खाली नराम्रा दु:खद समाचार मात्र कती सुन्नु कती हेर्नु एकै छिन् आज तपाईंलाई हामी रमाइलो तिर लादैछौ, तल क्लिक गर्नुहोश यो भिडियोका लागि डिसीनेपाल टिमलाई हार्दिक धन्यवाद नेपाल मदरको,
बाउले बिहे गर्दीएनन् पोर पनि...
मंसिर पनि लाग्यो । कृष्ण दङग पर्यो । कती पट्ट्यार लाग्दा ति महिनाहरु, उस्ले मन्मनै सराप्यो । बर्से झरी पछी आएका दसैं र तिहारमा पनि उस्लाई खासै मज्जा आएन । रमाइलो गर्ने भनेर जेन्तेन हिड्यो तर उस्को मन कतै रमाएन । गीत र संगीतमा सबै झुमेर नाचिरहदा कृष्ण ट्वाल्ल परेर एकोहोरीरहन्थ्यो । मन्मा जब बैसको हुरी चल्छ, मान्छे बिहेमा गएपनी, जन्त गएपनी वा भिडमै बसे पनि खासै फरक पर्दैन । मनमा आधी बेहरी चलेको हुन्छ । उस्को मन अन्तै हुन्छ । कृष्णलाई त्यस्तै भएको छ । घुम्दै फिर्दै फेरी मङ्सिर आयो । उसको मन्मा अनौठो आशा पलायो । अहा कती मनोरम मंसिर महिना । न धुलो न पानी । खाली स्वच्छ हावा अनी बैसालु युबा युबतिलाई माया सँग मिलन हुने रोमान्चक दिनहरुले भरिएको महिना । तड्पिएका आत्माहरुले शान्ती पाउने महिना ।
हो पोहोर पनि यो महिना ठ्यक्कै यसै गरी आएको थियो । पोहोर कृष्ण २५ पुगेर २६ लागेको थियो । पोहोर पनि उस्को मन्मा यस्तै आधी हुरी चलेको थियो । मनले बिहे गर्न मागेको थियो । मंसिरको सुरु देखिनै उस्ले अचम्मको कल्पना गरेको थियो । बिहे गर्ने, घरजम गर्ने अनी अर्को साल सम्म बाउ बन्ने । मनमनै कती खुशी भएको थियो ।
तर बिधिको बिडम्बना त्यसो हुन पाएन । घरमा उस्की एक्काइस बर्षकी बहिनी बाँकी थिइन् । बुवा आमाले मात्र होइन गाउले र अन्य दाजु भाईहरुले समेत बहिनिको बिहे पहिले गर्नु पर्छ भनेर भाजो हाले । मन्मनै मै जेठो हुनी भनेर चित्त त बुझयो तर मुखले प्वाक्क भन्न सकेन । काम साम केही छैन बिहे गर्न मात्र के को हतार तलाई भनेर हप्काउलान् कि भन्ने डर लाग्यो उस्लाई । हुन पनि हो । स्वास्नी ल्याएपछी कती धेरै खर्च हुन्छ उस्ले थाहा नपाएको त कहाँ हो र ? गर गहना, लुगा फाटो अनी घुमडुल गर्दा कती हो कती खर्च त । त्यस माथि खर्चालु स्वास्नी परी भने त बिजोगै हुन्छ । पाउडर र लिपिस्टिकमा मात्रा दुई चार सय झ्वाम हुन्छ महिनामा । उ त जुनसुकै परिस्थितीको लागि तयार थियो तर परिस्थिती उस्को लागि तयार थिएन । पोहोर साल त्यसै टरेर गयो । तर बहिनिको भने बिहे भयो जस्ले गर्दा उस्को लागि बाटो खुल्यो । बाटो त खुल्यो तर बहिनिको बिहेमा लागेको रिण चुक्ता भएको छैन । बुढाले यो रिन तिरेर बल्ल तेरो बिहे गर्ने हो भन्लान् कि उस्लाई डर छ ।
हुन पनि साच्चै भन्ने हो भने उस्को बिहे गर्ने परिस्थिती छैन । न काम, न आम्दानी न मन्पुस्त पुर्खेउली सम्पत्ती । राम्रो लगाउनु पर्ने, मिठो खानु पर्ने अनी सबै चिज चाहिने कृष्णको कमाइ केही छैन । कामको नाममा दिन्भर चोकमा गफ गर्नु र तास खेल्नु हो । काम न काज सित दिन्भर लखर लखर गर्दै हिंड्नु र बाटो हिंड्ने केटी जिस्काउनु उस्को बानी भईसक्यो । कृष्णका बुवा आमा उस्को भबिस्य प्रती एकदम चिन्तित छन् । आफु अनपढ हुँदा पाएको दु:ख र शास्ती छोरोले नपाओस् भन्ने उहाहरुको चाहना छ । घास दाउरा र खेती पाती अनी मेला पात गरेर थोरै थोरै गरी जिन्दगी भर जम्मा पारेको पैसाले आइ ए पनि पास गराइदिए । त्यो भन्दा पनि अरु पढोस् भन्ने उनिहरुको चाहना त थियो तर उस्ले नै पढाईमा पूर्ण बिराम लगायो । जती पढे पनि जागीर पाइन्न किन पढ्नु भनेर घरमा बसेको पनि दुई बर्ष भयो । बिदेश जाने भनेर कती पल्ट काठमाडौं पनि गयो । पास्पोर्ट पनि दुई तीन वटा नबनाएको होइन । पास्पोर्ट बनाउदा मात्र उस्ले त्यहाको पास्पोर्ट फाट्को सुब्बालाई दश हजार घुस खुवाइसक्यो । दलाललाई पनि बैनो भन्दै हज्जारौ खुवायो तर सबै पैसो झ्वाम भो । न बिदेश गयो न पैसो रह्यो न पढाईनै भयो ।
अब सबै बाटो बन्द भएपछी "बिहे" उस्ले देखेको नयाँ बाटो हो । कुरा अस्वभाविक पनि होइन । उ सँगै पढ्ने साथी दिपकको बिहे भएको ५ बर्ष भईसक्यो । छोरो नै ४ बर्षको छ उस्को । उसँग अती मिल्ने केटी साथी गीताले पनि बिहे गरेर ३ बर्षकी छोरी बनाइसकी । आफ्नै अंकलको छोरा जो आफु भन्दा ४ बर्षले कान्छो छ, उस्ले पनि झ्याइ पार्यो पोहोर साल । यि सबै हेर्दा उसलाई नरमाइलो लाग्छ । सानैमा बिहे गरेर सुरुमा केही झन्झट त ब्यहोरे होलान् तर उनिहरुको जीवनले एउटा मोड चाँही लिएको छ । अब छोरा र छोरीकै भबिस्यको लागि पनि केही गर्नै पर्ने अवस्था श्रीजना हुँदा उनिहरु केही ब्यब्स्थित र अनुशासित बनेका छन् । बाटो समातेका छन् । तर कृष्णको न बर्तमान रमाइलो छ न भबिस्य उज्ज्वल । न आफु खुशी छ न इस्टमित्र र दाजु भाई । त्यसैले यो मङ्सिर कृष्णको लागि सञ्जिवनी बुटी हो । मंसिर लागे पछी उस्लाई भित्र भित्र हास्न मन लाग्छ । यस्पाली त पक्कै बिहे होला, कल्पना गर्छ । बिहे पछी नयाँ दुलही लाई लिएर बजार घुम्ने रहर छ । केबुल कारमा सरर मनकामना दर्शन गर्ने धोको छ उस्को । एक्लै हास्छ कतिबेला । सधैं उदास देखिने उस्को चेहरा अहिले हसिलो छ । घरमा पनि काममा जागर देखाउन थालेको छ । आमालाई घरको र बुवालाई गोठ र खेतिको काममा सहयोग गर्न थालेको छ । कतै बिहेका कुरा निस्किन्छ कि भनेर कान ठाडा पारेर सुनिरह्न्छ । "बाउले बिहे गर्दीएनन् पोर पनि भत्काइ दिन्छु बाख्राको खोर पनि" भन्ने गीतको क्यासेट किनेर ल्याएको छ । बेला बेला बुवा आमालाई सुनाउन बजाइरहन्छ । सुनेर मेरो बिहे गर्न उमेर घर्कन लागेको महसुस गरी हाल्छन् कि उस्को आशा छ । समग्रमा कृष्ण बिहेको लागि छट्पटिएको छ । सत्ताइस पुग्दा पनि बिहे नहुँदा कस्लाई त्यस्तो नहोला ? हे पच्चिस कटेका ठिटाहरु तिमीहरुलाई कस्तो लाग्दै छ यो मङ्सिरमा ? बिदेश बस्ने ठिटाहरु त अझै तिस सम्म पनि बिहे गरेका छैनन् । सत्ताइस बर्से कृष्णको त त्यो हालत छ भने बिदेशमा एक्लै बस्ने ठिटाहरुको के हालत होला ? -Lekh Nath Gautam
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक