20081219

मधेश एक प्रदेश नभए एक नेपालपनि नहुने

तर्राई मधेश लोकतान्त्रिक पार्टर्ीी अध्यक्ष महन्थ ठाकुरले एक मधेश एक प्रदेशको माग पुरा नभए नेपाल सिंगो एउटा मुलुक समेत नरहने अभिब्यक्ति दिनुभएको छ । मधेश एक प्रदेश हुने वा नहुनेबारे विवाद चलिरहेका बेला ठाकुरले एक मधेश एक प्रदेश नभए एक नेपाल पनि नहुने बताउनुभयो । काठमाण्डुमा भएको एक कार्यक्रममा आफ्नो भाषण टुंग्याउँदै ठाकुरले भन्नुभयो, एक मधेश हुँदैन भने एक नेपाल पनि हुँदैन । ठुला दलले आफुहरुको आवाज नसुनेको भन्दै आफ्नो भाषणभर आक्रोश पोखेका ठाकुरले तीन दलले अधिनायकत्व लाद्न खोजेको आरोप लगाउनुभयो । कार्यक्रममा माओवादी नेता सिपी गजुरेलले कब्जा गरेको घरजग्गा भन्दा संविधान महत्वपर्ूण्ा भएकोले पहिला संविधान बनाउन लाग्नुपर्ने बताउनुभयो । गजुरेलको अभिब्यक्तिको बिरोध गर्दै नेकपा एमालेका नेता केपी ओलीले माओवादीलेनै कांग्रेसलाई सरकारमा आउन नदिएको र संविधान बन्न नसक्नेगरी तनाव बढाइरहेको आरोप लगाउनुभयो ।



न्यायपालिकाप्रति गम्भीर अतिक्रमण भएको ठहर

कानुनमन्त्रीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ँप्रचण्ड’ले न्यायपरिषद्का सदस्य मोतीकाजी स्थापितको राजीनामा माग्ने कार्यले स्वतन्त्र न्यायपालिकाप्रति गम्भीर अतिक्रमण भएको ठहर नेपाल बार एसोसिएसनले गरेको छ।
नेपाल बारको शुक्रबार बसेको बैठकले सो ठहर गरेको हो। न्यायपरिषद्का सदस्य स्थापितलाई पूवप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उहाँ पदमा रहँदा मनोनयन गर्नुभएको थियो।
नेपाल बारको बैठकले अध्यक्षको हैसियतले समस्या समाधान गर्न प्रधान न्यायाधीश केदारप्रसाद गिरीसँग आग्रह गरेको छ।


यो सरकार ढाल्न खोजियो भने धेरै ठूलो चीज हुन्छ देशमा : प्रधानमन्त्री पुष्पकमल दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार बालुवाटारमा पत्रकारसँग अन्तक्रिर्यामा भने'अहिले सरकार ढल्ने वा अरू कसैले बनाउने स्थिति छैन,' 'यो सरकार ढाल्न खोजियो भने धेरै ठूलो चीज हुन्छ देशमा ।'संविधान निर्माण प्रक्रिया अगाडि बढ्दै जाँदा राजनीतिक ध्रुवीकरण अवश्यम्भावी रहेको पनि प्रधानमन्त्रीले बताए । तर त्यस्तो ध्रुवीकरणका बाबजुद आफ्नो नेतृत्वको वर्तमान सरकार कसैले ढाल्न नसक्ने/नमिल्ने दाबी गरे । 'शान्ति प्रक्रिया अवरुद्ध हुन्छ, संविधान बन्न सक्दैन ।' विगतको त्रिशंकु संसद्का बेलाजस्तो लोकेन्द्रबहादुर चन्दको सरकार ढालेर सूर्यबहादुर थापाको बनाउने र थापाको ढालेर चन्दको बनाउनसक्ने स्थिति अब नरहेको उनले दाबी गरे । 'अस्ति भर्खर सूर्यबहादुरजीले डेमोक्रेटिक अलायन्सको कुरा झिक्नुभयो । उहाँको दिमागबाट मात्र आयो कि अन्यत्रबाट ?' मुलुक जटिल संक्रमणबाट गुजि्ररहेका कारण राजनीति बहुआयामिक बन्दै गएको प्रधानमन्त्रीले उल्लेख गरे, 'नेपालको राजनीतिमा यहीँका राजनीतिक पार्टीहरू मात्र खेलाडी हैनन्, विदेशीहरू पनि छन् । बाहिर नेपालका पार्टीहरूले झगडा गरेजस्तो देखिन्छ तर भित्र सारा विश्व झगडा गरिरहेको हुन्छ ।' चीन र भारतबीच संवेदनशील भूराजनीतिमा रहेका कारण नेपाललाई सानो देश भनेर विदेशीहरूले छाड्न नसकेको उनले बताए । 'त्यसैले कहिले सर्रर के कुरा आउँछ, कहिले के आउँछ, फेरि स्वाट्टै हराउँछ,' दाहालले भने ।
मुलुकमा 'वैदेशिक' र 'राजावादी' दुवैखाले खतरा कायम रहेकाले राष्ट्रवादी एवं गणतन्त्रवादीको बृहत् मोर्चा आवश्यक भएको उनको भनाइ थियो । 'राजतन्त्रलाई उल्टाउने षड्यन्त्र पनि भइरहेको छ,' सहिदहरूको तस्बिरमुनि बसेका दाहालले नसुनिएको खतराबारे चर्चा गरे, 'एक लाखको सेना बनाउने कुरा पनि सुनिन्छ ।' भारतीय राजदूत राकेश सुदसँग बुधबार बिहान भेट हुँदा पूर्वराजा ज्ञानेन्द्रलाई उनले भेटेकोबारे सोधेको प्रधानमन्त्रीले उल्लेख गरे । 'मैले सोध्दा उनले भेटेको हो भने । -पूर्वराजाले) भारतमा आफ्ना आफन्तको बिहेमा जानेबारे कुरा गरेका रहेछन्,' उनीहरूबीच राजनीतिक विषयमा पनि कुरा भएको उल्लेख गर्दै दाहालले भने, 'पूर्वराजाले हिजोका मेरा मान्छे सबै माओवादी भएछन् पनि भने रे' प्रधानमन्त्रीको अनुभवमा युद्ध हाँक्नुभन्दा सरकार चलाउनु कठिन रहेछ । 'कहिलेकाहीँ त जनयुद्धका बेला बढी आनन्द थियोजस्तो लाग्छ,' युद्ध र सरकार सञ्चालनको भिन्नताबारे राखिएको जिज्ञासामा उनले भने, 'प्रचण्डको खोइ त चमत्कार भन्छन् मान्छेहरू । जति गर्न खोजेको हो, त्यति गर्न सकिएको छैन तर काम हुँदै नभएकोचाहिँ होइन ।'


ज्ञानेन्द्रले शान्तिपर्ूवक बहिर्गमन रोजेपछि
-शेखर ढुंगेल, क्यालिफोर्निया

नेपालको दशक लामो जनयुध्दले ल्याएको राजनीतिक उतारचढाव, परिवर्तनको अभ्यास गर्दै आजको अवस्थासम्म आइपग्दा हामी नेपाली एकदमै स्वार्थी, हतारमा निर्ण्र्ाागरी फर्ुसदमा पछुताउने अनि जता पात हल्लियो, त्यसै कुदीहाल्ने प्रवृत्तिमा पर्दछौं । जुन समाजशास्त्री एवं मनोविदहरुको बिश्लेषणमा अपरिपक्व मानसिकताको चरम लक्ष्यण हो । यस्तो प्रवृत्तिलाई मानवशास्त्रीहरु अध्ययनको कमी, अशिक्षा एवं अभावको उपज पनि भन्दछन् ।
यो पंक्तिकार यस्तै प्रवृत्तिको शिकार भई १२ वर्षअगाडि निक्कै लज्जित अनुभव गर्न पुगेको थियो । भएको के थियो भने १९९५-९६ तिर जापानको टोकियोमा 'एकजना नेपालीव्दारा जापानी नागरिकको बिभत्स हत्या' भनी पत्रपत्रिका, टीभीमा समाचार प्रचारमा आएको थियो । गैह्रकानुनी रुपमा बसेका नेपालीहरुको बीचमा एक स्वरले अभियुक्तको बिरोधमा कुरा काट्दै थिए, अपराधीले नेपालीको बदनाम गरायो । उसलाई खोज्ने क्रममा सबै नेपालीले दुःख पाउने भए आदि आदि । यसै आशयको कुरो मैले जापानिज मित्र सामु राखें, उनले भने- तिमीहरु त्यसो नभन, घटना घट्यो, पत्रिकाले लेख्यो, त्यो असत्य पनि त हुनसक्छ । प्रहरीको अनुसन्धान र अदालतको निर्ण्र्ाानआउञ्जेल कुनै धारणा बनाउनु बुध्दिमानी हुन्न ।
यही प्रसङ्गमा पर्ूव राजा श्री ५ ज्ञानेन्द्रले शान्तिपर्ूवक बहिर्गमन रोजेपछि, उनकै आफन्त, उनका भजन मण्डली बनी सडकबाट करोडपति बनेकाहरु नै पर्ूवराजालाई लाञ्छना, आरोपका विषबमन गर्न थालेका छन् । उनी शक्तिमा हु“दा हुण्डी खाने, भजन गाउने, दर्शन पाउन चप्पल छाडेर दौडने, उनको नाम बेचेर ठगी खानेहरु आज उनलाई बदनाम गर्न अग्रपंक्तिमा देखिएका छन् । असफलताको दोष एक्लो पर्ूवराजा ज्ञानेन्द्रको का“धमा थोपर्ने दुस्साहस तिनै व्यक्तिहरु गरिरहेका छन् । जुन कटु यथार्थ पचाउन गाह्रो विषय बनेको छ ।
पर्ूवराजाको असफलता स“गस“गै उनको नाममा लुटेर खानेहरु, कोही विदेश भागे त कोही पानीमाथि ओभानो बन्न उनकै गल्ती देख्न थालेका छन् । १९ हजार निर्दोष नागरिकको हत्याका योजनाकारलाई आफ्ना भाग्यबिधाता देख्न थालेका छन् । स्वार्थी मानसिकताका यस्ता व्यक्तिहरु आफुलाई समय चिन्नसक्ने र आफ्ना पर्ूव अन्नदाता राजालाई 'समय चिन्न नसक्ने' भनी आरोप लगाउन हिच्किचाउ“दैनन् ।
यस्तै बतासे लाञ्छनाको भारी बोकी बसेका पर्ूवराजा ज्ञानेन्द्रको कदमको पृष्ठभूमितर्फफर्केर हेरौं । सानाठूला,
गरीवधनी कसैको ज्यानकोसुरक्षा थिएन । सरकार शान्तिसुरक्षा दिन असफल थियो । सरकार चारैतिरबाट असफलताकेा चक्रव्यूहमा फसेको थियो । जताततै आतंकको साम्राज्य फैलिएको थियो । त्यति नै बेला सरकार प्रमुख तत्कालीन प्रम शेरवहादुर देउवालाई हटाउने सिफारिस गर्न पर्ूव प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला दरबार जानु भयो । वहा“कै सल्लाहमा पर्ूव राजा ज्ञानेन्द्रबाट देउवालाई हटाउने काम भएको हो । तत्कालीन संविधानतः संसद सदस्यहरुको बैधानिकता समाप्त भैसकेको थियो । त्यसैले दलहरुको र्समर्थन लिई सरकारको नेतृत्व गर्न आव्हान गर्दा दलहरुले सरकार प्रमुखको नाम सिफारिस गर्न नसकी दर्ुइहप्तासम्म देश सरकारबिहीन हुनपुग्यो । यो दलहरुकै जिम्मेवारी थियो । अन्तमाः बाध्य भएर कदम चाल्नुको बिकल्प थिएन । पर्ूव प्रम चन्दको राजनीमापछि परिस्थिति संकटपर्ूण्ा बन्यो । प्रतिगामी नन्दीभृङ्गीहरुको चंगूलमा परी पर्ूव राजा ज्ञानेन्द्र कस्सिए । तत्कालीन अवस्थाको मुख्य शत्रु 'राजाबाहेक अरुसित कुरा नगर्ने' भन्ने माओवादीको रणनीतिले पनि उनलाई उक्सायो । सा“च्चिकै वार्तामा आई समस्या समाधानमा साथ देलान् माओवादीले - देशको शान्तिसुरक्षा, जनताको सुखदुःखमा साथ दिई जस पाउने उनको लालच अनि विश्वासमा तुषारापात भयो- जसरी कोइराला गलत पात्रहरुका कारण असफल भए, त्यसै गरी पर्ूव राजा श्री ५ ज्ञानेन्द्र पनि असफल भएका हुन् ।
तर, समयले पर्ूव राजा ज्ञानेन्दर््रलई जे जति आरोप-लाञ्छनाको भारी बोकाए पनि वास्तवमा त्यो सबै मिथ्या रहेछ भन्ने साबित गरेर देखाई दियो समयले । मानिसहरु भन्दथे, यी साह्रै घमण्डी छन्, जिद्दी छन्, यिनले सजिलै सत्ता किन छाड्लान् - माओवादीले सत्ता पाउन जनयुध्द र रक्तपात मच्चाउनु पर्‍यो । गिरिजाले सत्ता टिकाउन रुकुम, रोल्पाका सैयौं घरभित्र सैयौं निर्दोष नागरिकलाई जिउ“दै जलाए तर तत्कालीन सेनाका परमाधिपति भएका राजाले १९दिने जनआन्दोलनकै भरमा सत्ता छाडिदिए, सुम्पिदिए । के प्रचण्ड र गिरिजाले
त्यसरी त्याग गर्न सके -
पर्ूव राजाले आफैव्दारा पर्ुनस्थापित गरिएको संसदले जबर्जस्ती गणतन्त्रमा जाने भनी गरेको निर्ण्र्ााा एक शव्द बोलेनन् । आफुप्रति भइरहेको एकतर्फी अन्यायलाई चुपचाप सहेर बसे । कतै कुनै गुनासो गरेनन् । नेपालीहरुको एकता, शान्ति र स्थायित्वको कामना गरिरहेका छन् अद्यापि । जनताको आदेश शिरोपर गर्दै मर्नै परे पनि नेपाली भएरै यही भूमिमा मर्ने प्रण गरेर एक सच्चा देशभक्त, इमान्दार नागरिकको स्थान लिन सफल भएका छन् पर्ूवराजा । समयलाई चिन्ने उनी बाहेक अर्को व्यक्ति को देखियो आज -
संविधानसभा निर्वाचन अगाडि नै टिके सांसदहरुले संविधानसभाको पहिलो बैठकले गणतन्त्र घोषणा गर्ने असंवैधानिक निर्ण्र्ाागरिसकेको थियो । तर पनि पर्ूवराजा ज्ञानेन्द्रले कुनै त्यस्तो हरकत गरेनन्, जसले संविधानसभा निर्वाचन बिथोलियोस् । उल्टो उनले सबैको धारणा बिपरित यस्तो महान प्रजातान्त्रिक अभ्यासमा शान्तिपर्ूवक सहभागी बनी संविधानसभाको निर्वाचन सफल पार्न जनतालाई आह्वान गरे ।
नेपालका अरु नेताहरुले नबुझे पनि पर्ूवराजा ज्ञानेन्द्रले बुझेको एउटै सत्य के देखियो भने हाम्रो देशको राजनीति नेपालीको हातमा रहेन, उनको सबैभन्दा ठूलो चिन्ता नै र्सार्वभौम नेपालको अधिकार, अस्तित्वमाथि कसैले धावा बोल्न नपाओस्, नेपालको स्वतन्त्र बर्चस्व समाप्त नहोस्, नेपाली बिभक्त नहुन्, राष्ट्रिय एकता र अस्मिताको रक्षा होस् भन्ने देखिन्छ । बास्तवमा यी कुराको परिपर्ूर्ति बिना न त हाम्रो देश रहन्छ, न त प्रजातन्त्र नै ।
इमान्दारिताका साथ भन्ने हो भने हज्जारौं गलत नियतका नन्दीभृङ्गीहरुका उक्साहट, बिलौना, यातनाकाबीचबाट सरक्क माथि उठी जसरी पर्ूवराजाबाट दरवार त्यागेर जंगलतिर उकालो लाग्ने काम भयो, उनलाई आधुनिक बुध्द भन्दा फरक पर्दैन । जसरी तत्कालीन राजकुमार शिध्दार्थ शाक्य विश्व मानवजातिको शान्तिको खोजीमा राजकाज त्यागी तपस्यामा लीन भएका थिए, त्यसैगरी जनतामा अशान्ति, अराजकता, अस्थिरताको बीउ म भन्ने भ्रम नपरोस्, मेरो बिना देशमा सुखशान्ति छाउ“छ भने म बाधक बन्दिन भनी हा“सी हा“सी कुनै गुनासो नपोखी दरवार त्याग्ने पर्ूव राजा ज्ञानेन्द्रलाई नेपालको आधुनिक बुध्द भन्दा फरक पर्दैन । तर पर्ूवाग्रहीहरुमा यति उदारता कहा“ पाउनु -
बास्तवमा उनले समय नचिनेको, बुध्दि नपुर्‍याएको भए जे पनि हुनसक्थ्यो । शैनिक व्रि्रोह, रक्तपात, शैनिक शासन, माओवादी जनगणतन्त्र वा विदेशी हस्तक्षेप जे पनि । तर, पर्ूवराजाकै बुध्दिमत्तापर्ूण्ा सुझबुझमा नेपाली जनताले आज प्रजातान्त्रिक अभ्यासको अभिलाषा पुरा गर्ने मौका पाएका छन् । नेपालको २४० वर्ष इतिहास एवं नेपाली संस्कृतिको एउटा पाटो बनिसकेको राजसंस्था यति सजिलै र शान्तिपर्ूवक हट्ने कसैले सोचेका थिएनन् । पर्ूव राजाले एक्लै गरेको यो बुध्दिमानी कामले नेपाली जनतामात्रै होइन नेपाल र नेपालीको भलो चाहने सबै राजाप्रति कृतज्ञ भएका छन् । समय र जनमतको कदर गर्ने नेपाली राजाहरुको परम्परामा यो अर्को कडी, परिनिर्माण थियो, पर्ूवराजाको शान्तिपर्ूण्ा तरिकाले राजकाज परित्याग ।
आफु अमुक राजावादी भनाउनेहरु, कथित बरिष्ठ पत्रकारहरु पर्ूव राजाले हाम्रो सल्लाह बुझें, बुझें मात्र भने, तर सुनेनन् भनी राजालाई धारेहात लगाई हिडेको सर्न्दर्भमा पर्ूव राजाले धेरै अगाडिको सम्भाव्य परिस्थिति बुझिसकेका रहेछन् भन्ने कुरो हाल आएर प्रमाणित भएको छ । सबैको एउटै भनाई थियो ः राजा प्रजातान्त्रिक शक्ति अर्थात् तत्कालीन दलसित मिलेर जानुपथ्र्यो । तर, पर्ूव राजालाई थाहा थियो ः दलहरु कै कारण प्रजातन्त्र, राष्ट्रियता र राजसंस्था दाउमा गइसकेको थियो । उनीहरुबाट हत्याहिंसाको अन्त गर्राई शान्तिसुव्यवस्था कायम हुनसक्ने थिएन । आफ्नो नामको जुवा अरुलाई खेल्न दिनुभन्दा स्वयम् किन नखेल्ने - हार्नु जित्नु त आज या भोली पक्कै छ, उनलाई स्पष्ट थियो कि दलहरुले उनको रक्षा गर्न सक्दैनन् । उनीहरुको मार्फ राजसंस्था सकिंदा धेरै ढिला र अप्रिय स्थिति आउनेमा शंका थिएन ।
गद्दीहीन बनी शान्तिपर्ूवक अध्ययनमा तल्लीन पर्ूव राजाले देश र जनताको हित बाहेक केही सोचेका
रहेनछन् । उनलाई लगाइएको, महत्वकांक्षी भन्ने आरोप पनि मिथ्या साबित भएको छ आज । पर्ूव
अधिराजकुमार हु“दा कम बोल्ने र कमै जनसर्म्पर्कमा हु“दा बुध्दिमानी छन् रे भन्ने सुनिन्थ्यो । दरवार काण्डपछि असहज परिस्थितिमा राजा बन्न पुगेका पर्ूव राजा ज्ञानेन्द्र लाञ्छना र आरोपका थुप्रै पीडादायी भारी बोक्न बिबश
भए । उनीमा सा“च्चिकै त्यस्तो महत्वाकांक्षा र गलत नियत थियो भने बोकीसकेको त्यत्रो राजकाजको भारी सजिलै बिसाएर किन हिंड्थे - सहजै अनुमान गर्नसकिन्छ कि पीडित पर्ूव
राजाले जीवनमा ठूलै उतारचढावको अनुभवबाट खारिएरै होला अन्तिम समयमा जुन साहसिक, स्वयम्, धर्ैयतापर्ूवक निर्ण्र्ाागरी एक्लै अगाडि बढी दल र जनताको लागि राजनीतिक मार्ग खुला गरिदिए, त्यसको लागि पर्ूव राजा ज्ञानेन्द्रको हामी नेपालीले प्रशंसा एवम् आभार व्यक्त गर्न कन्जुस्याईं गर्नु हुन्न । संभवतः विवेक र उदारता भनेको यही हुनेछ ।

________________________________________________________
Public message on behalf of Radhika and organisational endorsement
Namaskar!
My name is Radhika Thapaliya from Madanpur, Nuwakot, Nepal and currently living in Virginia, USA watching my father, Tulsiram Thapaliya's critical prognosis at the Fairfax Hospital. I am sending this e-mail to all the members of Nepali Diaspora here in the USA and abroad with my family's sad story.
My father arrived in the USA in August of 2008 with Green Card DV Lottery program leaving behind five children (including myself) and mom in Nepal. The reason my father came first by himself is – he would make necessary arrangement in order to set up for the family and eventually, we all would be joining my father in the USA. Sadly, my father was hit by the car on route 50/Chantilly area in Virginia on November 21, 2008. Since then he is in the Fairfax Hospital's traumatic coma with life support. My father's medical team is not optimistic on positive prognosis and further making the situation worse they are not even certain as to how long he will have to be in life support with tube feeding. I am very thankful to Fairfax Hospital and the entire medical team including hospital management for giving such a great care in this difficult time of my father's life. I am equally thankful to Prem Sangraula, Manju Sangraula and the entire family for hosting me while I am here in the USA to visit my coma-ridden father. Also, I am overwhelmed with the support from many Nepali families that many of them have provided me ride to the hospital and back home and all the moral and emotional support.
The hospital has exhausted all the treatment of my father and referred to the private nursing home for rehabilitation and long term care. My father's condition is unconscious and dependant on tube feeding. As he is new in the USA, he does not even have a health insurance. Hospital bills alone for last four weeks is expected to be in thousands and further nursing care is not something my family can afford. Therefore, I am pleading with you all for financial support and any other assistance to get him in nursing home for rehabilitation including charity information.
Sincerely,
Radhika Thapaliya"
Dear friends, you read this heart rendering crisis of Thapaliya Family. We, entire DC community would like to request collectively that please come forward and extend your helping hand. This is the most complicated case we have ever witnessed or dealt with. The hospital has done its level best and advised us to take the unconscious body to Nepal. His survival is subject to life support. If he is to be taken to Nepal it would cost $17,000.00 dollars just to transport. He can not fly commercially. We are in need of urgent cash since the hospital has been asking to take him now. He did not qualify for any of charitable donations and Medicaid due to the length of his stay. The bills run into thousands and we want to help the family any way we can.
Therefore, please help her and her family in this critical time.
To donate, please visit
http://anaonline.org
or send check to

Radhika Thapaliya, 6800 Van Fleet Dr, McLean, VA 22101

For more information contact:

Mr. Netra Ghising (America Nepal Society) at 703-597-4098
Mr. Prakash Siwakoti (Family Rep) at 571-216-3400
On behalf of Fund Raising Drive,
Medini Adhikari
General Secretary, ANA
___________________________________________________

अखिल क्रान्तिकारी र नेविसंघबीचको झडप
एक दर्जन गाडी तोडफोड, मोटरसाइकल र एउटा गाडीमा आगो

अखिल क्रान्तिकारी र नेविसंघबीचको झडपका कारण काठमाण्डूका विभिन्न ठाउँमा बिहानदेखि तनाव उत्पन्न भएको छ । पूल्चोकर् इञ्जिनीयरिङ क्याम्पसमा हिजो दर्ुइ संगठनका कार्यकर्ताबीच भएको झडपमा दर्ुइ जना घाइते भएका थिए । अखिल क्रान्तिकारीले वाईसीएलको सहयोगमा आफ्ना कार्यकर्तालाई कुटपीट गरेको भन्दै नेविसंघले बिहानदेखि पर््रदर्शन गर्यो । पुल्चोक, कुपण्डोल र थापाथलीमा पटक पटक प्रहरी र विद्यार्थीबीच झडप भएको छ । झडपमा आफ्ना कम्तीमा ६ जना कार्यकर्ता घाइते भएको नेविसंघले जनाएको छ । पर््रदर्शनकारीहरुले थापाथलीमा एउटा मोटरसाइकल र एउटा गाडीमा आगो लगाइदिएका छन् । एक दर्जन गाडी तोडफोड भएका छन् ।

फागुन-चैतमा दैनिक १८ घन्टा लोडसेडिङ हुन सक्ने
यस्तो अवस्थामा कसरी देश चल्न सक्छ ? : प्रधानमन्त्री


प्रधानमन्त्री प्रचण्डले बिहीबार दैनिक पत्रिकाका सम्पादक र केही साप्ताहिक अखबारका सम्पादकहरूसँगको भेटघाटमा ऊर्जा संकटको यही स्थिति कायम रहेमा आगामी फागुन-चैतमा दैनिक १८ घन्टा लोडसेडिङ हुन सक्ने बताउँदै भन्नुभयो- ँयस्तो अवस्थामा कसरी देश चल्न सक्छ।’ प्रधानमन्त्री प्रचण्डले बढ्दो लोडसेडिङका कारण दुइ हप्ताभित्रै संकटकाल घोषणा हुने सम्भावना व्यक्त गर्नुभयो। हाल दैनिक बिजुलीको माग बढेर १ करोड ६ लाख युनिट पुगेको तर आपर्ूर्ति भने ७८ लाख युनिट मात्र रहेको छ। २८ लाख युनिट अपुग भएकाले दैनिक १० घन्टा लोडसेडिङ हुने गरेको छ। लोडसेडिङको समस्या समाधानको उपायका लागि आफू छिट्टै युरोप भ्रमणमा जान लागेको र भ्रमणक्रममा डेनमार्क, नर्वे र फिनल्यान्डमा जलविद्युत् र वायु ऊर्जासम्बन्धी प्रविधिको अध्ययन हुने जानकारी दिँदै उहाँले यसै सिलसिलामा आफू लेवनान भ्रमणमा पनि जान सक्ने संकेत गर्नुभयो।
एक जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले देशको राजनीतिक समस्यामै बढी अल्भिmनुपरेका कारण वर्तमान सरकारले खानेपानी, बिजुली, शान्तिसुरक्षा, महँगीलगायतका जनताको समस्या समाधानमा गम्भीर भएर लाग्न नसकेको बताउनुभयो।
प्रधानमन्त्री प्रचण्डले व्रि्रोहबाट आएको माओवादीलाई देशीविदेशीले हेर्ने दृष्टिकोण सहज नभएको परिस्थितिमा आफूले सरकारको नेतृत्व गर्नुपरेको र यो बीचको डेढ महिना अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त पार्न समय खर्च गरेको, एक महिना पार्टी आन्तरिक विवाद मिलाउन समय खर्च गर्नुपरे पनि बाँकी छोटो समयमा पनि केही भएको छैन भन्न नमिल्ने बताउनुभयो।
पत्रकारहरूको अर्को एक जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले जग्गाजमिन फिर्ता नभएको भनी नेपाली कांग्रेसले बखेडा झिक्ने काम गरेको भन्दै ६० प्रतिशत जग्गाजमिन फिर्ता भइसकेको दाबी गर्नुभयो। उहाँले यसबारे संसदीय समिति बनाएर अनुगमन गर्ने व्यवस्था गरिने बताउनुभयो। उहाँले वर्तमान सरकार संविधान निर्माण नहुँदासम्म रहिरहने र यस सम्बन्धमा कुनै भ्रम कसैले नराख्दा हुन्छ भन्नुभयो। वर्तमान सरकार स्वतन्त्र प्रेसको हिमायती हो, विरोधी होइन भन्नुभयो।
पत्रकारहरूको जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले केही दिनअघि पर्ूवराजा ज्ञानेन्द्रसँग भारतीय राजदूतले भेटेको पुष्टि गर्नुभएको छ।
ँपर्ूवराजा ज्ञानेन्द्र पारिवारिक विवाहका सर्न्दर्भमा भारत भ्रमण गर्न चाहेकाले राजदूतसँग भेटघाट भएको रहेछ’ -प्रधानमन्त्री प्रचण्डले भन्नुभयो- ँभेटघाटमा अन्य केही कुरा पनि भएको हुन सक्छ।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक