिय ।
त्यस्तै सेर्पा समाज बेल्जियमबाट ९टिम क्याप्टेन दावा किन्जो सेर्पा ० -दावा निमा सेर्पा -आङ दावा सेर्पा -प्रकास के सि -हरी लामिछाने - कमल के सि -अमन गुरुङ -साजन राज भण्डारी -आङ द वाङ सेर्पा लगायतका खेलाडिले भाग लियका थिय ।
त्यस्तै फ्रितुर चेक अवे ९समाज सेबी सहदेब गौतम० टिमबाट-९टिम क्याप्टेन जुमकाजी गुरुङ० अमृत के सि -अर्जुन गुरुङ -भुसण पन्त -गोपाल छेत्री -शिदार्थ श्रेष्ठ -दुर्गा गुरुङ -मिनजंग राइ -उमेशराज भण्डारी -९टिममेनेजर शहदेब गौतम लगायत ले भाग लियका थिय ।
त्यस्तै मिलिजुली समाज ९हेम्बर्ग०जर्मनीबाट ९टिम क्याप्टेन बिजय गुरुङ ०-याम गुरुङ मेनेजर - रोहित छन्त्याल -सुन्दर गुरुङ - बेला गुरुङ -किसन श्रेष्ठ -मनोज गुरुङ -बसन्त वाग्ले -गणेश छन्त्याल लगायतका खेलाडिहरुले उत्साहका साथ खेलमा भाग लियका थिय । स्मरण रहोस साल बेल्जियम भन्दा बाहिरको कुनै टिमले भाग लियको थियन । तर एस बर्ष भने जर्मनीले भाग लियर थप उत्साह र सहयोग पुर्यायको छ ।
भलिवल खेलको अन्त्य तथा पुरस्कार बितरण कार्यक्रमलाई कुसल उद्घोसक सांग्रिला समाज बेल्जियमका महासचिब यामु निरौला ज्यु ले सन्चालन गर्नु भयको थियो । साथै मन्चमा आसिन एन आर एन बेल्जियम का अध्यक्ष श्री पि जि सेर्पाको अध्यक्षतामा प्रमुख अथिति नेपाली कांग्रेसका नेता तथा माननीय भु पु शान्ती मन्त्री राम चन्द्र पौडेलको आतिथ्यमा बिशेष अतिथी आई सि सी मेम्बर रबिन्द्र मान श्रेष्ठमहिला सदस्य रजनि श्रेष्ठ -युरोप उप संयोजक जानकी गुरुङ - एन आर एन का उपाद्यक्ष दोय श्री प्रशाद सापकोटा र लीला धर पन्त -संयोजक महासचिव नन्दराज घले -सह संयोजक नेत्र बहादुर मगर रहनु भयको थियो । साथै कार्यक्रमलाई सहयोग पुर्याउनु हुने सबैलाई प्रसंसा पत्र बितरण सकिय लगत्तै भु पु माननीय सान्ती मन्त्री राम चन्द्र पौडेल बाट प्रथम हुने खेलाडी लाई ८८८ युरो नगद कप तथा प्रमाण पत्र र दोश्रो हुने खेलाडिलाई ६६६ युरो नगद र प्रमाण पत्र जानकी गुरुङले बितरण गर्नु भयो भने ९मेन अफ द म्याच०को पुरस्कार सांग्रिला समाजका अध्यक्ष श्री दीपेन्द्र के सि ज्यु ले बितरण गर्नु भयको थियो । झन्डै १००० जनाको उपस्थिती रहेको यो कार्यक्रम निकै रोमान्च पूर्ण रहेको थियो ।
Jire Khursani:: December: Part 1
Jire Khursani:: December: Part 2
Jire Khursani::December: Part 3
राजधानीमा विष्फोट
राजधानीमा दरवार हाइस्कुल अगाडि आइतबार विहान विष्फोट भएको छ । विहान ७ वजे हाराहारीमा गराइएको विष्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएका छ । रानीपोखरी र दरवार हाइस्कुल बीचमा भएको विष्फोट वारे प्रहरीले थप अनुसन्धान शूरु गरेको छ । यसअघि शनिवार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि विष्फट गराइएको थियो । विष्फोटको जिम्मेवारी रणवीर सेनाले लिएको थियो ।
गोरखा भर्ती बन्द गर्नुपर्छ भन्ने माओवादी नितिको बिरोध गर्दै बिहीबार राजधानीमा भुतपूर्व गोरखा सैनिकका परिवार
'माओवादी शान्ति प्रक्रियामा आएपछि शान्ति होला भनेका थियौं, झन् जटिलता थपिँदै गएका छन् ।'
स्थानीय निकाय सञ्चालनको जिम्मेवारी पाएका देशभरका गाविस सचिवले सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको ठहर गरेका छन् । उनीहरूले सर्वसाधारण र कर्मचारीको ज्यानको सुरक्षा गर्नुपर्नेमा उल्टै तराईका सशस्त्र विद्रोहीसँग मिलेर दुःख दिने काम सत्तापक्षकै नेताहरूबाट भइरहेको दाबी गरेका छन् । 'सर्वदलीय समिति र दलका प्रतिनिधिले समेत आफ्नो फाइदाका लागि अपहरण गराउँछन,' गाविस सचिव हकहित संरक्षण केन्द्र, नेपालको अधिवेशनमा सहभागी सिरहाका केन्द्रीय प्रतिनिधि बजराम यादवले भने, 'आफूले नसके अरूबाट फोनमा धम्क्याउन लगाउँछन् ।'उनले स्थानीय प्रशासन, प्रहरीबाट समेत सुरक्षा नपाएको बताए । 'सुरक्षा माग गर्दै सम्भावित खतराको जानकारी प्रहरी-प्रशासनलाई दियो भने सशस्त्र विद्रोहीकहाँ तुरुन्त पुग्छ,' यादवले भने, 'कैयौं प्रहरी उनीहरूसितै मिलेका छन् ।'पूर्वी तराईका जिल्लामा बढ्दो हत्या, अपहरण, लुटपाट र फिरौती आतंक नियन्त्रण गर्नुको साटो कर्मचारीलाई अपहरण गराउने र फिरौती माग्नेजस्ता कार्यलाई प्रहरीले प्रोत्साहित गरेको उनीहरूको दाबी छ ।'काम गर्न सक्ने वातावारण छैन, केन्द्रको सिरहा अध्यक्ष जगदेव यादवले भने, 'सुरक्षा नभएकाले सदरमुकामै बस्नुपरेको छ ।' सत्तारूढ दलकै प्रतिनिधिले मझौरा गाविससचिव लक्ष्मी यादवलाई दसैंताका अपहरण गराएको दाबी गरे । गत वर्ष अपहरणपछि ५ लाख ६५ हजार फिरौती बुझाएर मुक्त भएका अर्का सचिव अमितलाल चौधरीले आफूलाई कसले र किन अपहरण गरेको भन्ने थाहासमेत नपाएको बताए । उनले भने, 'त्यसपछि गाउँ जान सकेको छैन । उनी असुरक्षाका कारण लहान बस्दै आएका छन् । फिरौती नदिए स्कुल गएका बालबच्चालाई अपहरण गर्ने धम्की दिने, अपहरणको जिम्मेवारी नलिनेजस्ता कारण झन् असुरक्षित हुनुपरेको सचिवहरूले बताएका छन् । सचिवहरूले राति सुत्नसमेत नसक्ने अवस्थामा रहेको कारुणिक व्यथा पोखे । कुन दिन के हुन्छ भन्ने टुंगो छैन, केन्द्रका महोत्तरी जिल्ला अध्यक्ष शिवराम पाण्डेले भने, 'डरले नसा नखाई निन्द्रै लाग्दैन ।'पूर्वी तराईको बाराको अवस्था पनि अरू जिल्लाकै जस्तो छ । विकास निर्माणका काम हुन सकेका छैनन् । 'गाउँ जानुपर्ने सचिवहरू सदरमुकामै बस्दै आएका छौं,' बाराका प्रतिनिधि महमद इलियास अन्सारीले भने, 'सदरमुकामै पनि जोखिम छ ।'देशभरिबाट नेपालगन्जमा प्रथम राष्ट्रिय अधिवेशनमा आएका सचिवहरू आफ्नो हकहितका लागि संगठित भएका छन् । ३ सय ९ प्रतिनिधि र अन्य पर्यवेक्षकसमेत करिब ५ सय सचिव अधिवेशनमा सहभागी छन् । तराईमा माओवादीबाट सिको गर्दै चन्दा, फिरौती, हत्या र अपहरणजस्ता गतिविधिमा लाग्ने राजनीतिक र गैरराजनीतिक समूह बढेकाले स्थिति भयावह हुँदै गएको उनीहरूले बताए । 'माओवादी शान्ति प्रक्रियामा आएपछि शान्ति होला भनेका थियौं, केन्द्रका केन्द्रीय अध्यक्ष भवानीप्रसाद घिमिरेले भने, 'झन् जटिलता थपिँदै गएका छन् ।'
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक