20081223
माओवादीको कारण समिकरण संकटमा परेको एमाले केन्द्रीय कमिटीको निष्कर्ष
एमालेले माओवादीसँगको समिकरण संकटमा परेको निष्कर्षनिकालेको छ । एमाले केन्द्रीय कमिटीको बैठकले सरकारको नेतृत्व गरेको माओवादीको व्यवहारका कारण समिकरण संकटमा परेको निष्कर्षनिकालेको हो । महासचिव झलनाथ खनालको राजनीतिक प्रतिवेदन पारित गर्दै भोलिसम्मका लागि स्थगित बैठकले माओवादी कार्यशैलीका कारण दक्षिणपन्थीलाई फाइदा पुगेको निष्कर्षपनि निकालेको छ । बैठकले अतिवादी विचार परिवर्तन गर्न र संकटमा परेको समिकरण सुधार्न माओवादी नेतृत्वको ध्यानाकर्षा गराउने निर्ण्र्ाापनि गरेको एमाले नेता इश्वर पोखरेलले जानकारी दिनुभयो । पोखरेलका अनुसार माओवादीलाई ध्यानाकर्षा गराउने बँूदा लिपिबद्ध गर्न ६ सदस्यीय कमिटी पनि गठन भएको छ । ६ सदस्यीय कमिटीले भोलि बूँदा पेश गर्नेछ । आजको बैठकमा महासचिव खनालले जवाफ दिएपछि पनि केन्द्रीय सदस्यहरुले पार्टर्ीीेतृत्वको कार्यशैली र सरकारमा सहभागी मन्त्रीहरुको आलोचना गरेका छन् ।
कृष्ण र राधाको फोटोलाई एक कलाकारले यसरी ओबामा र हिलारीमा रुपान्तर गरेका छन
पत्रकार महासंघ देशव्यापी आन्दोलनमा
नेपाल पत्रकार महासंघले आजदेखि देशव्यापी आन्दोलन शुरु गरेको छ । स्वतन्त्र प्रेसमाथिको आक्रमणको विरोध र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै काठमाण्डू लगायत देशभर पत्रकारहरुले पर््रदर्शन गरेका छन् । महासंघले सिंहदरबार दक्षिण ढोकामा धर्ना तथा विरोध पर््रदर्शन गरेको छ । पर््रदर्शनमा पत्रकार लगायत पेशाकर्मी, मानवअधिकारकर्मी, राजनीतिक दलका नेता लगायतको उपस्थिति थियो । धर्ना कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष धर्मेन्द्र झा, पत्रकारहरु युवराज घिमिरे, शम्भु श्रेष्ठ, विन्दुकान्त घिमिरे, बबिता बस्नेत, मानवअधिकारकर्मी सुवोधराज प्याकुरेल, कृष्ण पहाडी, पुरुषोत्तम दाहाल लगायतले संचारकर्मी र सञ्चारमाध्यममाथि भैरहेका आक्रमणको विरोध गर्नुभयो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न माग गर्दै देशभरका पत्रकारहरुले पनि जिल्लाजिल्लामा बिरोध कार्यक्रम गरेका छन । माओवादी समर्थित मजदुरले अस्ति हिमाल मिडियाको कार्यालयमा आक्रमण गरेपछि त्यसको विरोधमा पत्रकारहरु आन्दोलित भएका हुन् । यसैबीच हिमाल मिडियामा भएको आक्रमण र पत्रकारको पर््रदशनमा भएको दमनको विरोधमा दैनिक पत्रपत्रिकाहरुले आज सम्पादकीयको ठाउँ खाली राखेका छन । यस्तै रेडियो र टेलिभिजनहरुले खबरका मुख्य शर्ीष्ाक नभनेर प्रेस स्वतन्त्रताको पक्षमा ऐक्यवद्धता जनाएका छन । यस्तै हिमाल मिडियामा भएको आक्रमणको बिरोधमा दाङको रेडियो र्स्वर्गद्वारी एफ.एम.ले भोलि हुने आठौं वाषिर्कोत्सव कार्यक्रम नगर्ने निर्ण्र्ाागरेको छ ।
एएनएसको पिकनिक एएनए कन्भेन्सन र रामराजा भाई !
-डा. कविताराम श्रेष्ठ cartskrs@hotmail.com
- ए, ए, रामराजा भाई !
- कसलाई बोलाउनु भएको ?
- रामराजा महतलाई ।
- रामराजा हो त ऊ ?
डिसेम्बर २६, २००८
म झस्केँ । उ त प्रेमराजा हो । रामप्रसाद खनालसँग कुरा हुँदैथ्यो, राजाराम पौड्यालको बारेमा प्रेमराजालाई देख्नेवित्तिकै बोल्नपुगेछु । झुक्किएछु ।
प्रेमराजालॆ ए दाई भन्दै हात मिलाए । तर उनी तुरुन्तै लागॆ अरुतिर । आउँदा आउँदैको प्रेमराजालाई धेरै साथीसँग हात मिलाउनु छ । ऊ सबैसँग उस्तै मिलापी हुनुपर्ने मान्छे त्यसमाथि पब्लिक फिगर एउटा सेलिब्रिटी । म लागेँ बासु श्रेष्ठसँग कुरा गर्न । मनमा भने लगिनै रह्यो प्रेमराजाले मलाई राम्ररी समय दिएनन् ।
कुरा हो एएनएस अमेरिकी नेपालिज सोसाइटी को जुन १३/०८ मा भएको पिकनिकको । यस सोसाइटीले वर्षेनी खुला पिकनिकको अयोजना गर्दछ, यसैबेलातिर पारेर । भर्जिनिया मेरिल्याण्ड र वािसंगटनका आठ नौ सयजति नेपालीहरु सकेसम्म सपरिवार आउँछन् यसमा । धेरै साथीहरुसँग भेटघाट हुन्छ । गत वर्ष म फेब्रुअरीमा नेपाल फर्केथेँ र सहभागी हुन पाइन । यसपाली त मौका पर्यो । नेत्र घििसंग यसै सँस्थाको महासचिवलाई एउटा पारिवारिक रात्रीभोजमा भेटेथेँ । उहाँले जसरी पनि आउनपर्छ भन्नुभाथ्यो । अनि लेखनाथ भण्डारीले निम्तो नै इमेलबाट पठाउनुभाथ्यो । र उहाँहरु दुवैले कविन्द्र सिटौलालाई मलाई लान र ल्याउन जिम्मा दिनुभएको रहेछ । कविन्द्रजीले मलाई टिपेर ल्याउनुभयो यस पिकनिकमा ।
- कहिले आउनुभो दाई ?
- तीन हप्ता भयो ।
कसैले मलाई बोलाउनुभयो र बोलेँ . तर मैले चिन्न सकिन । मैले नचिनेको छाँट उनले बुझे र भने - चिन्नुभएन जस्तो छ । म राजु ।
अहिले लेख्दै गर्दा चिनिसकेको स्थिति छ । उनी मेरै जन्मथलो ओखलढुंगाका गुठीयार भाइ थिए । र गत वर्ष मेरो भाई बेनुको घरमा रात्रीभोजमा भेट भाथ्यो । तर अहिले मैले कत्ति चिनिन । के लाग्यो र नचिने पछि । जसको पनि कमी कमजोरी त हुन्छ नि । मेरो सम्झनाशक्ति अलि कमजोरै छ । सोचेँ । को राजु तर ठम्याउन सकिनँ । अनुहार पूरै परिचित । तर नाम भन्दा समेत सम्झन सकिनँ । यस्तो अवस्थामा चिनिन भन्नु भनेको कसैको सम्मानमा ठेस पुर्याउनु जस्तो लाग्छ मलाई र धेरैजसो म ढाँट्छु । र त्यहाँ पनि त्यत्तिकै भनेँ- ए चिनेँ । तर मेरो अनुहार बताइरहेको हुनुपर्छ= मैले चिनेकै थिइन । परबाट एएनएका सचिव नेत्रजीले बोलाइ पठाउनुभएछ । मैले निहुँ पाएँ र त्यहाँबाट एकैछिन्मा आउँछु है भनी भागेँ ।
यता नेत्रजीले माइक दिँदै भन्नुभो - लौ केही बोल्नुपर्यो यत्रिखेर वािसंगटन डिसि च्यानलले लाइभ टेलीकास्ट गरिरहेको छ ।
मारे न के । यो पनि एक्कासी नै भयो । माइक हातमा थियो र क्यामेरा अघाडि । सामान्य ढंगमा दर्शकहरुलाई अभिवादन गरेँ र पिकनिकको महत्ता बताएँ । बोलिदिएँ चिनिएकालाई पनि यहाँ भेटिन्छ बिर्सिएकाहरुलाई पनि । यो पिकनिकले पुनर्मिलन र चिनजान नवीकरणको लागि सुनौलो अवसर दिन्छ ।
मैले सकिहालेँ । भाई गोविन्द गिरिले भनिहाल्नु भो - के मन्तव्य दिए जस्तो छोटो बोल्नुभाको । संसारभरीकाले हेरिरहेको छ . अलिकति यताको कमेन्ट्री नै दिए पनि त हुन्थ्यो ?
अब मैले के जवाफ दिने ? म त्यसको लागि तयारै थिइन ।
- ऊ यहाँ अर्को महाहिरो भेटियो ।
कोही मेरोबारेमा बोल्दै थिए । उत्रा फर्केँ । सरोज खनाल रहेछन् । मलाई सम्बोधन गर्दै आएका । साथमा रहेछ प्रेमराजा महत र रामप्रसाद खनाल पनि । यी कलाकारहरु एकछेउबाट अर्काछेऊ निरीक्षण गरेको हिसाबमा फटाफट हिँड्दैथे । मेरो बारेमा यति भनेर एकछिन रोकिएला भनेको हातसम्म मिलाएर हिँडे, हिरो । अघि प्रेमराजाले त्यही गरे । अहिले सरोजले पनि त्यस्तै । चित्त नबुझाइ नबुझाई चित्त बुझाउँदै सोचेँ ठीकै छ नि पब्लिक फिगर हो । त्यसलाई मेन्टेन गर्नै पर्यो । सबैलाई उत्तिकै ध्यान दिनै पर्छ । एकठाउँमा अल्मलिएर पक्कै हुँदैन । मेरा छेउका एउटा अपरिचित साथीले मलाई प्वाक्क भने तपाईलाई उडाए होइन ? हिरो भए भन्दैमा अरुलाई किन उडाउन पर्थ्यो ?
मैले तत्काल भनेँ- उडाएका होइनन् । मेरो नजीकको सम्बन्ध छ उनीसँग । उहिलेदेखि नै ।
- महाहिरो किन भन्नपरेथ्यो त ?
- मैले पनि उसँगै एउटा फिल्ममा खेलेथेँ ।
-साँच्चै ?
-साँच्चै ।
- कुन फिल्म ?
- मुक्तिसंघर्ष । म आफैले बनाएको ।
त्यसपछि उनले मेरो नाम सोधे - तपाईको नाम के हो ?
- कविताराम श्रेष्ठ ।
- ए डा. कविताराम ? तापाई त कवि होइन र फिल्मतिर पनि लाग्नुभाको रहेछ । थाहै भएन ।
मैले हात मिलाउँदै उनको साथ छोडेँ ।
वास्तवमा रहरले दुइटासम्म फिल्म बनाएँ । एउटा रहस्यमय गुफा र अर्को मुक्ति संघर्ष । त्यो भिडियो फिल्म भएकोले काठमाडौँ पोखरा र हेटौँडामामात्र भिडियोहलहरुमा चल्यो . त्यसैले सबैलाई थाहा हुने गरी हल्लीखल्ली भएन । त्यसैले तपाईँहरुलाई पनि थाहा नहोला । तर त्यो मुक्तिसंघर्ष भन्ने फिल्म चाहिँ माओवादी पार्टीले आफ्नो शैक्षिक सामग्रीको रुपमा लिएर जनचेतना जगाउन प्रयोग गरेथे । जनयुद्ध पूर्व र जनयुद्धको दौरान पनि । जनस्तरमा यो पक्कै परिचित छ । यसबाट पैसा त कमाइएन तर सन्तुष्ठी भने कमाएको छु । लेख्ने कवितारामलाई यो फिल्म बनाउने कवितारामको ठूलो हात छ तपाईहरुसम्म आइपुग्नको लागि । तर सँधै त्यता धेरै लागिँन र यसो कपाल लर्काउँदै टाइसाइ कसेर ठाडो शीर गरी हिँडने हिरोसिरो हुन परेन । लेख्ने मान्छे हुँ । मान्छेहरु मेरो लेखनलाई चिन्छन् । अनुहारलाई सिँगार्ने कुनै आवश्यकता नै रहेन । लेखन हेरेर मेरो व्यक्तित्वको कल्पना गर्ने धेरैले भनेका छन् सोचेको जस्तो व्यक्तित्व नहुने रहेछ । बढीमा विज्ञान साहित्य र आधुनिकताका प्रवक्ता रहेका कारणले मलाई धेरैले अनुहार जेजस्तो भए पनि टाइसाई लगाएका गाडीसाडी चढ्ने मुखमा चुरोट च्याप्ने गम्म फुलेल होला भन्ने मान्दा रहेछन् । भेट्दा फरक भयो भनेका छन् ।
सरोज र रामप्रसाद खनाल पर एकठाउँमा भीड हेर्दै उभिएका थिए । रामप्रसादले इशारा गरेर बोलाए । तर सरोज भने मुसुक्क हाँसेका छन् . अनि परपर दर्शकहरुलाई हेरिराख्याछन् । अनि मुखमा क्याच्चक्याच्च गम चपाइरहेका । एउटा फिल्म सम्झें हलिवुडवाला । त्यसमा अमेरिकामा गुप्तचरी गर्न आउने एउटा विदेशीले पक्का अमेरिकी हुनुको नक्कल गर्न यसरी नै गम चपाएका थिएँ । जे होस् यीनले चाहिँ अमेरिकी हुने नक्कल गरेका होइनन् । म पनि त गम खान्छु मान्छेको छेऊ पर्ने बेलामा सास गनाउला भनेर ।
सरोजलाई यसो बोलाइ टोपलेँ । उसको ध्यान मतिर भन्दा टाढा अरुतिरै बरालिएको थियो । मुसुक्क हाँसे मात्र । जवाफ आएन । अर्को हिरो आएछ भने मरेनी नबोल्ने भनेर म साहित्यकारकै पछाडि लागेँ । त्यता हेमन्त श्रेष्ठ, बासु श्रेष्ठ, शाश्वत पराजुली, गिरिश पोख्रेल, गोवन्द गिरी प्रेरणा थिए मस्तिमा । कोइ कता कोइ कता आपसमा रमाइरमाइ कुरा गरिरहेका । वाह यी दिमागका खेति गर्नेहरुले मलाई साम्रै साथ दिए । नयाँनयाँ साथीहरुलाई चिनाए कोही समाजसेवी कोही पत्रकार । धेरैले तपाइलाई त हामी राम्रै जान्दछौँ है भने ।
दिन ढल्दै गयो । मलाई बोलाहट भयो मंचतिर । खोज्दै मान्छे नै आइपुगे । त्यहाँ एउटा औपचारिक कार्यक्रम हनुपर्ने रहेछ । नेपालका राजदुत प्रमुख अतिथी रहेछन् त्यसमा । प्रेमराजा पनि अतिथीको रुपमा विराजमान थिए मंचमा । एउटी सानी नानीले नयाँ नेपालको नयाँ राष्ट्रियगीत गाउँदै रहिछन् । पछि थाहा भो यी गिरिशकी छोरी रहिछिन् । नाम धरती उमेर ५ वर्ष की । मलाई त्यतै एउटा कुर्सीमा बस्न भनियो । तर मलाई बच्चीको छेउमै रमाएर उभीन ठिकलाग्यो । बच्चीको राष्ट्रियगीत सकिनेवित्तिकै उद्घोषक नेत्रजीले मेरो छोटो परिचय दिँदै भन्नुभो - उहाँ वरिष्ठ साहित्यकार डा. कविताराम श्रेष्ठ हुनुहुन्छ . उहाँलाई यस वर्ष अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज वािसंगटनले सम्मान दिँदैछ र त्यसैको लागि भरर्खरै आउनुभएको छ । भन्नुभो र थप्नुभो - उहाँलाई यस पिकनिकमा स्वागत छ ।
त्यसो मात्र भएन फेरि वक्ताको रुपमा मलाई अगाडि सार्नुभयो ।
अबको पल्ट मैले औपचारिक भाषण दिनपर्ने भयो । र दिएँ । त्यसमा मैले आफू आउनुको अर्को कारण पनि बताएँ । यस वर्ष अस्वीकृत विचार साहित्य पुरस्कार गुठीले अमेरिकाबासी नेपाली कवि श्री वसन्त श्रेष्ठलाई पुरस्कृत गर्ने नीधो गरेथ्यो र उहाँलाई सो पुरस्कार सम्मान दिन पनि आएको हुँ भनेँ । सँगै भने त्यसै गुठीका अध्यक्ष श्री कृष्णचन्द्रिसंह प्रधान पनि आउदै हुनुहुन्थ्यो तर नेपालको अमेरिकी दुतावासले ८४ वर्षका बयोवृद्ध बहुप्रतिष्ठित लेखक कृष्णचन्द्रिसंह प्रधानलाई भिसा दिएन । भिसा नदिनुको कारण जनाइए छ, उहाँ नेपाल फर्कने कुरामा दूतावास विश्वस्त छैन रे । धेरै स्रोताहरु गलल हाँसे अमेरिकी दुतावसको सोँचाइको गरिबीमा । तर सँगै विश्मयता पनि छायो नेपालीहरुको मानमर्दन भएकोमा ।
साँझतिर सहभागीहरु फर्कन लागे । प्रेमराजा आए दौडदै र दाई तपाई त देशको गहना हो नि हो । यहाँ यसरी भेट्न पाउनु हाम्रो अहोभाग्य हो भन्दै घ्याप्प अँगालो हाले । अझ अँगालो पनि होइन कम्मरनेर छाँद हालेर उचाल्नै खोजे । बुझेँ बिहान प्रेमराजाले मलाई नचिनेको रहेछ । प्रेमराजासँगको पहिलो भेट भनेको कहिले हो मलाई सम्झना छैन । २०५२ सालतिर म नेपाल टेलिभिजनको अध्यक्ष भएको वेलामा उनका केही गीतहरुलाई छायाँकन गर्न म खुदले चासो लिएँथेँ र उनका गीतहरुमा केही जनबादी बोल पनि राख्न अनुरोध गरेथेँ । त्यसपछि पाँच वर्षअघि मेरिल्याण्डको दशैँ उत्सवमा भेटेथेँ । अनि पछि भेटेकै होइन । कसरी सम्झून् विचरोले । म पो उनलाई भिडियो टिभिमा देख्दछु र सम्झना नवीकृत भइरहन्छ । धन्न उनले स्टेजमा बोल्दा कुरैकुराले चिन्न पुगेछन् । वास्तवमा उनी फरासिलो हुन् पहिलेदेखिनै । धेरैले बखान गर्छन् प्रेमराजा फरासिलो मान्छे भनेर । नयाँ आउने नेपालीहरुको लागि उनी सगाउन आफै अगि लागिपर्छन् रे । कुनै पनि पाहुना नेपालीलाईलाई समय दिनेमात्र होइन उनी खातिरदारी नै गर्छन् रे ।
- दाई लौ जुलाई ४ मा मेरिल्याण्ड आउन पर्छ है ।
अर्थात् एएनएको २६सौँ कन्भेन्सनमा । मलाई पहिले नै त्यसको कविता महोत्सवमा एउटा निर्णायकको भूमिका निभाउन निम्तो आएथ्यो । मैले गम्म फुलेर बताउँदै भने ए म त त्यसको कविता महोत्सवमा निर्णायक बनेर आउँदैछु नि । धक्कु लगाएथेँ । उनी त्यसै कार्यक्रमकै मूल समितिका एउटा आयोजक थिए भन्ने मलाई थाहा थिएन र बोलेँ यति पछि कार्यक्रमहरुको थालनी भएपछि थाहा हुदै गयो- प्रेमराजा एउटा ठूलै भूमिकामा यसमा संलग्न रहेछन् । मलाई आफ्ना धक्कूहरुसँग यत्ति लाज लाग्यो कि कुरा गरी साध्यै छैन । तर यसमा मेरो गल्ति पनि त थिएन को कता कुन भूमिकामा थिए ? मलाई कत्ति थाहा दिइएको थिएन । मूल कार्यक्रमकै संयोजक रहेका प्रेमराजालाई पनि एउटा शाखा कार्यक्रमहरुमा हुनुपर्ने मेरो संलग्नताबारे कसरी थाहा होस् ?
तर कमसेकम म संलग्न भएको कार्यक्रमचाहिँ पूरै हचपचमा भएको कुरा यहाँ भन्न चाहन्छु । प्रेमराजाजस्ता मूलसमितिमा रहेका व्यक्तिलाई थाहा नहुने कुरा स्वाभाविक हुन सक्ला . तर जुन कविता महोत्सवको कार्यक्रममा म निर्णायक बनाइएको थिएँ मैले त्यो भूमिका निर्वाह गरीवरी त्यसको अन्त्य हुँदा पनि त्यसैको संयोजक रहनुभएका एचबि भन्ने व्यक्तिसँग मेरो परिचय नै भएन । एउटा व्यवस्थित कार्यक्रम यस्तो होला र उहाँलाई आसन ग्रहण गराउँदामात्र संयोजक उहाँ नै हुनुहुँदो रहेछ भनेर चिनेँ । संयोजक र निर्णायककै चिनापर्ची नभएको त्यो कविता महोत्सवका व्यवस्थापन कसरी भएको थ्यो होला भनेर त्यत्तिकै अडकल काडन सकिन्छ । अनि बिचरो प्रेमराजालाई म कुनै भूमिकामा छु भनेर कसरी ज्ञात होस् र प्रेमराजा नै यसैको मूलसमितिमा एउटा महत्वपूर्ण भूमिकामा थिए भन्ने म बिचरोलाई पनि के थाहा होस् ?
कविता महोत्सव भएको थियो जुलाई ३ तारिखको दिन । त्यस कविता महोत्सवमा मसमेत निर्णायकहरु ८ जना थियौँ र प्रतियोगी कविहरु थिए जम्मा नौजना । बालकविता प्रतियोगिताको लागि छुट्टै फोरमको व्यवस्था भएको भनिएथ्यो तर वालकहरु आए दुइजना मात्र ती पनि अंग्रेजी कवितासाथ । लागि ८ जनाले ९ जनाको मूल्यांकन गरेथ्यौँ । हामी निर्णायकहरुले अप्रतियोगी कविताहरु सुनाएकाले मात्र त्यो महोत्सव एउटा सामान्य गोष्ठीसम्म हो कि भन्ने भाथ्यो । अमेरिकामा नेपालीहरु कवितै लेख्दैनन् त ? त्यसो पक्कै होइन । उहाँहरुसम्म यो खबरै पुगेन भन्ने भनाई मेरो हो । मैले बढी भन्न पनि मिलेन र घटाउन पनि मिलेन । डिसी च्यानलले लाइभ दिइरहेथ्यो । त्यसमा हेरेर अहिलेपनि गन्न सकिन्छ ।
भोलीपल्ट ४ तारिख १० बजेतिर वािसंगटन डिसी डटकमको लाइभ च्यानलमा देखियो नेकपा एमाले नेपालको तर्फबाट पाहुनाको प्रतिनीधिको रुपमा योगेश भट्टराई आएका रहेछन् । नेपाली कांग्रेसका तर्फबाट सुशील कोइराला पनि थिए । त्यहाँ त एकैछिनमा प्रेमराजा महत पो अतिथिलाई स्वागत मन्तव्य दिन आउँछन् । ल म दंग परेँ एकाएक उनको उचाई मभित्र धेरैमाथि उठ्यो । स्याबास भाई तिमी साँच्चै उठेका रहेछौ । सामान्य भीडको वाहवाहीमा फुलेर अल्मलिएका रहेनछौ । मेरो छाति गर्वले उठ्यो ।
कलाकारहरु जहाँ पनि नटुवा नै भएर रहन्छन् । राजनीतिकर्मी वा प्रशासन वा ठालुहरु जसले पनि कलाकारहरुलाई गाइने बनाएर नटुवा बनाएर उचाल्छन्, ताली ठोक्छन्, रमाउछन् र सामान्य ज्याला दिएर लखेटछन् । कलाकारहरुलाई ज्यालाभन्दा फ्यान प्यारो हुन्छ । तालि बजेकै छ रमाएर हाँसिदिएकै छन् कलाकारहरुलाई त्यो भन्दा बढी के चाहियो ठालुहरुले शोषण गरिरहेका हुन्छन् भन्ने कुरा अधिकतर कलाकारहरुलाई होसै हुन्न । हाम्रा गन्धर्भहरु पहिले देवकोटीमा थिए । युग वित्दै जाँदा सामन्तहरुले अछुत बनाएरै छाडे । यो वस्तुवादि युगका कलाकारहरुको घैँटोमा अझै घाम लागेको छैन । आज पनि अछुतै बनाइएका छन् भन्ने बुझेकै छैनन् ।
तर यी प्रेमराजा भने फरक रहेछन् । आफ्नो भाउ रखेका रहेछन् है । साँच्चै उनी होँच्याइएका अछुत कलाकारमात्र थिएनन् । उनै देवकोटीका गर्विलो गन्दर्भ थिए । मेरा यी अभिव्यक्तिले अरु कलाकारहरुको मान मर्दन गर्दै गरेको भान हुन्छ कि कृपया त्यसो होइन । म आफै पनि कलाकारको पहिचान राख्न लालायित मान्छे हुँ । किन त्यसो गर्थेँ ? मेरो भनाइ हो प्रेमराजा भीडको तालीभन्दा माथि उठेका ठालुहरुका भाटमात्र नरहेका सही मानेका कलाकार थिए । उनले सही कलाकार हुनुको पहिचान दिएका छन् ।
बढी गुनगान गरेको जस्तो लाग्यो तपाईलाई ? के गर्नु त ? यत्ति माथिका जनमानसमा राज गर्ने साँच्चैको माथिल्लो स्तरको कलाकार ऊनी प्रेमाणित थिए । नत्र लरतरले त्यो माइक पाउँछ संसारभरी उसको आवाज र प्रस्तुतिकरण प्रसारित भइरहेछ । के ख्यालख्याल छ ? तपाईले पनि मान्न पर्छ कि यो उचाइमा त्यतै देखिने उनका दाइकलाकारहरु पनि देखिएनन् । रहरले पनि यो हुन सक्दैन । इर्ष्याले पनि हुन सक्दैन । राम्रा अनुहार भएर नि हुन्न । फिलिममा हिरोइनसँग नाचेकै भरमा पनि हुन्न । टिरिक्क लुगा लाएर मात्र पनि हुन्न । सबैको मन जित्न सक्ने क्षमता पनि हुनपर्छ र त्यस्माथि पनि समाजलाई अग्रगामी बनाउन नेतृत्वको गुण पनि भएको हुनुपर्छ ।
के कलाकारहरु मनोरन्जन दिने पेशेवर मात्र हुन् ? के कलाकारहरु ठालुहरुका जोकरमात्र हुन् ? म भन्छु नै कलाकारको इज्जत राखेछन् भाई प्रेमराजा महतले । यस्तै व्यक्तित्व साहित्यिकहरु माझ पनि भएको भए त्यो कविता महोत्सवको त्यत्तिसारो खील्ली उड्ने थिएन । मन त्यहाँ नै कुँडियो ।
आफू त साहित्यकर्मी । जता गए पनि धुन त्यही । नातिहरु अमेरिका आएपछि अंग्रेजीमात्र बोल्ने भए । गीत गाउँछन् रयाप । सुर चाहिँदै नचाहिने । स्वर चाहिँदै नचाहिने । तालमा प्यारप्यारति बोल्न सके भइहाल्यो । त्यसैले उनीहरु रयाप गाउँदैनन् तर हान्छन् । रयाप हान्छन् । यो नगर्नु भन्ने मेरो भनाइ होइन । नेपाल नबिर्से हुन्थ्यो भन्ने मात्र हो । एउटा हिपोक्रेसी । नेपाल सम्झनेहरुले गरेकै पो के छन् ? र नेपालमै हुने हामीहरुले कति पो गरेका छौँ र ? तर हिपोक्रसी नै भएपनि वा आफूभित्रको नजानिदो स्वाँग वा ढोँग नै भएपनि बच्चाहरुका दिमागमा नेपाल हुलीराख्न पाए हुन्थ्यो भन्ने लाग्छ नै । तपाइलाई पनि पक्कै त्यस्तै लाग्ला । आफ्नोपनको माया हुन्छ नि त्यसैले । मेरो छोरो रसोज श्रेष्टलाई यतै कम्प्युटर एनिमेशसन सिक्न ल्याएको थिएँ - ऊ यतै भासियो परिवारसँगै । पढाइसकिएपछि डेनभरको सामुदायिक च्यानलमा उसले नेपाली भाषा संस्कृतिको हिमालय टिभि भन्ने मुनाफा नकमाउने टिभी च्यानल हेल्पिंग ह्याण्डको सहयोगमा राजेन्द्र राईलाई साथलिएर शुरु गर्यो । त्यो डेनबरको सामुदायिक च्यानल डिसिटिभिमा संचालित थियो । उनीहरु दुवैले स्वयमसेवीको रुपमा झण्डै तीन वर्षसम्म यसलाई चलाए । पछि डिसिटिभी नै टाटपल्टन गएछ र उनिहरुको हिमालय टिभि पनि त्यसैसँग सति गयो । हिमालय टिभिको एकमात्र उद्देश्य थियो अमेरिकाबासी नेपालीहरुको पोल्टामा प्यारो नेपाल राखिदिने । विशेषगरी यसबाट बालबच्चाहरुलाई नेपालीत्वको सामाजिकरण गर्न ठूलो सहयोग पुगेथ्यो । तर यो नै बन्द भएपछि उडायो सपना सबै हुरीले ।
बच्चाहरुलाई के बनाउने भन्ने आमाबाबुकै इच्छामा भर हुने कुरा हो । अमेरिकामा आइसकेका बच्चाहरुलाई हामीले अनेकन मेहनत गरी नेपालीकरण गर्दै लग्छौँ । तर आधा अमेरिकन भइसकेको तपाइको सन्तानलाई आफूमुनिका सन्ततिलाई नेपाली बनाउने मोह र पागलपन तपाईको सरह हुन्न नै । अनि त्यसै हो भने अहिलेको प्रयासको अर्थ के भयो ? जे गरे पनि र नगरे पनि उही नै हुने हो भने हाम्रो गराईको अर्थ के अर्थ देखिन्न र पनि हामी त्यसै चुप लाग्न सक्दैनौँ । हाम्रो त्यो पागलपनको प्रकृयात्मकता र कारणको सम्बन्ध कहाँसम्म डोरिएर जाने हो हामीलाई थाहा छैन र पनि हामी त्यो गर्न छाड्दैनौ ।
त्यत्रो एएनएको कन्भेन्सनमा कविता भन्ने बालकहरु आए दुइजनामात्र त्यो पनि अंग्रेजीकै कवितासाथ । भन्नुहोस् न हामी नै अब के गर्न सक्छौँ ? हामीलाई नै त्यो अब स्वाभाविक लाग्न लागेको छ र बरु अर्कै पाटामा हाम्रा लोभ टुसाउँछ कि हाम्रा बालबालिकाले नेपालीमा नसही अर्कै भाषामा भएपनि केही सीर्जना चाहिँ गरुन् । हामीलाई रहर छ - उनिहरु पनि हामीजस्तै साहित्यानुरागी बनुन् । भाषा जुन प्रयोग गरेपनि ।
प्रेमराजाको अनुरोध थियो आउनु भनेर । र मैलेपनि निकै गम्भीर प्रकृतिको जिम्मेवारीमा भएको धाक दिएकै हुँ । अनि यता त्यही जिम्मेवारीमा मेरो सोचले वास्तविक रुपमा लोप्पा खाएकै हॊ । प्रेमराजालाई मेरो के हविगत भयो थाहा भयो या भएन थाहा छैन । उनलाई म आउनु र नआउनुको कति नै महत्ता राख्थ्यो र ? इज्जतसम्म दिएको हो । मलाई त्यो थाहा थ्यो ।
म दोस्रो दिन त्यहाँ गएँ नै । जुलाई ४ को त्यो दिनको उद्घाटन समारोह सकिइसकेको थियो र लन्च ब्रेक थियो यो बेला । बाफरे बाफ भीड । भीत्रका कुरा छाडौँ बाहिर आँगन र पार्किंगमा समेत खुट्टा राख्ने ठाउँ थिएन ।
- हेलो कवितादाई ।
उता हेरेँ हात बढाउँदै योगेश भट्टराई । एमाले पार्टीको प्रतिनीधित्व गर्दै निम्तोमा आउनुभएका । उहाँ पहिले एमालेकै भ्रातृसंगठन अनेरास्व वियुका केन्द्रिय अध्यक्ष हुनुहुन्थ्यो । त्यतिबेला म वाहाँलाई भाइ भन्थेँ र उहाँले मलाई दाई । अहिले पनि दाई नै भन्नुभयो । सबै माथिल्ला नेताहरु उहाँलाई कामरेड भनेर सम्बोधन गर्छन् । म भाइ भन्दैछु । त्यस्तो व्यक्तिगत घनिष्टता हामीमा होइन । जे हो सही मानेमा त्यही पार्टीकै नाताको घनिष्टता हो । योगेशलाई नभेटेको चारपाँच वर्ष नाघिसकेको हो । यत्रो अन्तराल पछिको भेटमा उहाँले मलाई दाइ भनेर सम्बोधन गर्नुभयो । मैले कामरेड भन्न सकिन । भाइ भनेँ । महशुश भयो कमरेड हुनुभन्दा दाइभाइ हुनुमै नै बढी आत्मीयता छ । हात मिलायौँ । केही क्षण गफ पनि गरियो । साथमा भएका साथीलाई मेरै कारणले भीडमा उभिन परिरहेथ्यो । मलाई भित्र पस्ने इन्तजाम पनि गर्नु थियो । योगेशलाई यसै छाडन सकिँन । उहाँका साथी थिएनन् कि ? मैले साथ दिन पर्ने हो कि ? यसै सोच्न पुगेँ । हुन त म पनि त कहाँको रैथाने हुँ र ? म पनि त साथी नै खोज्दै थिएँ । तर उहाँका साथी र मेरा साथ फरक हुने भयो नै . म कहाँको नाँच हेर्न आएको व्यक्ति उहाँ कहाँको देशकै ठूलो पार्टी गनिएको पार्टीको प्रतिनीधि पाहुना । मैले सोधेँ पनि- साथी छन् कि छैनन् ?
सँधैको भलाद्मी पाराको मान्छे अनि सदा जुँघाको इज्जत राख्ने भाइ योगेशले यता साथी छन् दाई भनेर मलाई विदा दिनुभयो ।
भित्र खुट्टा राख्ने ठाउँ थिएन । गोविन्दिसंह राउतले तान्दै भन्नुभॊ- तपाईलाई खोज्दैछन् है तल प्रेस फोरममा । कवि बसन्तले भन्नुभो एकातिर बसौँ दसआठजना र गरौँ कवि गोष्ठी । गोवन्दसिँह रावतले भन्नुभॊ- जाउँ प्रेस फोरममै र त्यहाँ नै प्रेससम्बन्धी कार्यक्रम सकिनेसाथ माइक खोसेर कवि गोष्ठी गर्ने हो ।
तर तेता जान दिएन एउटा काले बोन्सरले । भन्यो- यस्तो माला भाको पास नभई जान पाउँदैनौ । ए त्यस्तो माला त हीजोदेखि नै गौतम दाहाल र एचबिले लगाइराखेका थिए । उनीहरुले भिर्न पाएको माला हामी निर्णायक भइखाएको व्यक्तिहरुको लागि पनि पक्कै उपलव्ध होला भन्ने लागेर त्यो लिन भनी हामी त्यता गयौँ । त्यो त रजिष्ट्रेशन फि बीस डलर तिरेर मात्र पाइने रहेछ । बसन्तले भन्नुभयो- हामी त आयोजक सहभागिमध्येका हौँ नि तिर्नै पर्ला र ?
तै पनि नतिरी त्यों पाइएन । हीजै लाको भा पाइन्थ्यो होला । पैसा नै तिरेर भिर्नपरे पनि हीजै तिरिन्थ्यो नि कविता गोष्ठीमा । थाहै भएन साथीहरुले आफूआफूका लागि व्यवस्था गरेछन् । हामीलाई त्यो व्यवस्थाकोबारेमा थाहै भएन । हुनु पनि कसरी व्यवस्थापक भइखाको मान्छेसँग त चिनाजानी नभइकनै कार्यक्रम सकिएको थियो ।
हेमन्त श्रेष्ठलाई त्यतै भेटियो । समस्या उनले बुझे । दृढ भएर बोले - पख्नुस् दाई पैसा तिर्ने होइन ।
उनी गए । निकैबेर पछि त वाह साथमा त प्रेमराजा पो छन् । अँगालो हाल्दै दाई म सबै व्यवस्था गर्छु । एकछिन यतै बस्नुस् । आज त साँस्कृतिक कार्यक्रम पनि छ साँझमा त्यो पनि हेर्न पर्छ । यो एउटा पास लिन त २० डलर तिर्न पर्ने ठाउँमा अर्को थप ३५ डलरको कुरा पर्यो साँस्कृतिक कार्यमक्र हेर्नको लागि । मैले कसैलाई पत्याइन । म संलग्न भएको संकायले त त्यो उपलव्ध गराएन भने यी अर्कै संकायका मान्छेले त्यो पनि भोलिपल्ट जब मेरो कुनै भूमिकै नभएको स्थितिमा कसरी ५५ डलर बराबरको माला र टिकट ल्याउलान् भन्ने लाग्यो । अब पैसा तिरेरै भित्र पस्ने बुझेँ ।तर कसम खाएँ प्रेस फोरममा चाहिँ मरेनि जान्न । हिजो कवितामहोत्सवले लोप्पा ख्वाएको छ । आज आफ्नो भूमिकै नभएको ठाउँमा के हुने हो ?
एकघण्टा लाग्यो होला । बसन्त श्रेष्ठले आफ्नो लागि पैसा तिरेर टिकट बन्दोवस्त गरे । मैले पनि अब त आफ्नोलागि टिकट रजिष्टे्रशनको लागि क्रेडिटकार्ड झिकेँ । गोविन्दसिँह राउत प्वाक्क बोले - एकछिन पख्नोस् न दाई उनीहरुलाई आउन त दिनुहोस् ।
एकैछिनमा हेमन्त र प्रेमराजा आए । साँस्कृतिक कार्यक्रमको टिकट एउटा हातमा र अर्कोमा त्यही आयोजकहरुले भिरेकैजस्तो परिचायक माला । मलाई विश्वासको संकट भयो । अर्काको ल्याको हो कि ? हेरेँ त्यसमा मेरै नाम अंकित रहेछ । कसरी त्यो आयो थाहा भएन । हिजो सेन्चुरी भाइले पानी किनेर ल्याइदिनुभाथ्यो । म त्यसरी साथीभाईलाई दुःख दिन चाहन्नथेँ । विशेष यहाँ ५५ डलरको कुरा थियो । मैले जान्न चाहेँ । प्रेमराजाले भन्यो- दाई तपाई त देशकै गौरव । छाड्नुहोस् यो कुरा ।
उनले कुरा ढिम्कनै दिएनन् । मलाई थाहा छैन ती ५५ डलरका पास र टिकट निशुल्क थिए वा सशूल्क । भाइहरुलाई दुःख भयो कि अझै अप्ठेरो लागिरहेको छ ।
गोविन्दिसंहले मलाई प्रेस फोरम भएको ठाउँमा भित्राउनुभयो । तीनचार जना कार्यपत्र प्रस्तुतकर्ता रहेछन् । नेपालमा रहँदा पत्रकार भइखाएकाहरुलाई राम्रै खातिरदारी गरे । उनमा परे नेपाल टेलिभिजनका भुपु पत्रकारसमेत । त्यही टेलिभिजनका म अध्यक्षसमेत भइखाएकालाई सम्झन्छन् कि म गम्म फुलर रहेँ । तर त्यसो भएन । अघि गोवन्दसिँह राउतले तल बोलाइ राखेको छ है भन्नुभाथ्यो कसले बोलाएको हो र किन स्पष्ट भएन । अलि नीकै ढीला भएपछि एकजना मित्रले बोलेको सुनेँ- नेपाल टेलिभिजनका पूर्व पत्रकारहरुलाई बकाइदा आसन ग्रहन गराउनुहुन्छ उनैका समयका अध्यक्ष भइखाएका कवितारामदाइलाई किन अवज्ञा ?
मैले नसुने झैँ गर्न पर्यो । अनि त उद्घोषकले क्षमायाचना गर्दै लिए मेरो नाम पनि । तर अघिल्लो पंक्तिमा आसनग्रहणको लागि निकै ढिला भइसकेकै हो । यथास्थानमै रहन आग्रह भयो ।
कार्यपत्र प्रस्तोताहरु चारजना थिए । तीनजनाले लिखित कार्यपत्र दिए । उनमा थिए गाविन्द गिरी प्रेरणा प्रीन्ट मडियामा राम खरेल टलिभिजन पत्रकारितामा र रामहरीजी इन्टरनेट विधामा । चारैजनाले अति स्तरिय प्रस्तुति दिएका हुन् । अनि उत्तिकै गहकिला पनि । तर ती माथिको छलफल हुन पाएन र अब भनौँ डिजायननै त्यस्तै थियो । मेरो भनाइ छ - अन्तरकृया हुन नपाउँदा ती स्तरिय प्रस्तुतिहरुले पनि पाउन पर्ने इज्जत सम्मान र महत्ता पाउन सकेन । संचालकलाई गोष्ठी समापन भएको उद्घोष गर्न हतार परेथ्यो । सायद हल उपलव्ध थिएन त्यसपछि । तर असफलताको लागि बहाना धेरै हुन सक्छ । व्यवस्थापनको पूर्ण उर्जा कार्यपत्रमाथि होइन कि सीर्फ कुन वक्तालाई बोल्न दिएर सम्मान दिने भन्नेमा खर्चिएको थियो ।
हामी जो कोहीलाई अमेरिकामा हुने कार्यक्रमको स्तर नेपालको तुलनामा उपल्लो दर्जाको हुन्छ वा हुनुपर्छ भन्ने लाग्दछ । संसारकै एक नम्बरको देश यो भएको र याहाँ आउने नेपालीहरुको स्तर पनि सामान्य नेपालीहरुको भन्दा माथिको हुने हुँदा सामान्यतः सोचाई त्यस्तै भइहाल्छ । तर यहाँ वास्तविकता यो छ कि हाम्रा हरसमुदायमा सबै विधाका विशेषज्ञ नपाइने हुँदा जस्तै भएपनि उपलव्ध जनशक्तिबाटै काम चलाउन पर्ने वाध्यता छ । स्तरिय जनशक्ति अन्यत्रबाट ल्याउन सकिनेस्थिति भए पनि त्यस्तो खोजमा कसैको जाँगर र उत्साह हुने स्थिति यहाँ छैन । सबैलाई काम कमाइ परिवार आफ्ना चाख र धेरै विधाहरुमा बाँडिन पर्ने हुन्छ र कसैलाई बढी फुर्सद हुने कुरै छैन । अनि त नजिक जो छ उसँग जिम्मेवारी बाँड्न परिहाल्यो । त्यही भएको हो यसमा ।
खबर आयो अकोतिर स्ँस्कृतिक कार्यक्रम शुरु हुनै लाग्यो । भीड यत्ति बढेको छ कि पहिले नै नगए सिट पाइन्न । हामी त्यता गयौँ । कार्यक्रम त्यही तलामा बडेमानको हलमा रहेछ । पाँच सात हज्जार होला जमघट । कार्यक्रम शुरु भएको त थिएन तर दर्शक सहभागीहरुमा उत्साह गज्जबकै थियो ।
साँस्कृतिक कार्यक्रमलाई दुइ भागमा बाँडिएको थियो । पहिलो लोकसाँस्कृतिक कार्यक्रम र दोस्रो आधुनिक । ताली दुवैमा उत्तिकै बज्यो गडगडाहटकासाथ तर एउटामा आत्मियता र रम्यता थियो भने अर्कोमा खिल्ली र उछृंखलता । मेरो ताली पनि स्वाभाविक रुपमा त्यस्तैत्यस्तै थियो । यसोभन्दा तपाईलाई लाग्ला म आधुनिक काँटका सृर्जनकाका पक्षधर रहेनछु । तर तपाईलाई भन्छु म लोकसाँस्कृतिक सीर्जनका हिमायत हुँदाहुँदै पनि सर्जकभने आधुनिक कीत्ताकै हुँ । नौ वर्षको उमेरदेखि वालनर्तक हुँदै गायक वाद्यवादक संगीतकर्मी अभिनयकर्मी चलचीत्रकर्मी बनेर अनेकन सीर्जना गरेँ । ती सबै जानीनजानी आधुनिक भन्ने कीत्ताकै परे । मलाई सजिलो लाग्ने त्यतै हो । मेरो आफ्नै सीर्जना गुणस्तरिय नहोला त्यो अर्कै कुरा हो । तर सीर्जनाका स्तरियता कस्तो हो र पब्लिकका तालिपड्काइको मनोविज्ञान के हो त्यत्ति बुझ्नेसम्मको पराखी चाहिँ म पक्कै हुँ ।
म सोच्दछु बहुजनीय चाख र चासोलाई अग्र आयामउन्मूख गराउने कला वा सीर्जना आधुनिक हुन्छन् । यसोभन्दा यो भन्न खोजेको हुँ कि कसैको नक्कल गर्नुमा पक्कै आधुनिकता हुन्न । नक्कल मात्र भयो भने जोकर भइन्छ । हँस्सी र मजा अरुको नक्कलबाट पनि हुन्छ । मेरो परख त्यही हो कि त्यहाँ आधुकिताका नाममा आधुनिकहरुका नक्कल मात्र थिए । जोक नै मान्नोस् । जोक पनि सीर्जनासम्मत होइन कि आफैमाथिको जोक । सबैभन्दा पहिले त कार्यक्रमको नामनै एउटा जोक थियो- कलिउड नाइट । यो नक्लको पनि नक्कल कलिउड किन भनीराख्न पर्यो हलिउडलाई नक्कल गरी बलिउड बने अनि त्यसलाई पनि नक्कल गरी कलिउड । आफैमाथि पछौडेपन र दासमनोवृत्तिसम्मत यो कत्रो जोक अग्रगमनमा मात्र आधुनिकता देख्ने मेरो लागि कसैको नक्कल गर्नु पछौडेपन थियो । दासमनोवृत्ति थियो । त्यसलाई कसरी अग्रगामी मान्ने कलिउड भन्ने नामाकरणनै प्रथमतः आधुनिकताको नाममा आफूमाथि व्यंग्य थियो । त्यहाँ प्रस्तुत सबैसबै हिन्दी व्यवसायिक नाँचका कपिलाई मैले आधुनिक नेपाली कार्यक्रम मान्दै मानिन । कार्यक्रममा हामी धरैले धेरै ताली त ठोक्यौँ । तर त्यस प्रस्तुतिहरुका कलात्मकताबाट प्रभावित भएर होइन कि त्यसले प्रायोजन गरेको निम्नस्तरको उछृंखलताबाट उत्तेजित भएर ठोक्यौँ । त्यसमा नेपालबाट उपल्लो दर्जाका जीवन व्यतित गर्न आएका पूर्वफिल्मी अभिनेता अभिनेत्रीहरुबाट पूरै हिन्दि फिल्मका कपि देखिने कार्यक्रमहरु प्रस्तुत थिए । गीत नेपाली थिए तर उत्ताउला र छोटा सेक्सी परिधानहरुले सम्पन्न ती नृत्यहरु नेपाली किन्चित थिएनन् । ताली धेरैले ठोके । तर मान्नुहोस् त्यहाँ ताली ठोक्दै नठोक्नेहरु पनि थिए । जो परिवारसाथमा आएका थिए जो उमेर पुगेका छोरी बुहारी दिदी बहिनी वा भाउजुहरुसँग अएका थिए- उनिहरुमा पूरै अपठेरोपन थियो । तालीको उत्ताउलोपनाले उनीहरुलाई बिजाइरहेको हुनुपथ्र्यो । अमेरिकामा हुँदैमा अमेरिकी हुन सकिन्छ र नत्र नेपाली साँस्कृतिक कार्यक्रमको धोको नै कसैमा किन हुन्थ्यो माफ गर्नुहोला यो मेरो नीजि सोँच हो । सबै यसमा सहमत हुनुपर्छ भन्ने म सोच्दिन पनि ।
तर प्रेमराजाहरुले प्रस्तुत गरेका सबैसबै कार्यक्रमहरुमा नेपाली सरसता थियो । अपठारोपना थिएन । यो सबैले सोचेको हुनुपर्छ । आधुनिकताका नाममा मैला चास्नीमा नडुबेका ती कार्यक्रमहरु उमेर पुगेका छोरी बुहारी दिदी बहिनी वा भाउजुहरुसँग अएका सबैसबै खालेहरुको लागि समभावका रम्य थिए । उनीहरुले निर्धक्क ताली ठोके । कत्ति अपठारो परिस्थितिको समाना गर्न परेन । स्याबास संयोजक रहेका प्रेमराजा पहिलो खण्डका लोकसाँस्कृतिक कार्यक्रम साँच्चै नै नेपाली कार्यक्रम थियो । खुब रमायौँ । आउने वर्ष पनि यस्तै गुणस्तरको कार्यक्रमहरुको आयोजना हुन पुगोस् । सक्नुहुन्छ भने प्रयत्न गर्नुहोस् आधुनिकताको नाममा भारतीय व्यवसायी नाँचहरुको खाँट्टी नक्कल चाहिँ पेश हुन नपुगोस् । तपाईजस्ता अग्रगामी सर्जकबाट आशा राख्न पर्ने कुरा नै यही हो । ध्यान पुर्याउनु होला । फेरि पनि निम्तोको आशा राख्दै आजलाई बिदा पाउँ । नमस्कार ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक